रेडियो लोकतन्त्र / धादिङबेसी माघ २९ /
अपाङ्गताहरुको हक, हित र अधिकारको संरक्षणका लागि धादिङ जिल्लामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गठन भएको छ ।
नव गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जिल्ला शाखा धादिङको अध्यक्षमा अश्विन लम्सालको अध्यक्षतामा सात सदस्सिय कार्य समिति गठन गरियको छ । त्यसै गरी नवगठित कार्यसमितिको सचिवमा विष्णुकुमार श्रेष्ठ र कोषाध्यक्षमा कमला रानामगर र सदस्यमा गर्भे बहादुर मिजार, ईश्वरी प्रसाद भट्ट, चुलाकुमारी पोखरेल र राजेन्द्र लम्साल रहेका छन् ।

भेलामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य सुरेशराज भण्डारीले जिल्लामा रहेका लोकतन्त्रप्रति आस्थावान अपाङ्गहरुलाई संगठीत भै अगाडि बढ्न आग्रह गरेका थिए । जिल्ला शाखा गठनका लागि लोकतान्त्रिक अपाङ्ग संघमा आवद्ध अपाङ्गहरुको भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दै अपाङ्गका लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नवगठीत कार्यसमितिलाई छिट्टै पूर्णता दिने अध्यक्ष लम्सालको प्रतिबद्धता जनाएका छन् ।
0 comments:
Post a Comment