हरिबोल गजुरेल |
एकीकृत नेकपा माओवादीभित्रको बहस चरम उत्कर्षमा पुगेको छ । किरण समूहले असार १ गते राष्ट्रिय भेला र संस्थापन पक्षले असार १६ गते विस्तारित बैठक बोलाइसकेको छ । यदी ती कार्यक्रमहरू अलग–अलग भए भने औपचारिक रूपमै पार्टीलाई विभाजनमा लैजान्छ । अहिलेसम्म ‘एक पार्टी दुई नीति’ थियो तर फुटतिर गयो भने ‘दुई पार्टी दुई नीति’ नै हुन्छ । पार्टी अन्तर्विरोधको यो चरम अवस्थासम्म पुग्दा अन्तिमसम्म पार्टीलाई फुटबाट जोगाउन र पार्टीभित्र एकता कायम राख्नका लागि प्रयत्न पनि भइरहेको छ ।
नेपाली जनताको आकांक्षा अझै पूरा भएको छैन । संघीयताको लडाइँ चर्को रूपमा अगाडि आइरहेको छ । किरणसमूह संघीयताको पक्षधर हो भने एकै ठाउँमा बसेर संघर्ष गर्दा नै लक्ष्य हासिल गर्न सकिन्छ । प्रतिक्रियावादी र अवसरवादीहरूले माओवादी पार्टी विभाजन गर्न चाहिरहेका छन् । माओवादी पार्टी विभाजन भए मात्र यसलाई ठीक गर्न सकिन्छ भनेर उनीहरू पनि मरिमेटेर लागिरहेका छन् र पार्टी फुटाउनका लागि खुरापाती गरेर प्रदुषित गरिरहेका छन् । तिनीहरू एक हदसम्म सफल हुँदै पनि गइरहेका छन् । उनीहरूको षड्यन्त्र असफल गराउन पनि सबैले त्याग गर्न तयार हुनुपर्छ ।
जनताको चाहना माओवादी पार्टी एउटै भइरहोस् भन्ने छ । पार्टी विभाजित भयो भने गम्भीर चुनौतीको सामना गर्नुपर्छ । जनताको आकांक्षा र मनोविज्ञान अध्यक्ष प्रचण्डले पार्टीलाई फुटबाट बचाउनुपर्छ भन्ने छ । यसलाई सम्बोधन गर्नको निम्ति अध्यक्ष कमरेडले किरणसँग ‘छलफल गरौं एकताका लागि म अध्यक्ष पद छाड्न र केन्द्रीय सदस्यको भूमिकामा रहेर काम गर्न तयार छु । बहुमतको संख्या पुर्याएर म अध्यक्षमा बसिरहने पक्षमा छैन, भ्रममा नर्पनुस्’ भन्नु भएको हो ।
विचार, नीति, घटनाक्रम र समग्र पक्षहरूको विषयमा छलफल र समीक्षा गर्दा एकताका लागि आवश्यक कदम चाल्नुपर्ने निष्कर्षमा पुगेपछि पद छोड्न अध्यक्ष हृदयदेखि नै तयार हुनुभएको हो । यसमा पनि षड्यन्त्रको गन्ध देख्नु ‘प्रचण्डफोबिया’ हो । आफू अध्यक्ष भएको नाताले अन्तिम प्रयास उहाँले गर्नुभएको हो । यसमा उहाँ सफल हुनुहुन्छ वा हुनुहुन्न भन्ने विषयमा छलफल र बहसहरू चलिरहेका छन् । अहिले नै भन्न सकिन्न । यस कुराले पार्टी पंक्तिमा सकारात्मक प्रभाव परेको छ र एकताको झिनो आशा पलाएको छ । यसलाई किरण कमरेडले गम्भीरतापूर्वक लिनैपर्छ । अहिले त संवादहीनताको स्थिति पैदा भयो । आवश्यकता भन्दा बढी शंका एक अर्कामाथि गरिराखिएको अवस्था छ । किरण कमरेडहरू आक्रोश र आवेगमा आएर ‘तावाको तापले उफ्रेका माछा आगोको भुंग्रोमै परे’ जस्तो नहोस् । ठण्डा दिमागले सोच्नु जरुरी भएको छ ।
अहिले पार्टीलाई फुटबाट बचाउन सकियो भने राष्ट्रिय सम्मेलन वा महाधिवेशनमा गएर फेरि नयाँ शिराबाट विचार र नीतिमा छलफल हुन्छ । त्यसपछि नयाँ विश्वासको वातावरण तयार हुन्छ र नयाँ परिवेशमा नयाँ भूमिकासहित नेतृत्व स्थापित हुन्छ । निश्चय नै माओवादी पार्टीका अध्यक्ष प्रचण्ड र माओवादी पार्टी एकआपसमा छुट्याउनै नसक्ने गरी जोडिएका छन् । यो माओवादी पार्टीको पहिचान बनिसकेको छ । त्याग गर्न खोजेको जिम्मेवारी पूरा गर्न नसकेर होइन, शंकावादमा फसेका कमरेडहरूलाई विश्वास दिलाउन हो । इमान्दार क्रान्तिकारीहरूलाई भ्रममुक्त गर्न हो ।
अध्यक्ष प्रचण्ड चौतर्फी घेराबन्दी र आक्रमणका बाबजुद विजयी हुँदै आउनु भएको छ । संविधान नबनेको हुनाले प्रचण्ड असफल भयो भन्ने कुरामा सहमत हुन सकिंदैन । उहाँले पहिलेदेखि नै प्रष्ट पार्नु भएको कुरा के हो भने संविधानसभाबाट संविधान बनाउनका लागि अन्तिमसम्म लचकताका साथ पहल गर्ने, यदि बनेन भने यसको दोष कसैले पनि माओवादीलाई लगाउने स्थिति नबनोस् । सही कुरामा अडान लिंदा एजेन्डा स्थापित हुने मात्र होइन जनमत पनि माओवादीको पक्षमा हुन्छ । जनता साथमा भएपछि अगाडि बढ्नका लागि केही समस्या हुँदैन । अध्यक्षको यो भविष्यवाणी सही साबित भएको छ । व्यापक ध्रुवीकरण भएको छ । संविधानसभाबाट संविधान बन्न कांग्रेस–एमालेले अवरोध गरेका कारण चार वर्षको बहस र संघर्षले ८० प्रतिशत जनमत माओवादी र पहिचानसहितको संघीयताको पक्षमा बनेको छ । मधेसमा माओवादीको राम्रो अवस्था थिएन । त्यहाँ पनि राम्रो भएको छ । विभिन्न पार्टीभित्रका उत्पीडित वर्ग, क्षेत्र, जाति, मधेसी, दलित, मुस्लिम, महिला एक ठाउँमा उभिएर मुठीभर परिवर्तन विरोधीहरूलाई चुनौती दिइरहेका छन् । यसलाई सामान्य कुरा हो भनेर पन्छाउन मिल्दैन । संविधान तत्काल बन्न नसके पनि आगामी दिनमा अग्रगामी संविधान निर्माण गर्न राम्रो आधार तयार भएको छ । केही भएको छैन भनेर उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन । यसलाई आंशिक सफलताको रूपमा लिनुपर्छ ।
किरण समूहको आशंका र आरोप गलत साबित भएको छ । कमरेड प्रचण्ड संविधानसभाबाट जस्तो पनि संविधान बनाउन तयार हुन्छन वा विदेशीहरूले एक थान संविधान बनाइसकेका छन् र सहमतिका लागि भएका वार्ता सबै नाटक हुन् । प्रचण्डले अडान छाडिसकेको भनेर गरिएको प्रचार गलत साबित भइसकेको छ । आखिर नेतृत्व आवश्यकता अनुसार सहमतिका लागि लचक भए पनि आधारभूत कुरामा अडान छाड्दो रहेनछ भन्ने कुरा व्यवहारतस् पुष्टि भइसकेको छ । यो यथार्थ उजागर भएपछि ‘क्रान्तिकारी’ कमरेडहरूले ‘प्रचण्डमाथि बढी आशंका गरेछौं र शंकावादमा फसेछौं’ भन्नुपर्ने ठाउँमा उल्टै ‘प्रचण्डले कागजको खोस्टो जस्तो संविधान बनाउन खाजेको थियो त्यही पनि बनाउन सकेन र असफल भयो’ भन्ने कुरा कति पूर्वाग्रही छ, स्पष्ट छ ।
संविधानसभाबाट अग्रगामी संविधान बनाउन नेतृत्वलाई सहयोग गर्नुपर्ने ठाउँमा संविधानसभालाई विफल बनाउन किरण कमरेडहरूले कांग्रेस–एमालेसँग साँठगाँठ गरेर सरकार गिराउन र पार्टी फुटाउनका लागि हस्ताक्षर अभियान चलाउनु भयो । पहिचानसहितको संघीयता विरोधीहरूसँग हार्दिक सम्बन्ध कायम गर्नुभयो । अहिले राष्ट्रपतिलाई हारगुहार गरेर असंवैधानिक कदम चाल्न उक्साइरहनु भएको छ । त्यसकारण संविधानसभा विघटन हुनुमा उहाँहरू कुनै न कुनै रूपमा जोडिनु भएको छ । मुख्य त कांग्रेस–एमाले नै हुन । निमित्त कारण उहाँहरू पनि हो । यो दोषको जिम्मा उहाँहरूले लिनुपर्दछ । उहाँहरूमा नेतृत्वले गर्न खोजेको राम्रो काम पनि गर्न नदिने, जे गर्दा पनि भाड्न खोज्ने वितण्डातावाद देखियो । संघीयतामा अडान लिंदा साथ नदिने र प्रचण्डले सकेन भन्ने यहाँ भन्दा कुर्तक अरू के हुन सक्छ रु सके सहयोग गरेको भए हुन्थ्यो, त्यसो गर्न नसके चुप लगेर बसेको भए हुन्थ्यो । तलबाट खुटा तानिदिने अनि रुख चढ्न सकेन असफल भयो भन्ने