Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

Thursday, August 1, 2013

एमाओवादीले २४० निर्वाचन क्षेत्रमा  संचालन गरि रहेको जनसम्वन्ध सुदृढीकरण अभियान मा को सल्लाहाकार र को केन्द्रीय सदस्य कुन जिल्लाको कुन क्षेत्रमा परेः

ताम्सालिङ राज्य
धादिङ
क्षेत्र नं. १क. श्रीकृष्ण अधिकारी      
क्षेत्र नं. २    क. शशी श्रेष्ठ, क. खुशीराम पाखि्रन -सल्लाहकार)  
क्षेत्र नं. ३    क. झक्कु सुवेदी 

Wednesday, December 5, 2012

यसबर्ष पनि अघिल्ला बर्षहरुमाझैं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला अधिकार र हिंसाका बारेमा धेरै कुरा भइरहेका छन्, छलफल, गोष्ठी, ¥याली र सेमिनारहरू भइरहेका छन् । देशका प्रमुख शहरहरूमा महिला हिंसाविरुद्ध चर्का नाराबाजी भइरहेका छन् । नेपालमा महिला हिंसाविरुद्ध विभिन्न संघसंस्थाहरू सक्रिय छन् तर पनि महिला हिंसामा कमी आएको छैन । महिलामाथि आफ्नै घर परिवार, कार्यालय तथा मेलापातमा समेत हिंसा हुने गरेकोछ ।

Wednesday, October 31, 2012

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस्ता स्वचालित क्यामेरा र अन्य उपकरणहरु छ्याप्पछ्याप्ती भेटिन थालेको धेरै भएछ । नेपालको नास्टदेखि अमेरिकी विश्वविद्यालयको हिमनदि अध्ययन केन्द्रसम्मका परियोजना भनेर राखिएको बोर्डहरु पाइदा रहेछन् र छुन नहुने संकेत सहितका तिनका उपकरणहरु भेटिदा रहेछन् । सबैले कुनै न कुनै अध्ययन भइरहेको दाबी गरेर त्यहाँ उपकरणहरु राखेको बताएपनि सरकारी निकाय बेखबर छ त्यस्ता अध्ययनहरुसँग । नेपालभित्र विदेशी संस्था आएर सरकारी अनुमति नलिइ अध्ययनको लागि भन्दै स्वचालित क्यामेरा जोड्नु पक्कै पनि नियमसंगत हैन । यी क्यामेराहरुको वास्तविकता के हो ?

Thursday, October 25, 2012

नेपालीहरुको महान् चाड बडादसैं हाम्रो घर आँगनमा आइसकेको छ । रोजगारी, व्यवसाय र अध्ययनका लागि परिवारबाट बाहिरिएकाहरु घर फर्केका छन् । परदेशिएका परिवारजनको स्वदेश आगमनले गाउँ-सहरमा विशेष चहलपहल छ । चाडपर्वका कारण चलायमान भएको व्यापारिक क्षेत्रलाई पनि फुर्सद मिलेको छ । रोजगारीमा रहेकाहरुले पनि वर्षभरिको लामो बिदा पाएका छन् । बालकदेखि वृद्धसम्म सबैलाई दसंैले छोएको छ । यसै मेसोमा कान्तिपुरकर्मीले राजनीतिक दलका शीर्ष नेतादेखि सामाजिक जीवनका विभिन्न क्षेत्रका अगुवाको दसंैचर्याबारे जिज्ञासा राखेका थियौं । पर्व र बिदा मनाउने योजना उनीहरुकै शब्दमा-
देशको संकटमोचनमा सार्थक होस्
सुवास नेम्वाङ
पूर्वसभामुख
दसैंमा आफन्त, मित्रहरूसँग भेटघाट बाहेक अरू योजना छैनन् । यसका लागि चाडपर्व उपयुक्त मौसम हो । नेम्वाङ परिवारमा दुःख परेको हुनाले यसपटक हामी टीका लगाउँदैनौ । काका हरिशरण नेम्वाङ र कान्छी काकी बित्नुभएकाले दोहोरो शोकमा छौं । त्यसैले अरू योजना बनाएको छैन । तर मुलुक अप्ठ्यारो अवस्थामा छ । एकत्रितियांश बजेट सकिनै लागेकाले पर्वहरू लगत्तै मुलुकलाई संकट पर्नेछ । सर्वोच्च अदालतलगायत संवैधानिक निकायहरू रिक्त हुँदैछन् । दसैं-तिहारलगायतका पर्वलाई सदुपयोग गर्नुपर्छ । भेटघाटका सन्दर्भलाई देशको संकटमोचनका लागि उपयोग गर्न नेताहरूलाई आग्रह गरिरहेको छु ।  
किताब पढ्ने योजना छ
मोहन वैद्य
अध्यक्ष, नेकपा-माओवादी
दसैंमा खास योजना छैन । भव्य रूपमा मनाउने गरेको छैन, सोचेको पनि छैन । बाहिर कतै गइन्न होला । दसैंको मौकामा साथीहरूसँग भेटघाट, कुराकानी हुन्छ । विशेष गरी आफ्नै पार्टीका साथीहरूसँग बढी कुराकानी हुन्छ । साथीहरू बाहेक घरपरिवारसँग बसेर दसैं मनाइन्छ । सामान्य ढंगले नै दसंै मनाउने चलन छ । यही मौकामा लेखपढ गर्ने सोचेको छु । विशेष गरी सैद्धान्तिक र राजनीतिक किताबहरू पढ्ने योजनामा छु । पार्टीका लागि केही लेख्ने काम पनि हुन्छ । धेरै साथी गाउँ जाने भएकाले लेखपढ गर्न समय पाइन्छ ।
मलाई दमको समस्या भएकाले चिल्लो पिरो खान मिल्दैन । सामान्य खान्छु । दसंैका लागि विशेष खर्च गर्ने चलन छैन । धेरै खर्च गर्नुहुन्न भन्ने मेरो मान्यता छ । त्यसकारण दसैं सकिनसकी भव्य रूपमा मनाउनुपर्छ भन्ने छैन । आफ्नो इच्छा र गच्छे अनुसार मनाउनुपर्छ । तैपनि दसंैको मौकामा सबैलाई शुभकामना आदान प्रदान गरिन्छ ।
एकएक जोर नयाँ लुगा हालिदिन्छु
दिलशोभा श्रेष्ठ
समाजसेवी
दसैंमा निकै रमाइलो गरिन्छ । घरमा यसपालि ३९ आमा र ४९ केटाकेटी छन् । पोहोरजस्तै यसपालि पनि तीसँग खानपिन गरेरै दसैं मनाउँछु । दिशानिर्देश सुनेर यसपालि घरमा ५ जना बाहरू पनि थपिनुभएको छ । उहाँहरूका लागि मेरो घरमा पहिलो दसैं हो यो ।
पोहोर, परार मलाई दसैंमा टार्न पुर्‍याउन निकै समस्या हुने गथ्र्याे । आफ्नै मात्रै कमाइले त गाह्रो पनि हुने रहेछ । तर यसपालि अवस्था राम्रो छ । सबैको सद्भाव र सहयोगले मनग्य खानेकुरा छन् । घरका परिवार सबैलाई एकएक जोर नयाँ लुगा पनि हालिदिँदैछु । टीकाको दिन पनि घरैमा बसिन्छ र टीकाटालो गरिन्छ । टीकाको भोलिपल्ट म बाआमा र केटाकेटी सबैलाई लिएर माइत जान्छु । मेरो माइती थानकोटमा छ । त्यहाँ मेरा तीन भाइ छन् । दुई बहिनी पनि त्यहीँ भेट हुनेछन् । त्यहाँ पनि रमाइलो हुनेछ । यसरी खुसी साटासाट गरेर दसैं बिताउन थालेको १७ वर्ष भएछ । मेरी छोरी अमेरिकामा छे । दसैंको दिन फोनमै कुरा गरेर आशिष दिनुपर्ला ।
अस्पतालमै हुन्छु
डा. भगवान कोइराला
हृदयरोग विशेषज्ञ
यसपाला जन्मथलो पाल्पा जाने विचार थियो । तर भनेजस्तो कहाँ हुन्छ र ? भन्ने बित्तिकै अस्पताल चटक्कै छाडेर हिँड्न मिल्दैन । किनभने अपर्झट बिरामी आइराखेका हुन्छन् । कति त अस्पतालमा भर्ना भएका पनि छन् । कतिपय आईसीयुमै छन् । तिनको उपचार जारी नै हुन्छ । त्यसैले म दसैंमा पनि अस्पतालमै काम गरिरहेको हुन्छु । तर अघिपछिभन्दा अलिक होलो हुने हुनाले श्रीमती र छोरालाई पनि समय दिन्छु । परिवारसँग रमाइलो गरेर चाड मनाउने हो । मिल्यो भयो उपत्यका आसपासका कुनै ठाउँमा घुम्न जानुपर्ला । स्वास्थ्य बिगार्ने गरी खानपान गर्ने बानी छैन मेरो । खेलवाड पनि गर्दिन । यही हो, फुर्सद भए यसै गरी भेटघाट र घुमघाममा समय बिताउनुपर्ला ।
पूजाआजा र भेटघाटमै बित्छ
भवानी राणा
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नौरथा सुरु भएदेखि नै मेरो घरमा पूजा सुरु हुन्छ । दसैंघरमा जमरा राखिन्छ । म व्रत पनि बस्छु । नौं दिनसम्म पूजा हुन्छ । देवीको व्रत बस्छु । अष्टमीमा कालरात्रि पूजा हुन्छ । नवमीको दिनमा हवन गरेपछि मात्रै मेरो पूजा र व्रत सकिन्छ । दसैं एउटा ऐतिहासिक महत्त्व बोकेको पर्व हो । पौराणिककालदेखि नै यसको विशेष महत्त्व छ । दसैंलाई मैंले आफन्त भेटघाट गर्ने, रमाइलो गर्ने अवसरका रूपमा समेत लिने गरेको छु । वर्षभरि सबै मरिहत्ते गरेर आफ्ना काममा व्यस्त हुने भएकाले चाहेका मान्छे र आफन्तजनलाई भेट्ने अवसर मिल्दैन । दसैंमा बिदा हुने र सबै फुर्सदमा हुने भएकाले रमाइलो हुन्छ । दसैंको अवसर पारेर नै यो वर्ष नेपालगन्जमा निर्माण गरिएको होटल स्नेहाको नयाँ ब्लकको उद्घाटनसमेत गर्दैछु । दसैंमा धेरै आफन्तसँग भेट हुने अपेक्षा गरेको छु ।
मनकामना घुम्ने सोचमा छु
झलनाथ खनाल
अध्यक्ष, नेकपा एमाले
दसैं सिर्जनात्मक पर्व हो । यलाई म धार्मिकभन्दा पनि सिर्जनात्मक रूपमा नै मनाउने गर्छु । दसैंलाई म प्राकृतिक रूपमा पनि नयाँ सुरुवातको पर्वका रूपमा लिन्छु । मोहनजोदारोर हरप्पाको सभ्यताबाट दसैं जस्तो पर्व सुरु भएको हो । यसलाई विभिन्न कालखण्डमा धार्मिक कुराहरूसँग जोडिएको हो । यसपालिको दसैंमा भ्रमण गर्ने योजना बनाएको छु । सप्तमी या अष्टमीतिर दामन, हेटौंडा हुँदै गोरखा मनकामनासम्म घुमेर फर्किने योजना छ । राजनीतिक र पार्टीको काम होइन  । निजी भ्रमणमा  त्यता जान लागेको हुँ । दसैंको यो समयमा मैले लियो टल्सटायको 'युद्घ र शान्ति' अनि कर्ण शाक्यका पुस्तक पढिरहेको छु । समय पुगेमा अन्य पुस्तकहरू पनि अध्ययन गर्ने योजना छ । दसैंमा टीका लगाउने गर्छु । आफन्त चिनजानका व्यक्तिहरू घरमा आउनुहुन्छ, उहाँहरूसँग टीका लगाउने चलन छ । दसैं रचनात्मक र नयाँ कामको सुरुवात गर्ने पर्व भएकाले अहिले मुलुकको समस्या समाधानका लागि नयाँ पहल गर्न सकिन्छ कि भन्ने प्रयास त हुने नै भयो ।
न्यायिक सुधारको योजना
खिलराज रेग्मी
प्रधानन्यायाधीश
पहिले दसैंको बिदामा म पूरै फुर्सदिलो हुन्थेँ । अहिले जिम्मेवारी थपिएको छ । नेतृत्व तहमा बसेपछि पूर्णतः बिदामा हुन मुस्किलै पर्दोरहेछ । दसैं मनाउन भनेर जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरू काठमाडौं आउनुहुन्छ । उहाँहरूसँग भेट्छु । जिल्लामा के कस्तो समस्या छ भनेर बुझ्छु । त्यसपछि उबि्रएको समयमा न्यायालयका लागि गर्नुपर्ने योजनाको तयारी र समीक्षा गर्ने विचारमा छु । केही फुर्सद मिले मन परेका पुस्तक पनि पढ्ने छु । म धार्मिक आस्था भएको मान्छे हुँ । त्यसैले दसैंका दसैं दिन दुर्गाभवानीको पूजा आराधना र प्रार्थना नियमित रूपमा गर्छु ।
दसैं भनेको पारिवारिक मेलमिलापको पर्व पनि हो । त्यसो हुनाले धेरथोर समय परिवारलाई दिनै पर्छ । टीका टालोका लागि आफन्त आउँछन्, तीसँग पनि केही कुराकानी र भलाकुसारी गर्नै पर्‍यो । पहिले फुर्सद हुँदा जन्मथलो पाल्पामै पुगेर दसैं मनाउने गर्थेँ । २०५९ सालमा बुबा बित्नुभएपछि त्यो क्रम ठ्याक्कै टुट्यो । म शाकाहारी हुँ । घरमा पनि शाकाहारी माहोल हुन्छ । दसैंको खानपिन सादा र सरल नै हुन्छ । दुर्गा मातासँग मैले देश समृद्धितिर अघि बढोस् भनेर प्रार्थना गरेको छु । सबैलाई सद्बुद्धि आओस् ।
खासै उत्साहपूर्ण छैन
उपेन्द्र यादव
अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल
मुलुकमा खुसियाली भन्ने केही पनि छैन, निराशा मात्रै छ, यस्तो अवस्थामा दसैंको कुनै उत्साह नै छैन । जनतालाई संविधान दिन सकिएको भए उत्साहपूर्वक दसैं मनाएको ठहरिन्थ्यो । सबै जनता निराश भइरहेका बेला दसैं उत्साहपूर्वक होला भन्ने अपेक्षा छैन । दसैं बिदाभरि म विराटनगरमा हुन्छु । पुस्तकहरू अध्ययन गर्छु, साथीभाइ भेट्ने छु । मेरो रुचि राजनीतिक र फिलोसोफिकल पुस्तकमा छ । त्यस्तै पुस्तक/सामग्री खोजेर अध्ययन गर्ने छु । पहिला पहिलाका दसैंमा अलि रमाइलो गरिन्थ्यो । अहिले त्यस्तो रमाइलो गर्ने कुनै उत्साह नै छैन । कान्तिपूर दैनिक
 

Monday, October 1, 2012

धादिङ १६ आश्विन । जातीय छुवाछुतको घट्नलाई स्थानीय प्रहरी प्रशासनले चासो नदेखाएको धादिङबेसीमा आयोजीत एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को कार्यन्वयन विषक एकदिने अन्र्तक्रिया कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।
उपेक्षित उत्पीडित तथा समन्वयन समिति धादिङका उपाध्यक्ष राममाया विकको अध्यक्षता र राष्टिूय दलित आयोगका सदस्य सचिव भुवन सुनाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक विकास खरेल,एकीकृत नेकपा माओवादीका जिल्ला सम्मेल आयोजक समितिका सदस्य राम बहादुर भण्डारी नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम प्रसाद वर्मा, मानवअधिकारकर्मी विष्णुपुकार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

Sunday, September 16, 2012

३१ भदौ, काठमाडौं । उच्च माध्यमिक विद्यालयमा बढ्दै गएको विकृति रोक्न गठन भएको कार्यदलले कलेज पोशाकमा मोटरसाइकल चढ्न रोक लगाउने सिफारिस गरेको छ । यस्तै कलेजमा मोबाइल बोक्न पनि नपाइने भएको छ । पढाई भन्दा होहल्ला, मायाप्रेम र अरु नै गतिबिधिमा कलेजका विद्यार्थीहरुको ध्यान बढ्न थालेपछि यस्तो नियम लागू हुन लागेको हो । नियम उच्चमावि र माध्यमिक विद्यालयमा समेत लागू गर्ने तयारी छ । कार्यदलले आफ्नो प्रस्ताव आइतबार शिक्षा मन्त्रालयमा बुझाएको छ ।

‘हामीले कार्यदलको प्रतिवेदन पायौं, यसलाई अध्ययन गरेपछि छिटै लागू हुन्छ’ शिक्षामन्त्री दिनानाथ शर्माले भन्नुभयो । उहाँले प्रतिवेदनमा उठाइएका विषयलाई कार्यान्वयनमा ल्याउन शिक्षा सचिवलाई निर्देशन पनि दिनुभएको छ ।

यस्तो छ नियम

उच्च माध्यमिक विद्यालयमा बढ्दै गएको विकृति रोक्न भन्दै कार्यदलले विशेष गरी विद्यार्थीलाई केन्द्रित गरी नियम बनाएको छ । कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार विद्यार्थीहरुले अहिले गर्दै आएको गतिबिधिमा धेरै नियन्त्रण गर्नुपर्ने हुन्छ । नयाँ नियम नमान्ने विद्यार्थी र लागू नगर्ने विद्यालय दुवैलाई कार्वाही हुने व्यवस्था छ । नियम यस्ता छन् स्

विद्यार्थीका लागि

विद्यालयले तोके बमोजिमको पोसाक अनिवार्य रुपमा लाउनु पर्ने छ । तर त्यस्तो पोशाक कोड देहाय बमोजिम हुनुपर्ने छ स्

क। चुज पाइन्ट प्रयोग गर्न नपाइने । पाइन्टको मोता १६ इन्च भन्दा कम हुन हुने छैन ।

ख। कम्मर भन्दा कम्तिमा १ इन्च माथी सम्म पाइन्टरस्कर्ट हुनु पर्ने । हिपहप हुन नहुने ।

ग। स्कर्टको तल्लो भागको हकमा घुँडा भन्दा कम्तिमा २ इन्च तल सम्म हुनु पर्ने ।

घ। नेक भन्दा १ इन्च तल सम्म मात्र सर्टको वटन खोल्न मिल्ने । सर्ट भन्दा अन्य पोसाक जस्तै कुर्ता सुरुवाल आदि प्रयोग गर्ने भएमा नेक भन्दा १ इन्च भन्दा तल सम्म खुल्ला भएको पोशाक प्रयोग गर्न नमिल्ने ।

ङ। कम्मर पेटीको हकमा १।५ इन्च भन्दा चौडा कम्मर पेटी र फेसनेवल प्रकारको पेटिको वकल प्रयोग गर्न नपाइने ।

च। माथीका पोसाकसँग मिल्ने कोट, स्वीटर, ज्याकेट, मफलर तथा जुत्ता मोजा विद्यालयले तोके बमोजिमको रंग र डिजाइनको प्रयोग गर्नु पर्ने छ ।

छ। पोशाकमा टाइ समेत लगाउने व्यवस्था भएको भए टाइको गाँठो नेकसम्म हुनुपर्ने छ । तर टाइ लगाउने वा नलगाउने वा मौसम अनुसार कुन कुन समयमा टाइ लगाउने भन्ने विद्यालयले तय गरे बमोजिम हुनेछ ।

 २। पहिलो कक्षा सरु हुनु भन्दा १० मिनेट अगाबै विद्यार्थीहरु विद्यालय परिसरभित्र प्रवेश गरी सक्नु पर्नेछ र अन्तिम कक्षा नसकि विद्यालय परिसर भन्दा बाहिर जान पाउने छैनन ।

३। कक्षा ११ र कक्षा १२ का कुनै पनि विद्यार्थीले विद्यालयको पोशाकमा मोटर साईकल प्रयोग गर्न पाउने छैन । यदि कक्षा ११र कक्षा १२ का विद्यार्थीले मोटर साईकल प्रयोग गरेको पाइएमा त्यस्तो मोटर साइकल विद्यालयले वा सरोकारवाला जो कोहीले प्रहरीको सहयोगमा नियन्त्रण गरी अभिभावकलाई बुझाउने छ । त्यस्ता अभिभावक र विद्यार्थी दुवैलाई पहिलो पटकको लागि चेतावनी दिने र त्यस पछि पनि मोटर साइकल प्रयोग गरेमा विद्यालयले प्रत्येक पटक रु ५०००।( जरिवाना गर्न सक्नेछ । पटक पटक विद्यार्थीले मोटर साईकल प्रयोग गरेको पाइएमा त्यस्तो विद्यार्थीलाई विद्यालयले निष्काशन सम्म गर्न सक्नेछ ।

४। कक्षा ११ र १२ को कुनै पनि विद्यार्थीले विद्यालय हाताभित्र मोवाईल प्रयोग गर्न पाउने छैन । यदि प्रयोग गरेमा उक्त मोवाइल विद्यालयले जफत गरी एक पटकको लागि चेतावनी पत्र सहित अभिभावकलाई बुझाइने छ । तर पूनः विद्यार्थीबाट सो आचरण भङ्ग भएमा विद्यालयले मोवाईल जफत गरी रु ३०००।( सम्म जरिवाना गर्न सक्ने छ ।

५। कक्षा ११ र १२ का विद्यार्थी विद्यालयको पोशाकमा कुनै पनि होटल, रेस्टुरेन्ट, सिनेमाहल, पार्क, सपिङ्ग मल आदि जस्ता स्थानमा जान पाउने छैन । यदि गएको पाइएमा त्यस्ता विद्यार्थीलाई सरोकारवाला समेतले प्रहरीको जिम्मा लगाउन सक्नेछ । त्यस्ता विद्यार्थीलाई विद्यालयको अनुशासन विभागको जिम्मा लगाई आवश्यक कारवाही गर्न सक्नेछ ।

