Monday, April 2, 2012

बेदनीधि अधिकारी
धादिङ ,चैत्र २१ ,नलाङ  नयाँबस्ती /
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वेदनिधि अधिकारीले पार्टी भित्र केहि वैचारिक विवाद देखिएपनि पार्टी नफुट्ने बताउनु भएको छ । एकीकृत नेकपा माओवादीले हिजो नलाङमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा बनभोज कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले सो कुरा बताउनुभएको हो । पार्टी एकताको विकल्प नरहेको भन्दै उहाँले कुनै नेता पार्टी फुटको कुरा लिएर गाउँमा आएमा त्यसको प्रतिरोध गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले शान्ति र संविधान निर्माण प्रक्रियालाई पूरा गर्न एनेकपा माओवादी र वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । माओवादी र वर्तमान सरकारले मात्रै शान्ति र संविधानलाई सहि ढंगबाट निष्कर्षमा पु¥याउन सक्ने भन्दै उहाँले अरुले यो प्रक्रिया पूरा गर्न नसक्ने दावी गर्नु भएको थियो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि एवम् विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले अन्य राजनीतिक दलहरु संविधान निर्माणको पक्षमा नै नरहेको बताउनु भएको छ । अन्य राजनीतिक दलहरुले पनि संविधान निर्माण गर्न चाहेको भए यस विषयमा कुनै विवाद नहुने उहाँको भनाई थियो ।
नलाङ गाउँ विकास समितिको वडा नं. ६ नयाँ बस्तीमा आयोजना गरिएको एकीकृत नेकपा माओवादी धादिङका ९ नं. इलाका इञ्चार्ज महेन्द्र तिमिल्सिना परिवर्तन, सह–इञ्चार्ज लक्ष्मि थापा, सचिव राजन खतिवडा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रमोद पोखरेल, सहिद हरि तिमिल्सिनाकी जीवन संगिनी विष्णुकुमारी तिमिल्सिना ,सल्लाहकार रुद्र भट्ट, नलाङ वाइसिएल अध्यक्ष नीरबहादुर श्रेष्ठ लगायतको आतिथ्य रहको थियो ।
सो अवसरमा नेकपा मालेका जिल्ला सचिवालय सदस्य शंकर गुरुङ, एमाले नलाङ गाउँ पार्टी कमिटिका वर्तमान निर्वाचित उपाध्यक्ष लिलाबहादुर राना, एमालेका पूर्व वडाध्यक्ष द्वय दलबहादुर राना र एकबहादुर राना,  नलाङ छापगाउँका कृष्ण राना, लेखबहादुर राना, मनवीर राना, तिलबहादुर राना, चेतबहादुर राना, तिलसरी राना, नलाङ सन्दरी पानीका बद्री खनाल पिपल नलाङका राजन सिलवाल, मानबहादुर सिलवाल, नलाङ अर्चलेका गणेश दुवाडी, जुना दुवाडी,जगन्नाथ सिलवाल चरिमारेका दलबहादुर गुरुङ्,  लगायत एमाले र काँग्रेसका १ सय भन्दा बढि नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी नलाङले जनाएको छ ।  

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts