Wednesday, May 16, 2012

धादिङबेसी जेष्ठ ३ गते/
मलेखु–धादिङबेसी सडकखण्ड अन्तर्गत नलाङ बैरेनी नजिकै मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने, अर्का एक घाइते भएका छन् । काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३५ प ३०७८ नं. को मोटरसाईकल सडकको भित्तमा ठोकिएर दुर्घटना हुँदा घाईते भएका जिल्ला अस्पताल धादिङमा कार्यरत अहेव कृष्ण अर्यालको उपचारको क्रममा काठमाडौंमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दर्घटनामा गम्भिर घाइते भएका अर्याललाई उपचारको लागि एयर डाईनेष्टिको ढ ल्ब्भ्ह् हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो । मोटरसाईकलमा सवार जिल्ला कारागार प्रमुख मदनकुमार श्रेष्ठको सामान्य अवस्थामा जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts