धादिङबेसी बैशाख १२ गते /
उत्तरी धादिङ स्थित सल्यानकोट गाउँ विकास समितिमा रहेको आँखुखोला हाईड्रो पावरमा स्थानीय युथफोर्स कार्यकर्ताले सोमबार मजदुर कुटेको भन्दै एकीकृत नेकपा माओवादी धादिङले घोर भत्र्सना गरेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सह–इञ्चार्ज रामबहादुर भण्डारीले सोमबार एक विज्ञप्ति जारी गर्दै मजदुर माथी कुटपिटको लागि निर्देशन दिने एमाले कार्यकर्ता डोरजंग मल्ल र कुटपिटमा संलग्न कृष्ण रानामाथि कारवाहीको माग गर्नुभएको छ । दार्खामा भएको एमालेको आमसभाको लागि प्रत्येक मजदुरबाट २ हजार चन्दा दिनुपर्ने माग गरेको भएपनि आफूहरुले चन्दा नदिएको भन्दै स्थानीय युथफोस कार्यकर्ता कृष्ण रानाले ५ जना मजदुर माथि हातपात गरेको मजदुरहरुले बताएका छन् । यता आँखुखोला हाईड्रो पावर कम्पनीले पनि कुटपिट पश्चात मजदुरहरु भयवित भएकाले काममा प्रभाव परेको बताएको छ । आफूहरुसँग मागिएको ८ हजार रुपैंया उपलब्ध गराएको भएपनि मजदुरहरुले चन्दा नदिएको निउँमा कुटपिट गरेको हाइड्रो पावर स्रोतले जनाएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालयले भने आफूहरु यसबारे अनविज्ञ रहेको जनाएको छ ।

0 comments:
Post a Comment