Thursday, May 17, 2012

धादिङबेसी जेष्ठ ४ गते /
शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधिनताको पक्षमा सामाना सांस्कृतिक अभियान अन्र्तगत सामना परिवार केन्द्रीय टोलीले आज धादिङबेसीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । एनेकपा माओवादी पार्टी भित्रको सुदृढ आन्तरिक एकता तथा जन संविधानको लागि दवाव दिने उद्देश्यले आयोजित कार्यक्रममा सामना परिवारका कलाकारहरुले आफ्नो प्रस्तुतीबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा विभिन्न गित संगित, नृत्य नाटक तथा अन्य प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।
    सो अवसरमा सम्बोधन गर्दै माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारीले माओवादी पार्टी शान्ति र संविधानको लागि लचिलो भएको भन्दै जनताहरुलाई विचलित नहुन आग्रह गर्नुभयो । दश वर्षे जनयुद्ध लडेर प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर पार्टी अघि बढ्ने उहाँको भनाई थियो । संविधानसभा माओवादीको एजेन्डा भएकाले माओवादीले नै पूरा गर्ने बताउनुभएका भण्डारीले एमाले–काँग्रेसले बाघको जुँगा ल्याएर बाघ मारेको भन्ने गरेको भन्दै  व्यङ्ग्य गर्नुभयो ।
    यसैगरी अर्का सह–इञ्चार्ज उत्तम कंडेलले माओवादी शान्ति र संविधानमा प्रतिवद्ध रहेको बताउनुभयो । शान्ति र संविधानका लागि पार्टीमा आन्तरिक एकताको विकल्प नभएको भन्दै कंडेलले एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा माओवादीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो भने उक्त कायक्रम रेडियो बिहानीले प्रत्यक्ष प्रसारण गरेको थियो । यसअघि सामना परिवारले हिजो गजुरीमा समेत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts