Wednesday, May 16, 2012



धादिङ, जेष्ठ ३ गजुरी । शान्ति जनसंविधान र राष्ट्रिय स्वाधिनताको पक्षमा सामाना सांस्कृतिक अभियान अन्र्तगत सामना परिवार केन्द्रीय टोलीले बुधबार गजुरीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । एनेकपा माओवादी पार्टीको आन्तरिक एकता तथा जनसंविधानको लागि सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारी, उत्तम कडेंल सहित माओवादी जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सह–इञ्चार्ज भण्डारीले जनताको पक्षमा संविधान जारी हुन नदिनको लागि आफ्नै पार्टी भित्र वा बाहिरबाट चलखेल भईरहेको बताउनुभयो । उहाँले एकीकृत नेकपा माओवादीले उठाएको राजनैतिक एजेन्डालाई पराजित गरेर देखाउन विरोधीहरुलाई चुनौति दिनुभयो । पार्टी भित्रका केहि नेता तथा कार्यकर्ताले समेत प्रतिगमनको बाटो अंगालेको भन्दै त्यस्तो क्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो । कार्यक्रममा सामना परिवारले विभिन्न गित, नाटक र नृत्यको माध्यमबाट देशको राजनैतिक अवस्थालाई छर्लङ्ग पारेका थिए । फुटको संघारमा पुगेको पार्टीलाई एक ढिक्का पार्न र जनसंविधान जारी गर्न दवाव स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सोहि कार्यक्रम अन्तर्गत विहिबार दिउँसो धादिङबेसीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने सामना परिवारले जनाएको छ उक्त सामना परिवारका जन कलाकारले गरेका साँस्कृकि प्रस्तुती रेडियो बिहानी ९७।६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्ने छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts