धादिङबेसी बैशाख १० गते /
एकीकृत नेकपा माओवादी धादिङले आज धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी १४३ औं लेनिन दिवस मनाएको छ । लेनिन जयन्ती तथा ६४ औं नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि मल्लले वर्तमान अवस्थामा लेनिन दिवस मनाउनु भनेको लेनिनको सच्चा सम्मान भएको बताउनुभयो ।
माक्र्सवाद, लेनिनवाद तथा माओवाद–विचारधारालाई पक्डदै शान्ति र संविधानको माध्यमबाट नेपाली क्रान्तिलार्ई निष्कर्षमा पु¥याएउने उहाँको दावी थियो । सशस्त्र संघर्ष मार्फत नयाँ जनवाद स्थापना गरेर साम्यवादमा पुग्ने उद्देश्यका साथ आजकै दिन पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलासले भारतको कोलकत्ता भएको बैठकको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको उहाँले यस दिनको ऐतिहासिक महत्वलाई भुल्न नहुने बताउनुभयो ।
कम्युनिष्ट आन्दोलन निकै उतारचढावको बीचमा अगाडी बढिरहेको बताउँदै उहाँले शान्ति र संविधान जनताको आकांक्षा भएकाले यसैलाई पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । पार्टीकै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षलाई मल्लले क्रान्तिकारी नाराको आडमा जडसुत्रीय वाम संसोधनवादमा तर्फ नजान आग्रह गर्नुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–इन्चार्ज रामबहादुर भण्डारी, उत्तम कडेल, कल्पना धमला, सचिव राजु नेपाल, सह–सचिव, विजय बुर्लाकोटी, योङ् कम्युनिष्ट लिन नेपालका केन्द्रीय सदस्य मनराज भण्डारी, अखिल नेपाल महिला संघ क्रन्तिकारीका केन्द्रीय सदस्य प्रभा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पार्टीका राज्य समिति सदस्य गणेश तिवारीको अध्यक्षता रहेको थियो ।

0 comments:
Post a Comment