६। कक्षा ११ र १२ का कुनै पनि विद्यार्थीले विद्यालय समयमा वा विद्यालयको पोशाकमा मादक पदार्थ सेवन र धु्रम्रपान गर्न पाउने छैन । त्यस्तो गरेको पाइएमा विद्यालयले देहाय बमोजिम सजाय गर्न सक्नेछ ः

(क० प्रथम पटकको लागि रु। ३,०००।( जरीवाना र लिखित चेतावनी,

(ख० दोस्रो पटकको लागि रु। ५,०००।( जरीवाना र विद्यालयबाट निष्काशन गर्न सक्नेछ ।

७। विद्यार्थीले कक्षा बङ्क गर्न पाउने छैन । विद्यालयमा हाजीर भैसके पछि विद्यार्थीले कक्षा बङ्क गरेको पाइएमा विद्यालयले देहाय बमोजिम सजाय गर्न सक्नेछ स्

(क० पहिलो पटक बङ्क गरेमा विद्यार्थीलाई चेतावनी दिई अभिभावकलाई जानकारी दिने,

(ख० दोस्रो पटक बङ्क गरेमा रु। ५००।( जरिवाना गरी अभिभावकलाई जानकारी दिने,

(ग० तेस्रो पटक बङ्क गरेमा रु। १०००।( जरिवाना गरी अभिभावकलाई जानकारी दिने,

(घ० चौथो पटक बङ्क गरेमा अभिभावकलाई समेत कडा चेतावनी दिई रु। २०००।( जरिवाना गर्ने,

(ङ० पाचौं पटक बङ्क गरेमा विद्यालयबाट निष्कासन गरी बोर्ड परीक्षामा समेत सामेल नगराउन सक्ने,

तर विद्यार्थी विद्यालयमा अनुपस्थिति रहने लिखित जानकारी अभिभावकबाट अग्रिम रुपमा आएको भएमा सो लाई कक्षा बङ्क मानिने छैन ।

८। विद्यार्थीले विद्यालय परिसर, कक्षा कोठा वा विद्यालयको पोशाक लगाएर विद्यालय बाहिर समेत यौनजन्य क्रियाकलाप गर्नरगराउन वा अन्य साथीलाई प्रोत्साहित गर्न समेत पाउने छैन । त्यसो गरेमा त्यस्ता विद्यार्थीलाई विद्यालयले कसुर हेरी निष्कासन समेत गर्न सक्नेछ ।

९। विद्यार्थीले प्राचार्य, शिक्षक, कर्मचारी र सहपाठीलाई गालीगलौज, हातापाई गर्न पाउने छैन । यदि उल्लिेखित व्यक्तिहरुलाई गालीगलौज वा हातापाई गरेमा त्यस्ता विद्यार्थीलाई सार्वजनिक अपराध ऐन वमोजिम कारवाही गर्न विद्यालयले प्रहरीको जिम्मा समेत लगाउन सक्नेछ । साथै त्यस्ता विद्यार्थीलाई अभिभावकको रोहवररजानकारीमा विद्यालयले तत्काल विद्यालयबाट निस्कासन समेत गर्न सक्नेछ ।

१०। नियमितता, अनुशासन, आचारसंहिता, पठनपाठन आदि जस्ता विषयमा विद्यालयले दिएका निर्देशनहरु पालना गर्नु पर्नेछ । विद्यालयको निर्देशनहरु उल्लंघन गरेमा त्यस्ता विद्यार्थीलाई विद्यालयको अनुशासन विभागको सिफारीशमा विद्यालय व्यवस्थापन समितिले आवश्यक सँजाय दिन सक्नेछ ।

११। विद्यालयले सञ्चालन गर्ने आन्तरीक परीक्षाहरुमा विद्यार्थीहरु अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ । यदि कोही विद्यार्थी त्यस्तो परीक्षामा अनुपस्थित भएमा विद्यालयले जरिवाना वा सजाय वा दुबै गर्न सक्नेछ ।

१२। कुनै विद्यार्थीले आफु अध्ययन गर्ने विद्यालयरक्याम्पसको भौतिक सम्पत्ति नष्ट तथा पूर्वाधार नष्ट गर्न पाउने छैन । त्यस्तो गरेमा वा कुनै पूर्वाधार नष्ट गरेमा त्यस्ता विद्यार्थीलाई विद्यालयको व्यवस्थापन समितिको निर्णय वमोजिम विद्यालयले यथोचित जरिवाना वा सजाय वा दुबै गर्न सक्नेछ ।

१३। कक्षा ११ र १२ का विद्यार्थीले अस्वभाविक रुपमा फेसन गर्न, मेकअप गर्न, कपाल रंगाउन, मेहेन्दी लगाउन, लामा(लामा नङ्ग पाल्न, छात्रहरुले मुन्द्री लगाउन, लामो कपाल पाल्न एवं हातमा वाला लगाउन पाउने छैन । त्यस्तो गर्ने विद्यार्थीलाई विद्यालयले जरिवाना वा सजाय वा दुबै गर्न सक्नेछ ।

१४। विद्यार्थीहरु कक्षामा ९० प्रतिशत भन्दा कम हाजिरी हुन हुदैन । ९० प्रतिशतभन्दा कम हाजिरी भएको पाइएमा त्यस्ता विद्यार्थीहरुलाई वोर्ड परीक्षामा सामेल गराइने छैन ।

१५। उच्च माध्यमिक तहका विद्यार्थीहरुले विद्यालय हाताभित्र विद्यालयको स्वीकृति बेगर आइपोड, आइप्याड र ल्यापटप योग गर्न पाउने छैनन । विद्यालयको स्वीकृत बेगर त्यस्तो साधनको प्रयोग भएमा विद्यालयले सजाय वा जरीवाना वा दुबै गर्न सक्नेछ ।

Wednesday, September 5, 2012



धादिङ २१ भाद्र  । नेकपा-माओवादीले विभिन्न ७० बुँदे माग सरकारलाई बुझाउने भएको छ । माओवादीले सशस्त्र युद्ध थाल्नुअघि बाबुराम भट्टराईले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे माग पनि त्यसैमा समेटिएको छ । माग पुरा गराउन तथा सरकारलाई विस्थापन गर्न उक्त पार्टीले चरणवद्ध आन्दोलनको पनि घोषणा गरेको छ ।
पार्टीले असोज महिनाभर विभिन्न सहरमा विरोधसभाका कार्यक्रम निर्धारण गरेको छ ।

बुटवलमा १० गते

जनकपुर  १४ गते

पोखरा १२ गते

काठमाडौ १२ गते

कन्चनपुर १६ गते

सुर्खेत  १८ गते

मसिंर १० मा नेपालबन्द कार्यक्रम राखिएको छ ।

यस्ता छन् ७० बुँदे माग

मुलुक यतिखेर गम्भीर राष्ट्रिय सङ्कटबाट गुज्रिहेको छ । संविधानसभारव्यवस्थापिका(संसद भङ्ग गरिएको छ । सरकार कामचलाउमा परिणत भएको छ । न्यायपालिका लगायतका संवैधानिक अंगहरु रिक्त हुँदैछन् । राजनीतिक दलहरुको बीचमा राजनीतिक सहमति हुन सकिरहेको छैन । यसले गर्दा मुलुकको राष्ट्रिय सार्वभौमसत्ता गम्भीर सङ्कटमा परेको छ । महङ्गी, भ्रष्टाचार, कमिशनखोर, कालाबजारीलगायतका जनजीविकाका समस्याहरु दिनप्रतिदिन झन्(झन् बढ्दै गइरहेको छ । अतः राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तपसिलका सवालहरुबारे सरकार लगायत सम्बद्ध सरोकारवाला पक्षहरु सबैको ध्यान आकृष्ट गरी अविलम्ब सम्बोधन गर्न निम्न मागहरु प्रस्तुत गरिएको छ ।

राष्ट्रियता

१.    सन् १९५० को नेपाल भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरी राष्ट्रिय सहमतिका आधारमा नयाँ सन्धि सम्झौता गरियोस् ।

२ .   सन् १९६५ को नेपालको राष्ट्रिय हित प्रतिकूलको सुरक्षा सम्बन्धी सन्धि खारेज गरी नेपालको राष्ट्रिय सुरक्षा नीति अनुरुप नयाँ सन्धि गरियोस् ।

३ .      एकीकृत महाकाली सन्धि खारेज गरी सीमा नदीको मान्यता र समान हितका आधारमा नयाँ सम्झौता गरियोस् ।

४ .      नेपाल(भारत खुल्ला सीमा नियन्त्रित र व्यवस्थित गरियोस् । नेपालतर्फ गरिएको सीमा अतिक्रमण तत्काल रोकी मिचिएको सम्पूर्ण भूभाग नेपाललाई फिर्ता गरियोस् ।

५ .     नेपाल(भारत सिमावर्ती क्षेत्रमा भारतले एकपक्षीय ढंगले बाँध तथा तटबन्धहरु निर्माण गर्ने कार्य बन्द गरियोस् । एकपक्षीय ढंगले निर्माण गरिएका लक्ष्मणपुर, महली सागर र रसियावाल(खुर्दलोटन बाँधबाट नेपालतर्फ भएको क्षतिको क्षतिपूर्ति लिइयोस् ।

६ .     तराई मधेश लगायत भारतसँगको सिमाक्षेत्रका जनतामाथि हुँदै आइरहेको लुटपाट, अशान्ति, असुरक्षा, हिंसा र आतंकको अन्त गरी जनधनको सुरक्षाको सुनिश्चित गरियोस् । नेपाली भूमिमा अनाधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुको प्रवेश रोकियोस् ।

७ .     भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल भित्र चल्न रोकियोस् ।

८ .      नेपाल भित्रका रोजगारका सबै क्षेत्रमा नेपाली कामदारलाई प्राथमिकता दिइयोस् । विशेष सीप र अवस्थामा विदेशी कामदार लगाउँदा वर्क परमिटको व्यवस्था गरियोस् ।

९ .     नेपालको उद्योग व्यापार र वित्तीय क्षेत्रमा रहेको एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरियोस् ।

१० .     आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नेगरी भन्सार र करनीति तय गरी लागू गरियोस् ।

११ .      साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त गरियोस् । सबै प्रकारका हिन्दी र अंग्रेजी छाडा सिनेमा, भिडियो र पत्रपत्रिका आयात र विक्री वितरणमा रोक लगाइयोस् ।

१२ .      मिडियामा विदेशी लगानी तत्काल बन्द गरियोस् ।

१३ .      ल्न्इरक्ष्ल्न्इ को नाममा देशभित्र साम्राज्यवादी विस्तारवादी घुसपैठको अन्त गरियोस् ।

१४ .      भारतीय दूतावासले पाँच करोडसम्म सहयोगका नाममा सिधा लगानी गर्ने व्यवस्था खारेज गरी नेपाल सरकारमार्फत् गरियोस् ।

१५ .      विदेशी दूतावास र क्ष्ल्न्इ ले संघरसंस्थालाई सिधै आर्थिक लगानी गर्ने व्यवस्थालाई अविलम्ब खारेज गरी नेपाल सरकारमार्फत् गर्ने व्यवस्था गरियोस् ।

१६।    नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने तथा अमानवीय रुपमा महिला तथा मानव बेचविखनलाई रोक्न तदारुकता अपनाउने र दोषी माथि कडा कारबाही गरियोस् ।

१७।    नेपालका राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोतबारे गरिने सन्धि सम्झौता संविधानतः व्यवस्थापिका संसदको दुईतिहाई बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था विपरीत गरिएका जलस्रोत सम्बन्धी सन्धि सम्झौताहरुका साथै निजी कम्पनीहरु मार्फत कम्पनी ऐनको दुरुपयोग गरी गरिएका सम्झौताहरु सबै खारेज गरियोस् ।

१८ .     नेपालीले लगानी गरी सञ्चालन गर्नसक्ने जलविद्युत आयोजनाहरु नेपाल स्वयंले संचालन गरियोस् । ठूला लगानीका जलविद्युत आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनु पर्ने भएमा राष्ट्रिय सहमति कायम गरी ग्लोबल टेन्डर गरेर विद्युत र पानीको समेत प्रयोग मूल्याङ्कन गरी सम्झौता गरियोस् ।

१९ .      नेपालको संविधान २०६३ धारा १५६ ९घ० को प्रावधानलाई छलेर गरिएको अपर कर्णाली र अरुण(३ सम्झौता खारेज गरियोस् ।

२० .     राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र  विकास गर्ने नीति विपरित भारतसित गरिएको विप्पा सम्झौता खारेज गरियोस् ।

२१ .     नेपाल सरकारले ल्याएको राष्ट्रिय हित प्रतिकूलको नागरिकता प्रमाणपत्र वितरण सम्बन्धी निर्णय खारेज गरियोस् । वास्तविक नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित नगरियोस् ।

२२ .     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत १५ वटा विमानस्थलको व्यवस्थापन भारतीय निजी कम्पनीलाई दिने निर्णय तत्काल खारेज गरियोस् । त्रिभुवन विमानस्थलको अध्यागमन जस्तो सम्वेदनशील क्षेत्रलाई भारतीयलाई दिने समझदारी खारेज गरियोस् ।

२३ .    प्राकृतिक प्रकोपसित सम्बन्धित भनेर अमेरिकी सेना प्रवेश गराउने प्रस्ताव अस्वीकार गरियोस् ।

२४ .      नेपाललाई आधार बनाएर गरिने चीन विरोधी सम्पूर्ण गतिविधिमाथि कडा नियन्त्रण गरियोस् ।

२५ .      गोर्खा भर्ती केन्द्र खारेज गरी सम्पूर्ण युवाहरुलाई देशभित्र नै रोजगारको सुनिश्चित गरियोस् ।

२६ .    राष्ट्रिय हित प्रतिकुलको विदेशी लगानीलाई नियन्त्रण गरियोस् । विशेष आर्थिक क्षेत्र कार्यक्रमलाई परिवर्तन गरी राष्ट्रिय हित अनुकूलको बनाइनुपर्ने । ध्त्इ सँग सम्बन्धीत नेपाल पक्ष बनेका  सन्धि सम्झौताहरुको पुनरावलोकन गरी नेपालको राष्ट्रिय स्वाधीन अर्थतन्त्रको प्रतिकुल हुनेगरी गरिएका सम्झौताहरुमा नेपालले रिजर्बेसन राखियोस् ।

२७ .      नेपालका मन्त्री तथा सरकारी पदाधिकारीहरुले नेपालको राष्ट्रिय हित प्रतिकुल हुनेगरी विदेशीले राखेका जस्तोसुकै शर्तहरुमा पनि हस्ताक्षर गर्ने प्रवृत्तिलाई अविलम्ब बन्द गरियोस् ।

२८ .      नेपाललाई उजाड र डुबानमा पार्ने चुरेलगायतका क्षेत्रबाट गिट्टी र बालुवा भारत पैठारी गर्ने कार्य तत्काल बन्द गरियोस् ।

जनतन्त्र

२९ .      जनताको संघीय गणतन्त्र नेपालको संविधान निर्वाचित जनप्रतिनिधिहरुले लेख्ने व्यवस्था सुनिश्चित गरियोस् । राष्ट्रिय पहिचान सहितको संघीयता र राज्यका सबै अङ्गहरुमा पूर्ण समानुपातिक समावेशीताको सुनिश्चित गरियोस् ।

३० .     राष्ट्रिय सहमतिबाट नेपालको राष्ट्रिय सुरक्षा नीति बनाइयोस् । नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाली सेनाको लोकतान्त्रिकीकरण गरियोस् ।

३१ .     संघीय गणतन्त्रको मर्म अनुरुप हुनेगरी प्रशासन, सुरक्षा र न्यायपालिका सबैको पुनःसंरचना गरियोस् ।

३२ .      व्यवस्थापिका संसदबाट पारित हुन नसक्ने विवादित विषयमा ल्याइएका अध्यादेशहरुको कार्यान्वयन नगरियोस् । कामचलाउ सरकारले अध्यादेशबाट सत्ता चलाउने अलोकतान्त्रिक अभ्यासको तत्काल खारेज गरियोस् ।

३३ .      महान जनयुद्धका शहिद परिवारलाई एकमुष्ट राहत र रेखदेखको व्यवस्था गरियोस् ।

३४ .      महान जनयुद्धमा सर्वसाधारण जनता र माओवादी कार्यकर्ताको घर र सम्पत्ति क्षति गरिएकोमा त्यसको उचित क्षतिपूर्ति दिइयोस् ।

३५ .      महान जनयुद्धमा वेपत्ता पारिएकाहरुको खोजी गरी सार्वजनिक गर्न तत्काल आयोग बनाइयोस् र दोषीमाथि कडा कारबाही गरियोस् ।

३६ .      घाइते अपाङ्गलाई उचित राहत, उपचार र रेखदेखको व्यवस्था गरियोस् ।

३७ .     ूअयोग्य लडाकुू भनी शिविरबाट निकालिएका बहिर्गमित जनमुक्ति सेनाका सदस्यहरुको मागलाई अविलम्ब पुरा गरियोस् ।

३८ .      महान जनयुद्धमा पार्टीको आहृवानमा जागिर छोडेका सेना प्रहरीलाई पूनर्बहाली गरियोस् ।

३९ .      जनयुद्धलाई सहयोग समर्थन गरेको आरोपमा बर्खास्त गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीहरुलाई स(सम्मान पुनर्बहाली गरियोस् ।

४० .     जनयुद्धको प्रकृयामा जमिन जोत्नेको नीति अन्तरगत जग्गा जमिनको भोगचलन गरेका भूमिहीन किसानहरुलाई उनीहरुका नाममा जमिनमाथिको स्वामित्व कायम गरियोस् ।

४१ .      जनयुद्धकाल र त्यसयता राजनैतिक प्रतिशोधले लगाइएका सबै मुद्दाहरु खारेज गरियोस् ।

४२ .      दलितमाथि हुने भेदभाव र छुवाछुतलाई गैरकानूनी अपराध मानी कडा कारवाही गरियोस् ।

४३ .     सबै भाषा(भाषीलाई समान अवसर र सुविधा प्रदान गरी उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरियोस् । लोपोन्मुख भाषा, गीत, संगीत र संस्कृतिको संरक्षण र सम्वर्द्धन गरियोस् ।

४४ .     वाक तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गरियोस् । सरकारी सञ्चार माध्यमहरु पूर्ण रुपले स्वायत्तताको व्यवस्था गरियोस् ।

४५ .      बुद्धिजीवी, साहित्यकार, कलाकार र साँस्कृतिककर्मीहरुको प्राज्ञिक स्वतन्त्रता ग्यारेण्टी गरियोस् ।

जनजीविका

४६ .      सम्पूर्ण जनतालाई रोजगारको व्यवस्था गरियोस् । बेरोजगारलाई बेरोजगार भत्ताको व्यवस्था गरियोस्

४७ .      अन्तरिम संविधान २०६३ अनुरुप शिक्षा, स्वास्थ्य, रोजगार र खाद्य सम्प्रभुतालाई जनताको मौलिक अधिकार व्यवहारतः लागू गरियोस् । आवासको अधिकारलाई पनि मौलिक हकको रुपमा व्यवस्था गरियोस् ।

४८ .      कक्षा १२ सम्म सबै क्षेत्रमा निःशुल्क र अनिवार्य शिक्षा नीति लागू गरियोस् । शिक्षामा भएको निजीकरण र व्यापारिकरण बन्द गरी शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिने व्यवस्था गरियोस् । वैज्ञानिक, व्यवहारिक, देशभक्तिको भाव बढाउने शिक्षा नीति र पाठ्यक्रमको व्यवस्था गरियोस् ।

४९ .      मुटुरोग, मृगौलारोग, क्यान्सर जस्ता घातक रोगको उपचार सम्पूर्ण रुपले राज्यले दायित्व बहन गर्ने व्यवस्था गरियोस् ।

५० .      सुकुम्बासीको व्यवस्थित बसोबास र रोजगारको व्यवस्था गरियोस् ।

५१ .     प्रशासनिक, औद्योगिक र ग्रामीण क्षेत्रमा शिशु स्याहार केन्द्र स्थापना गरियोस् ।

५२ .     सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिहरुको जमिन जफत गरेर भूमिहिन तथा सुकुम्बासीहरुमा वितरण गरी क्रान्तिकारी भूमि नीति लागू गरियोस् ।

५३ .    उद्योग कृषि लगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरुको उचित ज्याला निर्धारण गरी त्यसको कडाइपूर्वक लागू गर्ने व्यवस्था गरियोस् । महिला र पुरुषको समान ज्याला निर्धारण गरियोस् ।

५४ .     सहकारी अभियानमा जोड दिंदै त्यसमा अनुदान दिने व्यवस्था लागू गरियोस् । सहकारीलाई बिना धितो सस्तो र सुलभमा ऋण दिने व्यवस्था गरियोस् । सहकारीबाट उत्पादित वस्तुमा कुनैपनि प्रकारको कर नलगाइयोस् ।

५५ .     कृषि विकास बैंकबाट साना किसानहरुले लिएको ऋण मिनाहा गरियोस् । साना उद्यमी र व्यवसायीहरुलाई समुचित कर्जाको व्यवस्था गरियोस् ।

५६ .      मल, विऊको सस्तो र सुलभ ढङ्गले प्राप्तीको व्यवस्था गरियोस् । कृषि उत्पादनको उचित मूल्य निर्धारण र बजारको व्यवस्था गरियोस् । स्वदेशमै मल कारखाना खोल्ने व्यवस्था तत्काल गरियोस् ।

५७ .      प्राकृतिक प्रकोप, बाढी पीडित र सुख्खाग्रस्त क्षेत्रहरुमा उचित राहत व्यवस्था गरियोस् ।

५८ .     राज्यका सबै निकायहरुमा उत्पीडित वर्ग, जाति, क्षेत्र, दलित र महिलाको समानुपातिक समावेशीताको नीति व्यवहारमा लागू गरियोस् ।

५९ .     काला बजारी र तस्करी गर्नेहरुमाथि कारबाही गरियोस् । बढ्दो महंगी नियन्त्रण गरियोस् र उपभोग्य वस्तुको वितरण सुलभ र व्यवस्थित गरियोस् ।

६० .     कमैया, हलिया, बादी, मुसहरलगायतका समुदायको उचित बसोबास र रोजगारको ग्यारेन्टी गरियोस् ।

६१ .      कृषि, फलफूल, तरकारी, ऊखु, पशुपंक्षी, माछा, दुध लगायतका स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने र त्यस्ता वस्तुको आयातमा नियन्त्रणको व्यवस्था गरियोस् ।

६२ .     कृषि, सिचाई, खानेपानी, स्वास्थ्य र शिक्षामा पर्याप्त बजेटको व्यवस्था गरियोस् ।

६३ .     राजनीति, प्रशासन, न्याय र सुरक्षा निकायमा रहेका बिबादास्पद व्यक्तिहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गरियोस् ।

६४ .      उत्पादन वृद्धि गर्ने र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानीलाई प्रोत्साहन गरी अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गरियोस् ।

६५ .     दुर्गम तथा पहाडी सबै गाउँ र क्षेत्रमा खानेपानी र बिजुलीको व्यवस्था गरियोस् । मोटरबाटो नपुगेका जिल्ला सदरमुकामहरुमा मोटरबाटो पुर्‍याइयोस् ।

६६ .      अनाथ तथा असहाय बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको हकहित, अधिकार र संरक्षणको व्यवस्था गरियोस् ।

६७ .     बाल बिबाह, बहु बिबाह र अनमेल बिबाह जस्ता प्रथालाई नियन्त्रण गरियोस् । दाइजो र तिलक प्रथालाई खारेज गरियोस् ।

६८ .     छोरीलाई छोरा सरह पैत्रिक सम्पत्तिमाथिको हकलाई व्यवहारतः लागू गरियोस् ।

६९ .  बोक्सा, बोक्सी जस्ता रुढिवादी प्रथालाई कडा कानुन बनाई नियन्त्रण गरियोस् ।

७० .    बहुमूल्य जडिबुटीको सही व्यवस्थापन, मूल्य निर्धारण तथा बजार र यातायातको व्यवस्था गरियोस् ।

Monday, September 3, 2012

१९ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक अहिले जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा पार्टीको आगामी महाधिबेशनमा प्रस्तुत गर्ने प्रतिवेदनको तयारी, नियुक्त गर्न बाँकी महाधिबेशन प्रतिनिधिको नियुक्ति लगायत बिषयमा छलफल भईरहेको छ ।
पार्टी भित्र महाधिबेशन समितिमा आफूहरुको सम्मानजनक सहभागीताका नभएको भन्दै मधेसी नेताहरुले भने असन्तुष्टि जनाउँदै आएका छन् ।
माओबादीले महाधिबेशनमा प्रस्तुत गर्ने प्रतिबेदन बनाउन पदाधिकारीलाई जिम्मेवारी दिएको छ । बैठकमा आज दिउँसो सत्तारुढ गठबन्धनले गर्ने अन्तरक्रिया र समसामयिक राजनीतिक बिषयमासमेत छलफल गरिने माओवादीले जनाएको छ ।
अध्यक्ष रुद्र भट्ट  र कोषाध्यक्ष बुद्धिमान शाक्यनलाङ
 काठमाडौं भाद १८ । छुट्टा–छुट्टै ठाउँमा भएको नलाङ र कटुञ्जे –काठमाडौ गणतान्त्रिक सम्पर्क समन्वय समितिको भेला शनिवार  सम्पन्न भएको छ । ताहचल क्याम्पस मा भएको धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च नलाङ समन्वय समितिको भेला र बालाजुमा सम्पन्न कटुन्जे–काठमाडौ गणतान्त्रिक मञ्चको प्रथम भेला उद्घाटन गदै नेकपा माओवादीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य पुष्पविक्रम मल्लले पार्टी फुटाएर मोहन वैद्य पक्षले सहिद, बेपत्ता घाइते र मजदुर किसान तथा आम सर्वहारावर्गलाई धोका दिएको बताउनु भएको थियो ।
भेलाले रुद्र भट्ट सुरेस अध्यक्ष रहने गरी १३ सदस्यीय धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च नलाङको नयाँ कार्यसमितिको गठन गरिएको छ । नव–गठित कार्यसमितिको उपाध्यक्षमा ओमनारायण श्रेष्ठ, सचिवमा पुर्णप्रसाद सिंखडा, सह–सचिव रेकमान तामाङ र कोषध्यक्षमा बुद्धिमान शाक्य चयन हुनुभएको छ । कार्यक्रमको अवसरमा महाधिवेशन आयोजक समितिका सदस्य बेदनिधि अधिकारी, धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष गणेश रेग्मी, संगठन विभागका संयोजक बद्रि नेपाल, लगायतको आतिथ्य रहेको थियो ।
यसैगरी धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च कटुञ्जे समन्वय समितिको प्रथम भेला भेलाले डम्मर अधिकारी अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना श्रेष्ठ, सचिव अमित धमला र कोषध्याक्ष मदन श्रेष्ठ रहेका छन् । कार्यक्रमको अवसरमा एकीकृत नेकपा माओवादी तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्यद्वय आकाश शर्मा र सोम्बोले तामाङ, जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Monday, August 27, 2012

धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लाका नेताहरुको कार्यविभाजन समेत गरेको छ । जसमा क्षेत्र नं.१मा रामबहादुर भण्डारी, क्षेत्र नं २ मा कल्पना धमला र क्षेत्र नं. ३ मा उत्तम कडेललाई संयोजक तोकेको छ । गाउँ सम्मेलनहरु सरलिकृत पार्न जिल्लालाई १३ वटा ईलाकामा विभाजन गर्दै ईलाका संयोजकहरुको समेत ठोस गरेको छ । जिल्ला संचार, प्रकाशन र स्कुलिङ जिल्ला संयोजक पुष्पविक्रम मल्ल रहने गरि आर्थिक व्यवस्थापन समितिमा पुष्पविक्रम मल्ल, बेधनीधि अधिकारी र कल्पना धमला रहेको समिति समेत बैठकले ठोस गरेको छ । बैठकका प्रमुख अतिथि आहुतीले पार्टी नयाँ बनेको बताउँदै सबै नेता कार्यकताहरु रुपान्तरण हुन निर्देशन दिनु भयो ।
बैठकमा सहभागिहरुलाई प्रशिक्षण दिदै उहाँले पार्टी नेतृत्वमा  गुट–उपगुटको अत्य भैसकेकोले जिल्लामा पनि पार्टीले क्षमता र योगदान हेरेर जिम्मेवारी दिइने बताउनु भएको थियो । बैठकमा ताम्सालिङ राज्य समिति सम्मेलन आयोजक सदस्यहरु हितबहादुर तामाङ, गंगा नारायण श्रेष्ठ, केशव नेपाल, धावा लामा, वेधनीधि अधिकारी, कल्पना धमला  देवि खड्का, लगायतको अतिथ्यता रहेको थियो ।
जिम्मेवारी हेर फेरमा को कहाँ परे
१. संयोजन– रामबहादुर भण्डारी, क्षेत्र नं. १ सह–– राजु नेपाल
२. संयोजन– कल्पना धमला, क्षेत्र नं. २ सह– विजय बुर्जाकोटी
३ संयोजन– उत्तम कडेल, क्षेत्र नं. ३
इलाका अन्तर्गत
१. संयोजन– राम सिंह, लापा, सेर्तुङ् तिप्लिङ र झार्लाङ
२. संयोजन– वीरबहादुर तामाङ गुम्दी, रि, दार्खा र सत्यदेवि
३. संयोजन– रामबहादुर थापा,  फुलखर्क र गुम्दी
४. संयोजन होमबहादुर ढकाल  बसेरी र बुढाथुम
५. संयोजनः सुशिला थापा सल्यानकोट, आगिञ्चोक, त्रिपुरेश्वर र सल्यानटार
६. संयोजनः अक्कलबहादुर तामाङ  मार्पाक सेमजोङ
७. संयोजनः आकाश शर्मा संयोजक धुँवाकोट, कटुञ्जे
८. संयोजनः गणेश तिवारी  चैनपूर, खरी, ढोला, मुरलीभञ्ज्याङ
९. संयोजनः राम ढकाल   साँङकोस र ज्यामरुङ
१०. संयोजनः प्रमोद पोखरेल  खाल्टे, सुनौलाबजार र कल्लेरी
११. संयोजनः भरत कोइराला गोगनपानी र केवलपूर
१२. संयोजनः दिपक विश्वकर्मा ः नलाङ , सलाङ, कुम्पुर मैदी
१३. संयोजनः रामबहादुर तामाङ  छत्रेदेउराली
१४. संयोजनः राजन रेग्मी नौविसे
१५. संयोजनः दिपक लामिछाने  जिवनपूर, थाँक्रे,भुमेस्थान र तसर्फु
१६. संयोजनः धुर्व सुवेदी, गजुरी, बैरेनी, पिडा र किराञ्चोक
१७. संयोजनः विनोद सिलवाल धुसा, बेनिघाट, जोगिमारा र महादेवस्थान
१८.  संयोजनः जिल्ला कार्यालय ः विनोदवाबु रिमाल
१९. संयोजन ः सृजना रिजाल नीलकण्ठ
 
धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत निर्णयहरु गर्दै नेताहरुको कार्य विभाजन समेत गरेको छ । जिल्ला समितिदेखि सेल सम्मका बैठक भेलालाई सातौ विस्तारित बैठकले पारित गर्दै वैचारिक राजनैतिकलाई मुल स्पिरिटद्धारा प्रशिक्षित गरी सिँगै पार्टी पंक्तिलाई नयाँ उचाईमा पु¥याउने संकल्प पनि तामसालिङ सम्मेलन आयोजक समितिको पूर्ण वैठकले गरेको बताइएको छ ।। 
जस अन्तर्गत एमाओवादीले भाद्र ५ गते ताम्सालिङ राज्यभित्र रहेका सम्पूर्ण जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु र जिल्ला सल्लाहकारहरुलाई केन्द्रीय कार्यालयको उपस्थितिमा बैचारिक राजनैतिक प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणमा धादिङबाट २ सय भन्दा बढी जिल्ला नेताहरु सहभागी  थिए ।
पूर्ण बैठकले तामसालिङ राज्य भित्र पर्ने धादिङ, नुवाकोट, रसुवा, कार्भे, चितवन, दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाहरुमा सम्मेलन आयोजक समितिको ठोस  कार्यविभाजन समेत गरेको बुझिएको छ । जसमा जनमुक्तिमार्ग साप्ताहिकले प्राप्त गरेको  श्रोतका अनुसार धादिङ क्षेत्र नं. १ का पूर्व सभाषद एवम् पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज  पुष्पविक्रम मल्ललाई राज्यकार्यालय, धादिङ सम्मेलन आयोजक समितिको संयोजक र वुद्धिजीवि इन्चार्जको जिम्मेवारी ठोस गरेको  छ । त्यसै गरी पूर्व केन्द्रिय सदस्य तथा राष्ट्रिय महादिवेशन आयोजक समितिका सदस्य वेदनीधि अधिकारीलाई राज्य सम्मेलन  प्रमुख आयुक्त रहने गरी ठाकुर ढकाल र दिनानाथ गौतम रहेको राज्य निर्वाचन आयोग गठन गरेको छ । यसै गरि महिला, दलित र आधारभूत वर्गबाट आएका कार्यकर्ताको संरक्षण र विकासका लागि योजना बनाउन  विश्वभक्त दुलाल ‘आहुति’ को संयोजकत्वमा मीना तामाङ ‘रञ्जिता’ र  उमा देवकोटा ‘सामना’ रहेको कार्यदल पनि बनाएको छ ।
उता पूर्वमन्त्री समेत रहनु भएकी तथा धादिङ क्षेत्र नं. २ की पूर्व सभासद कल्पना धमलालाई भुगोल धादिङ  र राज्य स्तरीय विद्यार्थी र कानुन इन्चार्जको जिम्मेवारी समेत ठोस गरेको माओवादी श्रोतले बताएको छ । जनवर्गीय जिल्ला संगठन समितिलाई भंग गरी  त्यसलाई जवस समन्वय समितिमा रुपान्तरण गर्ने  निर्णय समेत गरेको छ । प्रायस सवै संगठन र मोर्चाहरु भंग भएको जानकारी गराएको उक्त राज्य सम्मेलन आयोजकको पूर्ण बैठकमा  सांस्कृतिक मोर्चा जिल्ला संगठन समिति हाललाई कायम राखी तत्कालै केन्द्रसँग परामर्श गरी राज्य कार्यालयले आवश्यक निर्णय लिने बताएको थियो ।
विभिन्न जवस र मोर्चाहरुको जिल्ला सम्मेलनको योजना जिल्ला सम्मेलन आयोजक समितिले र राज्य सम्मेलनको योजना राज्य कार्यालयले जवस र मोर्चाका केन्द्रीय योजनासँग मिलान गरी गर्ने । नेताहरुको कार्य विभाजन गर्दै अत्यन्त महत्वपूर्ण योजना बनाएको बताएकोे छ । राज्य सम्मेलन समितिको पूर्ण बैठक पछि धमाधम जिल्ला सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । जस अन्तर गत भाद्र ७ गते रसुवा ८ गते नुवाकोट र भाद्र १० गते धादिङको सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको थियो । त्यसैगरी     चितवन भाद्र ११ गते मकवानपुर भाद्र १२ गते सिन्धुली, १३ गते काभ्रे १५ गते सिन्धुपाल्चोक १६ गते दोलखा १७ गते रामेछापमा १८ गते सम्पन्न हुने एकीकृत माओवादीले बताएको छ ।

Monday, August 20, 2012

जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । बेपत्ता भएकाहरुको स्थानीय प्रहरीहरुको सहायतामा खोजि कार्य जारी रहेको छ ।
धादिङबेसी  भाद्र ४। जिल्ला विकास समिति धादिङ यतिबेला विवादमा मुछिएको छ । दलहरुको सहमति र सहकार्यमा सर्वदलिय संयन्त्र मार्फत संचालन हुँदै आएको विविस धादिङमा कर्मचारीतन्त्र हावि हुदै गएकोले जिविस र दलहरुको दुरी बढ्दै गएको दलहरुले आरोप लगाउने गरेका छन् ।
जिल्लामा क्रियाशील एमाले, काँग्रस बाहेकका दलले केहि हप्ता अघि जिविस प्राङ्गणमै एक कार्यक्रम गरी स्थानिय विकास अधिकारी,  प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको मिलेमतोमा जिल्लामा अनियमिता हुने गरेको सार्वजनिक गरेका थिए । स्थानीय विकास अधिकारी इन्दु घिमिरेले सदरमुकाम रिङ्रोड बनाउन छुट्टयाएको १६ लाख आफ्नो मनोमानी खर्च गरेको उनीहरुको आरोप थियो ।
आरोपसँगै रुष्ट बनेको जिविसले आर्थिक वर्ष २०६८/०६९ मा भए गरेका काम कार्वाहीका विषयमा वार्षिक समिक्षा कार्यक्रम आयोजना ग¥यो तर । अतिथ्यताकोे लगि पठाएकोे पत्रमा २०६७/०६८ सालको उपस्थितिको लागि पाठाइएको इन्दु घिमिरेको हस्ताक्षर रहेको पत्र यस्तो थियो वार्षिक समिक्षा वैठक भएकाले ०६८ श्रावण २९,३०र३१ लाई उपस्थितिको लागि अनुरोध गरिएको थियो । १ वर्ष अघिको मिति राखेर उपस्थिति हुन पत्र पठाउने जिविसले कसरी सकोस कार्यक्रम गर्न यस्तो गम्भीर त्रुटीका गर्न मिल्छ जिविसले  ?   जिविसका कर्मचारीको गम्भीर गल्तीलाई आँखा चिम्लेर सदर गर्ने स्थानीय विकास अधिकारी घिमिरेले दलहरु बीच सहमति बेगर नै  समिक्षा बैठक आयोजना गर्नु भएको नकार्न सकिन्न ।  उद्योग वाणिज्य संघको सभाहलमा समिक्षाका लागि पुगेका राजनीतिक कर्मी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरु हलमा प्रवेस गरि सके  पछि एकीकृत माओवादीले वार्षिक समिक्षा  दलहरुबिच छलफल नै नगरि  आयोजना गरिएको भन्दै स्थिगत गर्न भने पछि वैठक स्थानीय विकास अधिकारी इन्दु घिमिरेले स्थगित गर्नु भएको थियो । श्रावण २९, ३० र ३१ गते गर्ने भनिएको समिक्षा बैठक किन स्थगित भयो यस विषयमा एकिकृत माओवादी धादिङका रामबहादुर भण्डारीले एलडिओ इन्दु घिमिरेले दहरुबीच छलफल नै नगरी समिक्षा वैठक राखिएकोले पहिले नै छलपछि मात्र समिक्षा वैठक  राख्न भनेका थियौं तर, घिमिरे मान्नु भएन र कार्यक्रम स्थल नै पुगेर स्थागित गराएका हौं  । तत्काल ग्रमीण सडक मर्मत गर्ने र भाद्र १० गते पहिले ग्रामिण सडकमा यातायात संचालन गर्ने सहमति जिविसले कार्यान्वयन गरेको छैन । जिविसको काम कार्वाहीको विषयमा दलहरु र जिविसबीच बसेर आत्म समिक्षा नै नगरी कसरी हुन्छ खुल्ला समिक्षा ? भन्डारीले भन्नु भयो । अब समिक्ष वैठक कहिले हुन्छ जिज्ञासा राख्न जिल्ला बाहिर हुनुभएकोले इन्दु घिमिरेलीई फोन सम्पर्क गर्ने कोसिस ग¥यौं । दुई दिनको प्रयास पछि बल्ल घिमिरेले फोन रिसिभ गर्नु भयो तर, विरामी भएको ले पछि कुरा गर्ने बताउँदै फोन राख्नु भयो । त्यसपछि योजना अधिकृत जनकराज शर्मा र जिल्ला प्रमुख इन्जिनियर गुरुप्रसाद शर्मालाई भेट्ने सम्पर्क पनि उहाँहरु जिल्लाबाहिर रहनु भएकोले सफल भएनौं ।  अब कहिले हुन्छ २०६८/०६९को वार्षिक समिक्षा  अन्यौल नै छ ।

Sunday, August 19, 2012


काभ्रे, भदौ ३ नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टीका सभापति सुशील कोइरालाकै कारण पार्टीमा विवाद बढेको अरोप लगाएका छन् । उनले कोइरालाको तानाशाह प्रवृतिका कारण पार्टी एक हुन नसकेको बताए ।  कोइरालाले आफ्नो पक्षलाई पेलेर आफूअनुकूल निर्णय गराउँदै आएको देउवाको आरोप छ । 
आज धुलिखेलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीभित्र उत्पन्न विवादको मूख्य जड सभापति कोइराला नै भएको आरोप लगाएका हुन् । सभापतिले हरेक निर्णय पार्टी विधि र विधानविपरीत एकलौटी रुपमा गरिरहेको दाबी पनि देउवाले गरे । ‘हामीले त्यसविरुद्ध आवाज उठाएका हौ । सभापतिले नै विधि र विधान नमाने अरु कसले मान्छ ?’ कोइरालाप्रति आक्रामक हुँदै देउवाले भने । सहमतिबाट मात्रै पार्टी एक ढिक्का हुने भएकाले पार्टीलाई एकढिक्का बनाउने काममा लाग्न पनि उनले कोइरालालाई आग्रह गरे । 
 
अर्को एक फरक प्रसंगमा उनले मुलुकलाई संकटबाट मुक्ति दिलाउन राष्ट्रिय सहमतिको विकल्पमा जोड पनि दिए । केही दिनका लागि भएपनि संसद पुर्नस्थापाना गरी कानुनमा आवश्यक संसोधन गरेर निर्वाचानमा जानुपर्ने देउवाको भनाइ छ । 

Thursday, August 16, 2012

 ३२ साउन, एजेन्सी । नेपालबाट झण्डै एक घण्टामा लण्डन पुग्न सक्ने गरी निर्माण गरिएको अमेरिकि द्रुत गतिको हाइपरसोनिक जेट वेबराइडर विमान परीक्षण असफल भएको छ । अमेरिकाको यो महत्वाकांक्षी बिपान पाँच हजार सात सय ९५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा उड्ने भनिएको थियो ।

मानवरहित उक्त विमानलाई ध्वनिको गतिभन्दा ६ गुणा बढी रफ्तारमा उडान भर्नका लागि तयार गरिएको अमरिकि नौसेनाले बताएको थियो । मुख्यत सैन्य प्रयोजनकै लागि निर्माण गरिएको यस बिमान परीक्षणका दौरान पंखामा समस्या देखिएपछि दुर्घटनाग्रस्त भई समुद्रमा खसेको अधिकारीहरूको भनाइ छ ।

अमेरिकी वायुसेनाका अनुसार उडान सुरु गरेको १४ सेकेन्डमै विमान दुर्घटनाग्रत भएको हो ।
जेपी गुप्ताको मन फुरुङग भयो होला डिल्लीबजार कारागारमा। चिरञ्जीवी वाग्लेको जेल बसाई सकेपछी उनी एक्लीएका थिए। सर्वोच्च अदालतले खुमबहादुर खड्कालाई भ्रष्ट ठहरगरेपछी अब उनले साथी पाउने पक्का भएको छ। सायद, मंगलवारनै उनले खुमबहादुरका लागी कोठा सफा गराइसके होलान्। किनकी खुमबहादुरले पनि जेल जीवनका लागी पक्कै डिल्लीबजारनै रोज्ने छन्।
जेपी डिल्लीबजार पुग्दा त्यहाँ रहेका चिरन्जीवी वाग्लेले स्वागत गर्दै चिन्ता गर्नुपर्दैन, सबै ठिक हुन्छ भन्दै सान्त्वना दिएका थिए। त्यसैगरी खड्कालाई सान्त्वना दिन उनको मुख चिलाइरहेको होला पक्कै।
भ्रष्ट ठहर भएर जेल जाँदा जेपी गुप्ता मधेसी जनअधिकार फोरम गणतान्त्रिकको अध्यक्षको हैसियतमा भएपनी भ्रष्टाचार गर्दाताका उनी खड्कासँगै कांग्रेसमै थिए। त्यो बेला जेपी भन्दा खड्काकै बोलबाला थियोनै। त्यसैले विगतको सल्यक्रृया गर्न यि दुबै नेताका लागी उपयुर्क्त थलो बन्ने भएको छ डिल्लीबजार।
भ्रष्ट ठहर भएसँगै यि दुबैकोर राजनीतिक यात्रामा समेत पूर्णविराम लागेको छ। नेपालको सामाजिक मर्यादा त यस्तै हो। यि दुबै जेलबाट बाहिर निस्किएपछी पछाडि हेर न भ्रष्ट भनेर कुरा काटेपनी अगाडि शिर निहुराएर नमस्कार गर्नेहरुको संख्या पक्कै कम हुनेछैन। किनकी सर्वोच्चले जति सम्पत्ति जफत र जरिवाना गराएको छ त्यो तिर्दा खड्का र गुप्ता जस्ताको आर्थिक हैसियत पक्कै कमजोर हुनेवाला छैन।
गुप्ता र खड्का भ्रष्ट ठहर हुँदा सुरक्षा संगठनभित्रको प्रभाव भने अली भिन्न छ नै। गुप्ता भ्रष्ट ठहरहुँदा प्रहरी संगठनभित्र त्यत्ति चासो थिएन। तर, खड्का भ्रष्ट ठहरहुँदा धेरै प्रहरी अधिकृतको मन कुँडियो पक्कै। धेरैको आँखा रसाए पक्कै। गृहमन्त्रीकालताका आफ्ना धेरै अन्ध समर्थकलाई उनले प्रहरीको बर्दी लगाइदिएका थिए। त्यो गुन उनीहरुले अहिलेसम्म पक्कै विर्सिएका छैनन्।
त्यसमा पनि थप पाँच रुप्पेको टिकट टाँसेर निवेदन दिएको भरमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर पाएको ठुलो हुललाई नेपाल प्रहरीको सदस्य बनाउनमा खड्काको महत्वपूर्ण भुमिका थियो नै। सायद अहिले उनीहरु घरको छानो उडेको अनुभव गरिरहेका होलान्। अहिले मेरो खुमबहादुर दाई भन्दै कतै रोइरहेको आवाज सुनिनपनि बेर छैन।
कांग्रेसभित्रको आन्तरिक राजनीतिको कुरा गर्ने हो भने खड्काको जेल यात्राले संस्थापनपक्षलाई हल्का बनायो। शेरबहादुर देउवापक्षलाई हल्का धक्का पुग्यो नै। त्योभन्दा पनि ठुलो धक्का दरवारियाले पाए। किनकी काँग्रेसभित्र बसेर पनि उनी दरवारलाई बलियो बनाउने अभ्यासमा सक्रिय नै थिए। त्यसैले खड्काको जेल यात्राले राजनीतिक रुपमा काँग्रेसलाई भन्दा पनि दरवारियालाई ठुलो धक्का लाग्यो।
जेपी र खड्कापछी जेल जाने लाइनमा गोविन्दराज जोशि छन्। विशेष अदालतको फैसलाको पुनरावलोनका लागी उनी सर्वोच्च गएका छन् क्यार। तर, अहिले अदालतको तताई हेर्दा उनले भ्रष्ट करार हुनवाट जोगिने छाँटकाँट छैन। बरु सर्वोच्चले चाँडै फैसला सुनाएर यि तीन भाईलाई डिल्लीबजारमा एकै भान्छामा खाने सु–अवसर जुटाएदिए उत्तम हुन्थ्यो।

अख्तियारको चाल

सर्वोच्चले पछिल्लो समय भ्रष्टाचारको मुद्धामा गरेको फैसला सकारात्मक हो। तर , भ्रष्टाचारको मुद्धामा सर्वोच्चले गरेको एकपछी अर्को फैसलाले भ्रष्टाचारमुक्त समाजको निर्माण गर्न जुन सकारात्मक वातावरणको निर्माण हुनुपर्ने हो त्यो हुन सकेको छैन। यहाँ राजनीतिक रुपमा जसको समय सकियो उनै भ्रष्ट घोषित हुने अनी राजनीतिक रुपमा जो अझै बलियो नै छ उ जोगिने संस्कार देखिएको नै छ।
भ्रष्टाचारमा उत्तिकै भागिदार भएरपनि जोगिएकाहरुको उदाहरणका लागी विजयकुमार गच्छदार साक्षी हुन्। यसका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सायद मुलतवीमा रहेको गच्छदारको भ्रष्टाचारको फायल पल्टाउँदा प्रष्ट हुन्छ नै।
अख्तियारले गुप्ता, खड्का, जोशि र वाग्लेझै गच्छदारको भ्रष्टाचारको फायल खडा नगरेको हैन। तर, शक्ति केन्द्र रिझाउन माहिर गच्छदारले प्रत्यक्षशक्तिमा आएको दरवारलाई रिझाएर फाइल मुलतवीमा राख्न लगाउन सफल भएका थिए। अहिलेपनि अख्तियारको स्टोरमा गएर खोतल्ने हो भने त्यो फाइल पक्कै भेटिन्छ नै।
राज्यसत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार भएको तथ्यहरु छाताछुल्ल भएपनी एकिकृत माओवादीको चर्तिकलाप्रति अख्तियार पुरै आँखा चिम्लिएर बसिरहेको छ। अख्तियारको अनुसन्धान दायरामा पर्न कसैले उजुरी गरिराख्नु पर्दैन। सार्वजनिक रुपमा चर्चाका आएका वा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयलाई पनि अनुसन्धानको दायरामा ल्याउन पाउने अधिकार छ अख्तियारको।
भ्रष्टाचारको विषय माओवादीभित्र छाताछुल्ल भएर पार्टीले अनुसन्धान गरिरहेको छ। उजुरीका ओइरोपनि लागेको छ। सबैभन्दा धेरै उजुरी पुष्पकमल दाहालविरुद्ध छ अरे। उनी पूर्व प्रधानमन्त्री हुन्। सार्वजनिक पद धारण गरेका ब्यक्तिका बारेका अनुसन्धान गर्ने अधिकार राख्ने त्यही अख्तियार भने यो प्रकरणमा आँखा चिम्लिएर बसेको छ।
राज्यले माओवादी लडाकुका लागी दिएको रकमको हिनामिनाको तथ्यहरु छरपष्ट हुँदापनि अख्तियारका सचिव भगवती काफ्ले समुहको कानभित्र छिरेन। डिआइजीवाट एआइजीमा बढुवाहुँदा गृहमन्त्री विजयकुमार गच्छदारले डेढ करोड पैसा लिएको तथ्य प्रहरी संगठनभित्रका जिम्मेवार अधिकृतले सार्वजनिक गर्दा समेत उसले छानवीन गर्ने जाँगर चलाएन।
ट्राफिक प्रहरी महाशाखामा हाकिम भएकाहरुले कतै कानुनमा उल्लेख नभएको विषयमा १० वर्षदेखी पैसा असुलेर करोडौं भ्रष्टाचार गरेको तथ्य उसकै संगठनको अनुसन्धानवाट पुष्टीगर्दापनि तिनिहरुको हैसियत उस्तै नै छ।
अब यसलाई के भन्ने?
के यिनिहरुलाई पनि जेपी, खड्काको साथी बनाउनुपर्दैन?
यि विषयमा समेत निष्पक्ष छानवीनमार्फत दोषीलाई जेलभित्र कोच्न सकेमा मात्रै भ्रष्टाचार विरोधी सकारात्मक माहौल बन्नेछ। हाम्रो ब्लगडटकमबाट साभार गरिएको

Wednesday, August 15, 2012

धादिङबेसी, ३२ श्रावण । नव गठित ड्यास नेकपा माओवादी धादिङ र उसको भातृ संगठन राष्ट्रिय जनसेवक संगठन आयोजनामा आज धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोरम्भा हत्या काण्ड दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा नेकपा माले धादिङका सचिव राजेन्द्र पौडेल, जनशक्ति पार्टी का नन्दलाल कार्पी लगायतले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रममा ड्यास माओवादीका धादिङ इन्चार्ज शेरबहादुर भण्डारीले ६ वर्ष अघि रामेछाप दोरम्बा हत्याकाण्डको बारे बताउँदै । नेपाली जनताले चाहना गरेको नयाँ नेपाल अहिले को परिस्थि र यी भष्ट्रचारी जनदुष्मनहरुले बनाउन नसक्ने बताउँदै । नव गठित माओवादी जनताको बलिदानी दिन समेत तयार रहेको बताउनु भएको थियो । उहाँले जनयूद्धलाई खिल्ली उडाउँदै कमाउ धन्दामा एकिकृत माओवादी अगाडी बढेकोले आफुहरुले नयाँ माओवादी पार्टी गठन गर्न बाध्य भएको समेत बताउनु भएको थियो । इन्चार्ज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको राष्ट्रिय जनसेवक धादिङका अध्यक्ष सुवास अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
काठमाडौं, साउन ३१ । सत्ता गठबन्धन राजनीतिक दलसहितका केही साना दलहरुले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले बुधबार ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ सार्वजनिक गरेका छन् । 
गत जेठ १४ गते सङ्घीयतासहितको संविधान जारी गर्ने दिशामा दलहरुबीच सहमति कायम हुन नसक्दा संविधान आउन नसकेको भन्दै सत्ता गठबन्धन दलहरुले सङ्घीयता पक्षधरलाई साथमा लिएर गठनबन्धन सार्वजनिक गरेका हुन् । गठबन्धन सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन कसैका विरुद्ध नभई राजनीतिक गतिरोध अन्त्य र सहमति कायम गरेर अगाडि बढ्ने दिशामा केन्द्रित हुने बताए ।  
उनले गठबन्धनबाट नडराउन र नतर्सन सबै राजनीतिक दललाई आग्रह गर्दै मुलुकमा विद्यमान राजनीतिक गतिरोध तोड्नका लागि वर्तमान गठबन्धन बनाइएको जानकारी दिए । ‘यो गठबन्धन कुनै दल र नेता तथा कसैका विरुद्ध होइन र कोही पनि डराउनुपर्दैन,’ अध्यक्ष प्रचण्डले भने–“गठबन्धन मुलुकको विद्यमान राजनीतिक समस्याको समाधानका लागि स्थापना गरिएको छ ।” 
निर्वाचनमा जाँदा वा संविधानसभा पुनःस्थापना गर्दा आम राजनीतिक सहमति कायम गर्नुपर्ने बताउँदै उनले जनताका समस्या सम्बोधन गर्ने नयाँ गठबन्धनको उद्देश्य जोडिएको दाबीसमेत गरे । “एमाओवादी नेतृत्वमा राज्यको अग्रगामी पुनःसंरचना गर्न गठबन्धन बनाएका हौँ,” अध्यक्ष प्रचण्डले भने– “गठबन्धन पूर्ण भएको छैन, अन्य दलहरुलाई पनि गठबन्धनमा आउन अपिल गरिरहेका छौँ, कोही अन्य साथीहरुले पनि गठबन्धनमा आउने वचन दिएका छन् ।”
उनले पहिचानसहितको सङ्घीयता र राज्य पुनःसंरचनाका लागि पनि सङ्घीय पक्षधर शक्तिको गठबन्धन अति आवश्यक भइसकेको उल्लेख गर्दै गठबन्धनमा राजनीतिक दलका साथै नागरिक समाजका अगुवा, अन्य क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरु पनि सहभागी हुने जानकारी गराए । एनेकपा (माओवादी) र मधेसी मोर्चा नेतृत्वको सरकारले शान्ति प्रक्रिया टुङ्ग्याएको र बाँकी काम पनि सम्पन्न गर्ने भन्दै अध्यक्ष प्रचण्डले सङ्घीयता र संविधानमा अन्य दललाई दबाब दिन मोर्चा गठन गरिएको प्रष्ट पारे । 
अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ मा सत्तारुढ र कामचलाउ सरकारलाई समर्थन गर्ने दललगायत अन्य साना दलसहितका २१ दलका अध्यक्षलाई सदस्यको जिम्मेवारी दिइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेपाली जनताको आकाङ्क्षा एमाओवादीको नेतृत्वमा राज्यको अग्रगामी पुनःसंरचना होस् भन्ने रहेकाले गठबन्धन निर्माण गर्न आफ्नो पार्टीले अग्रसरता देखाएको र यसमा चाँडै मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादीसमेत समावेश हुने दाबी गरे । 
प्रधानमन्त्री डा बाबुराम भट्टराई आमन्त्रित सदस्यका रुपमा रहेकाले सो गठबन्धनको प्रवक्ताको जिम्मेवारी पूर्व कानुनमन्त्री पे्रमबहादुर सिंहलाई दिइएको छ । पत्रकार सम्मेलनमा गठबन्धनका प्रवक्ता तथा नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष पे्रमबहादुर सिंहले गठबन्धनको अवधारणा, नीति र कार्यक्रमसमेत सार्वजनिक गरे । उनले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि पहिलो विकल्प संविधानसभाको पुनःस्थापना र दोस्रो विकल्प संविधानसभाको नयाँ निर्वाचनलाई नीति तथा कार्यक्रम बनाइएको जानकारी दिँदै सङ्घीय पक्षधर सबै राजनीतिक दललाई मोर्चामा सहभागी हुन आह्वानसमेत गरे । 
गठबन्धनमा एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस तोकतान्त्रिक पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय सद्भावना पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक प्रजातान्त्रिक समाजवादी दल, नव नेपाल निर्माण पार्टी, सद्भावना पार्टी, नेकपा (माले–समाजवादी), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, जनता दल (युनाइटेड), नेपाल सद्भावना पार्टी, नेपाली जनता दल र स्वतन्त्र पूर्वसभासद् सदरुल मियाँ हक छन् ।

Tuesday, August 14, 2012

काठमाडौं, साउन ३० । सर्वोच्च अदालतले पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवानाको सँजाय फैसला गरेको छ । साथै स्रोत नखुलेको सम्पति जफत गर्ने आदेश समेत दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले ७४ पृष्ठको फैसला सुनाउँदै खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेका हुन् ।  भ्रष्टाचारी ठहर भएपछि खड्काको राजनीतिक जीवनमा औपचारिक रुपमा विराम लागेको छ । नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएको हुनाले उनले अब न निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन्, न अरु कुनै सार्वजनिक पदमा नै बस्न पाउने छन् । अन्तिम अदालतको फैसला हुनाले उनले यसबारे पुनरावलोकन पनि गर्न पाउने छैनन् ।
पटक(पटक मन्त्री हुँदा पदीय दुरुपयोग गरी २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले खड्काको १२ लाख रुपैयाँको मात्र स्रोत नखुलेको र त्यो रकमलाई अवैध भन्नु नपर्ने भन्दै २०६३ साल कात्तिक २९ मा सफाइ दिएको थियो ।
पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि फैसला हुने मिति तोकिएको थियो । विशेषको फैसला नियोजितरूपमा खड्कालाई उन्मुक्ति दिने खालको भनी अख्तियारले २०६३ साल चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएपछि पाँच वर्षपछि मुद्दा फैसला भएको हो । खड्कालगायत तीन दर्जन भ्रष्टाचार मुद्दा २०६३ सालमा दर्ता भए पनि सर्वोच्चमा सुनुवाइ नभई थन्किएका थिए । डेढ वर्षअघि पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशिला कार्कीले खड्काको मुद्दामा विपक्षी ुझगडिया झिकाउनेु आदेश दिएपछि सुनुवाइ सुरु भएको थियो।
फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी गरेका कारण तनाव भएको छ । सर्वोच्च परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वोच्च परिसरमा लागेको भीडका कारण फैसला सुनाउन माइक र लाउड स्पिकरको समेत व्यवस्था गरिएको थियो । तरुण दलले खड्काको विपक्षमा फैसला आए देशैभर आन्दोलन चर्काउने चेतावनी शनिबार आयोजित कार्यक्रममा सार्वजनिक रुपमै दिएका थिए । 
फैसलाको विरोध गर्दै खुमबहादुरका समर्थकले सर्वोच्च अदालत अगाडि दुई ट्याक्सी तोडफोड गरेका छन् । यसै क्रममा तरुण दलका कार्यकर्ताले समाचार दैनिकको एउटा मोटरसाइकलामा समेत तोडफोड गरी क्षति पु¥याएको छ । तोडफोडमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Monday, August 13, 2012

नारायण सिलवाल धादिङबेसी, श्रावण २९ ।  जिल्ला सदरमुकाम धादिङबेसी स्थित बसपार्क यतिखेर कुरुप बन्दै गइरहेको छ । अहिले बसपार्कमा गाँजा र फोहरको दुर्गन्ध आउन थालेको छ ।
बसपार्क सरसफाई कार्य रोकिएको पनि २ महिना भन्दा बढी भैसक्यो । बसपार्क बिग्रिएका गाडी राख्ने ग्यारेज जस्तो भएको छ । किन यसो भइरहेको छ ? किन सरोकारवाला निकाय मौन छन् ? बसपार्क व्यवस्थापन गर्न, हुन त बसपार्क व्यवस्थापन समिति पनि नभएको होईन । किन काम गरिरहेको छैन समितिले वि.स.०५४ सालमा (हालको मुल्य ८ करोड रुपैयाँ बराबरको) ६ रोपनी ११ आना क्षेत्रफल भएको जग्गा ९ जना स्थानीयवासीले बसपार्क निर्माण गर्न निःशुल्क  उपलब्ध थिए । स्थानीयवासी किन चुप छन् ? यस विषयमा जनमुक्तिमार्गले राखेको जिज्ञासामा स्थानिय टेकबहादुर ठकुरीले बसपार्क व्यवस्थित गर्न पटक–पटक आन्दोलन गर्दै आएको तर जिल्ला प्रशासनले विगतमा भएका सहमतिलाई कार्यान्वयनमा लैजान नसकेका कारण बसपार्कको  अवस्था विग्रदै गएको बताउँछन् ।
०५४ सालमा ८० लाख खर्च गरेर नगर समितिले प्रयोगमा ल्याएको धादिङबेसी पुछारबजार स्थित बसपार्क किन कुरुप बन्दै छ बसपार्क व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर श्रेष्ठ जिल्ला प्रशासनले गर्दा बसपार्क कुरुप बन्दै गहिरहेको बताउँछन् । टिकट काउण्टर बसपार्कमा हुनु पर्ने, जिल्ला सदरमुकाम  प्रवेश गर्ने हरेक गाडिहरु बसपार्कमा जानुपर्ने गाडिको चलानी बसपार्कबाट दिनु पर्ने लगायतका विगतका भएको सहमतिलाई कार्यान्वयन गराउन स्थानीय स्तरबाट जति पहल भयो त्यतिनै जिल्ला प्रशासनबाट हुन नसक्दा बसपार्क कुरुप बन्दै गएको अध्यक्ष श्रेष्ठ बताउछन् । उनको भनाई अनुसार २ वर्ष पहिले देखि सुरज वैद्यले फाइनाइन्सले समातेको गाडी राख्ने ग्यारेज बनाएका छन् बसपार्कलाई हटाउन अनुरोध गर्दा उल्टै अपशब्द प्रयोग गर्छन गाडि हटाउन जिल्ला प्रशासनमा निवेदन  दिएको तर प्रशासनले पनि वास्था नगरेका कारण बसपार्क अव्यवस्थित बन्दै गएको हो  । ०६८ सालमा गठन भएको बसपार्क व्यवस्थापन समितिले बसपार्क सरसफाई र कर संकलनका लागि दुई जना कर्मचारी राख्ने काम गरेका थिए । तलव नपाएको भन्दै सरसफाई गर्ने कर्मचारीले सरसफाई गर्न छाडे पछि बसपार्क अव्यवस्थित भएको हो । प्रति गाडि प्रतिटिप रु.२०को दरले  बसपार्क व्यवस्थित गर्न रकम संकलन गर्दा मासिक ४० देखि ५० हजार सम्म संकलन हुनेगर्छ  यो रकम सहि ढंगले प्रयोग भए नभएको अनुगमन गर्ने निकाए कुन हो किन मौन छ स्थानियवासी तथा गाडी व्यावसायिहरु आफुले दिएको रकम खै कहाँ के भएको छ प्रश्न गर्दछन् ।  यस विषयमा बसपार्क मर्मत खर्चमै सकिने गरेको बताउँछन् व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ ।
जे होस् धादिङबेसी सदरमुकाम स्थित बसपार्कमा न त प्रशासन न त सरोकारवालाहरुको ध्यान गएको देखिन्छ । वसपार्कमा यात्रु प्रतिक्षालय जिर्ण बन्दै गएका छन् । बत्तिको व्यवस्था नहुँदा साँझ परे पनि हिडडुल गर्न समेत नसकिने अवस्थामा छ । सदरमुकामलाई सुन्दर राख्न सहयो पु¥याउने बसपार्क व्यवस्थित पार्न सरोकारवाला–हरुको ध्यान जाओस उठाईएको रकम कहाँ कति खर्च त्यो सार्वजनिक गरियोस् ।  स्थानीयवासीले जुन उतसाहले बसपार्क प्रयोजनको लागि निशुल्क जग्गा उपलब्ध गराए । बसपार्क व्यवस्थापन समितिले प्रशासनिक निकायलाई दोष दिने र प्रशासन पनि मौन नै रहँदा व्यवस्थापनको आवाज उठाएर पनि समस्या समाधान नगरिएको स्थानीयको गुनासो रहेको छ । मासिक रुपमा नियमित रुपमा संकलन भैरहेको हिसावको पारदर्शीताको विषयमा समेत कसैले ध्यान नदिएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts