धादिङ,बैशाख १६ गजुरी /
धादिङको थाँक्रे गाउँ विकास समिति स्थित महादेववेसीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जुनियर चेम्वर इन्टर नेशनल (गोदावरी नेपाल) र अवायरनेस फोरम नेपाल फर चेन्ज (सिडिसी) को आयोजना तथा कोरिया मैत्री अस्ताल, तिलगंगा आँखा अस्पताल र धादिङ सामुदायिक अस्पतालको प्रायोजनमा भएको शिविरमा ६ सय ५० जना विरामीको आँखा परिक्षण गरिएको आयोजकले जनाएको छ । सो अवसरमा २ सय ५२ जनाको आँखा परीक्षण गरिएकोमा ८ जनामा मोतियाविन्दुको समस्या पाईएको छ । शिविरमा कोरिया मैत्री अस्पतालका चिकित्सकहरुको टोलीले हाड, जोर्नी, नसा सहितका स्वास्थ्य समस्या र धादिङ सामुदायिक अस्पताका चिकित्सकहरुले आँखाको परीक्षण गरेका थिए ।

0 comments:
Post a Comment