जस्ता गलत खालका गतिविधिहरू उहाँहरूले गर्नुभयो । तसर्थ यी सबै गतिविधिहरूलाई हेर्दा विचार र राजनीति भन्दा पनि प्रचण्डप्रतिको इष्र्या, अक्रोश, डाह ९जुन चरम महत्त्वकांक्षासँग जोडिन पुगेको छ० ले उहाँहरूलाई प्ेररित गर्यो । यस्ता गैरसर्वहारावादी आचरणले कसैलाई फाइदा पुर्याउने वाला छैन । यस प्रकारको गैरजिम्मेवार व्यवहार देखेर जनता उहाँहरूसँग इरिटेड हुँदै गएका छन् । यो प्रक्रिया रोकिएन भने ‘डंक्यू जेट’ नाटकको नयाँ संस्करण खोज्न अन्त जानु पर्दैन ।
क्रान्तिकारी आवरणभित्रको अवसरवादी व्यवहारलाई जनताले चिन्ने अवसर पाएका छन् । कांग्ेरस–एमालेसँगै उहाँहरू पनि नराम्रोसँग नांगिनु भएको छ । संविधानसभाको अन्तिम घडीमा बानेश्वरको थापा गाउँमा उहाँहरूले यथास्थितिवादी र संघीयताविरोधीहरूसँग गोप्य बैठक गर्नुभयो । ४० प्रतिशत पुर्याउन आफ्नै पार्टीका सभासद् खरिद गर्न लाखौं रुपैयाँ अफर गरेर दबाब र प्रलोभन दिनुभयो । यी सबै कुराहरूको इतिहासले एक ठाउँमा गएर समीक्षा गर्नेछ । उहाँहरूले गम्भीर गल्ती गर्नु भएको छ । तर उहाँहरूले यो सच्चाइलाई स्वीकार्नु भयो भने सच्चिएरै जान नसक्ने स्थिति भने होइन । ढिला भइसकेको छ, आँट गर्न सक्नु भएन भने इतिहासको रुन्चे पानामा उहाँहरूको नाम लेखिनेछ । र, नयाँ पिंढीले धिक्कार्ने छ ।
यो कुरालाई गम्भीरतापूर्वक नलिने हो भने हन्डर–ठक्कर खाएर चेत्नु हुनेछ । जसरी एमालेमा वामदेवहरू जनताबाट उपेक्षित भएको महसुस गरेर ‘चिसै पानीले नुहाउँछु’ भनेर हन्डर–ठक्कर खाएरपछि एमालेमै फर्केर आए, इमान्दारहरू माओवादीतिर लागे र केही पलायन भए । उहाँहरूको नियति पनि यो भन्दा भिन्न हुने वाला छैन । केही फर्किन्छन्, केही निश्क्रिय वा पलायन भएर जान्छन, केहीले बिडंगो गर्न सक्छन् । यो सत्यलाई बुझेर भेला अगाडि नै एउटा सहमति गर्नुभयो भने राम्रो हुनेछ । तर औपचारिक रूपमा फुटिसकेपछि भने तुरुन्तै जुट्न सम्भव हुनेछैन । त्यसपछि नयाँ प्रक्रियामा गएर उहाँहरूभित्रको सापेक्षिक इमान्दार पक्षसँग संयक्त मोर्चा कायम गर्ने, राष्ट्रियता, जनतन्त्र, जनजीविका, संघीयतालगायत संविधानका विभिन्न मुद्दाहरूमा संयुक्त मोर्चा कायम गरेर जान सकिन्छ । अराजनीतिक ढंगले कटुता कायम गर्ने भन्ने हुन्न । स्वस्थ वातावरण बनाएर, संयुक्त मोर्चा कायम गरेर, जुन–जुन मुद्दाहरूमा मिल्छ त्यस विषयमा संयुक्त संघर्ष गर्ने कुरा हुन्छ । यो त ड्यामेज कन्ट्रोलको कुरा हो । आधारभूत रूपमा विचारमा भिन्नता नभई पार्टी विभाजन भयो भने नेता कार्यकर्ता र जनताको लागि पीडाको विषय हुन्छ । तर कामना र प्रयत्न गरौं, यस्तो अवस्था नआओस् ।
पार्टी फुट्न दिनुहुन्न, अन्तिमसम्म पनि एकताका लागि नै प्रयत्न गर्नुपर्छ भन्ने अहिले प्रचण्डले अघि सारेको लचकताको प्रस्ताव हो । अध्यक्ष प्रचण्डले त्याग गर्न तयार हुँदा क। किरण र क ।बादलले पनि पार्टी एकताका लागि त्याग गर्न तयार हुनुपर्छ । ‘मोही माग्ने ढुंग्रो लुकाउने’ काम गर्नु भएन । उहाँहरूभित्र अध्यक्ष र प्रधानमन्त्री बन्ने अतृप्त इच्छा छ भने खुलेर छलफल गर्न सकिन्छ । अन्यथा कुतर्क गरेर आफूलाई सही साबित गर्ने कुराको यतिखेर केही अर्थ छैन । ‘क्रान्तिकारी’ कमरेडहरू, इतिहासले मजाक नगरोस् ।

0 comments:
Post a Comment