रामहरि गजुरेल
नुवाकोट, बैशाख १ गते ।
विवाहको रमझम भैरहँदा अकस्मात नुवाकोटको फिकुरी गाविसस्थित एक घरमा गतराति परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । फिकुरी–६ मा रहेको आनन्दप्रसाद ओझाको घरमा परेको चट्याङका कारण छिमेकी ३० वर्षिय रोजकुमारी न्यौपाने र रसुवा डाडाँगाउँ गाविस वडा नं. १ निवासी १३ वर्षिया मेनुका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चट्याङले ओझाका छोरा अर्थात विवाहको तयारीमा रहेका दुलाहा लिलानाथ ओझा समेत गम्भिर घाइते भएका छन् ।
मेनुका विवाहको लागि निम्ता मान्नका लागि फिकुरी पुगेको र न्यौपाने छिमेकीको रुपमा घरधन्दा गर्दैगर्दा चट्याङ लागेको थियो । नुवाकोट, बैशाख १ गते ।
विवाहको रमझम भैरहँदा अकस्मात नुवाकोटको फिकुरी गाविसस्थित एक घरमा गतराति परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । फिकुरी–६ मा रहेको आनन्दप्रसाद ओझाको घरमा परेको चट्याङका कारण छिमेकी ३० वर्षिय रोजकुमारी न्यौपाने र रसुवा डाडाँगाउँ गाविस वडा नं. १ निवासी १३ वर्षिया मेनुका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चट्याङले ओझाका छोरा अर्थात विवाहको तयारीमा रहेका दुलाहा लिलानाथ ओझा समेत गम्भिर घाइते भएका छन् ।
शुक्रवार विवाहको तयारीका लागि जुटेका चार जनालाई साँझ ९ बजे चट्याङको झड्काले वेहोस् बनाएको थियो । वेहोस् भएका दुई जना केही समयपछि होस् आएपनि दुई जनालाई भने गाउँलेहरुले अस्पताल ल्याएको अस्पतालले जनाएको छ ।
चट्याङ लागी मृत्यु भएका दुवैलाई गाउँलेहरुले राति नै जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याएका थिए । अस्पतालले उनीहरुलाइई घटनास्थलमै मृत्यु भइसकेको घोषणा गरिदिएको हो । स्थानीयवासिहरूको अनुसार गाउँ नजिक राखिएको एन सेलको टावरमा विजुलीको अत्यधिक प्रवाह भएको कारण चट्याङ परको
तीन दिन अघिमात्र सुर्यमति गाविसका एक विद्यार्थीको पनि चट्याङका कारण मृत्यु भएको थियो । गत साताको मंगलवार राती सूर्यमति गाविस वडा नं. ९ बाघेमा परेको चट्याङ लागेर महेन्द्र उच्च मावि चतुरालेमा अध्ययानरत शिवप्रसाद चालिसेको मृत्यु भएको थियो । शौचालयबाट भित्र पस्ने क्रममा घरको मुल ढोकामा चालिसेलाई चट्याङ लागेको थियो । उनको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
0 comments:
Post a Comment