Saturday, June 2, 2012

धादिङ जेष्ठ २० गते सल्यानकोट /
एकीकृत नेकमा माओवादीका केन्द्रीय सदस्य एवं धादिङका ईञ्चार्ज पुष्प विक्रम मल्लले काँग्रेस एमालेका कारण जेठ १४ मा संविधान जारी गर्न नसकिएको बताउनुभएको छ । आफूहरुले जनचाहना अनुसार संविधान जारी गर्न नसकेकोमा उहाँले जनतासँग क्षमा याचना समेत गर्नुभएको छ । सल्यानकोट उप–स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्सको उद्घाटन समारोहमा बोल्दै उहाँले काँग्रेस एमाले लगायतका परिवर्तन नचाहने शक्तिका कारण संविधान सभा समेत विघटन भएको बताउनुभयो । एम्बुलेन्स व्यावस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर नगरकोटीको अध्यक्षता, पूर्व सभासद समेत रहनुभएका मल्लको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका वरिष्ठ प्रशासक महोमद दाउदको विषेश आतिथ्य रहको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । सल्यानकोट गाउँ विकास समिति, विभिन्न संघ–संस्थाको अनुदान र स्थानीय बासिन्दाको चन्दा संकलन गरी कुल ८ लाख ४१ हजार ४ सय रुपैँयाको लागतमा सञ्लानमा ल्याईएको एम्बुलेन्सले ग्रामिण भेगको बासिन्दालाई सेवा दिने लक्ष राखेको छ । आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सको कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको हो । सोहि अवसरमा उप–स्वास्थ्यचौकी सल्यानकोटका ईञ्चार्ज ज्ञानबहादुर दाहालले उप–स्वास्थ्यचौकीको आर्थिक, भौतिक लगायत स्वास्थ्य सेवाको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी उप–स्वास्थ्यचौकीमा प्रसुति सेवा सञ्चालनको लागि आर्थिक एवम् भौतिक सहगोग गर्ने ४ सय जना चन्दादातालाई कदरपत्र प्रदान गरिएको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts