धादिङबेसी फाल्गुण १ /
धादिङबेसीमा एक कार्यक्रमका बीच सामुदायिक अध्ययन केन्द्र व्यवस्थापन हकहित जिल्ला समितिको गठन गरिएको छ । नीलकण्ठ श्रोतकेन्द्र भवन धादिङबेसीमा हिजो भएको भेलाले सुमन अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समितिको गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा मिना थापा, सचिवमा प्रमिला ढकाल र कोषाध्यक्षमा प्रमिला डल्लाकोटी र सदस्यहरुमा सुरेन्द्र तामाङ, रामशरण श्रेष्ठ र जयन्ती अधिकारी चयन भएका छन् । समितिले जिल्ला भरीका सामुदायिक अध्ययन केन्द्रको समस्या बारे सम्बन्धित निकायमा आवाज उठाउने र समस्या समाधानको लागि पहल गर्ने बताईएको छ । अध्यक्ष सुमन अधिकारी रेडियो बिहानी धादिङको रिपोटर पनि हुन् ।
यसैबीच सामुदायिक अध्ययन केन्द्र व्यवस्थापन सम्बन्धी तीन दिने तालिम हिजो पनि जारी रह्यो । अनौपचारिक शिक्षा कार्यक्रम धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भैरहेको तालिममा जिल्ला भरका सामुदायिक अध्ययन केन्द्रका पदधिकारी र सामाजिक परिचालिका गरी ३३ जनाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षकहरु रामशरण श्रेष्ठ र विद्यालय निरिक्षक निर्मला देवी लामीछानेले प्रशिक्षण दिइरहनु भएको छ । सो अवसरमा सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापन, समुदायको आवश्यकता महसुस र पहिचान तथा सामुदायिक अध्ययन केन्द्रको वार्षिक कार्ययोजना निर्माण गर्ने सम्बन्धमा जानकारी गराइएको छ ।

0 comments:
Post a Comment