धादिङबेसी चैत्र २१ गते /
नेपाल विद्युत्त प्राधिकरणमा सेवाग्राहीसँग घुसलिँदा लिँदै पक्राउ परेका विद्युत प्रधिकरण धाङिशाखाका कर्मचारी ८ हजार घरौटी तिरेर रिहा भएका छन् । नेकपा एमालेका सक्रिय कार्यकता समेत रहेका दुवाडीलाई राजनीतिक दवावमा छाडिएको हुन सक्ने बताइएको छ । बिगतमा घुस नदिई कामै नगर्ने बानी परेका दुवाडी पक्राउ परे पछि धादिङमा घुस प्रकरणमा कमी आउने आशा गरिएको थियो ।
नेपाल विद्युत्त प्राधिकरणमा कार्यरत चौथो तहका कर्मचारी सिताराम दुवाडीले थ्रि फेज लाइन जोड्न अतिरिक्त शुल्क लाग्ने भन्दै सेवाग्राहीसँग ८ हजार रुपियाँ लिँदा लिँदै चैत्र ४ गते कार्यालयबाटै सादा पोषाकमा गएका प्रहरीले पक्राउ गरेका थिए । सेवाग्राहीले आफूले सेवा लिन जाँदा प्राधिकरणका कर्मचारीले थप रकम मागेको भन्दै स्थानीय प्रशासनमा दिएको निवेदनका आधारमा प्रहरीले दुवाडीलाई घुस लिदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।
0 comments:
Post a Comment