आजको यो ब्लग पोस्टमा राजधानी लगायत देशका विभिन्न स्थानमा ई–कर्मसका नाममा खुलेका विशुद्ध व्यापारिक संस्थाहरुबाट ठगिएका व्यक्तिहरुको पीडा खोतल्न खोज्दैछु ।
व्यक्तिहरू ठगिने प्रक्रिया राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकबाट नै सुरु हुन्छ । विभिन्न दैनिक पत्रिकामा प्रत्येक दिन प्रकाशित हुने बर्गीकृत विज्ञापनको चाहियो भन्ने शीर्षकमा हेर्ने हो भने मासिक रु ६००० देखि ३५०००।– सम्म ग्यारेन्टी कमाउन सकिने भन्ने विज्ञापन देख्न पाइन्छ । यहीबाट सुरु हुन्छ ठगिने प्रक्रिया । हेनुहोस् तस्विरमा
बेरोजगार बढीरहेको बेला दिनमा ३ देखि ४ घण्टा काम गर्दा १० हजार कमाउन सकिन्छ भने किन नगर्ने भनेर मानिसहरू केही नसोची हामफाल्छन् । स्कुल कलेजमा अध्ययन गर्ने बिद्यार्र्थीे, घरका गृहणी देखि लिएर सरकारी कर्मचारीहरु समेत त्यस ठाउँमा पुग्दछन् । आफू पनि त्यही भीडमा परिया‘थ्यो कुनै समयमा । माहिनामा धेरै नै आर्जन गर्न सकिन्छ भनेर त्यहाँ पुग्नेमध्धे ९० प्रतिशतले हातमा एक सुकापनि फेला पार्न सक्तैनन् ।
राजधानीका नयाँ बानेश्वर, महाराजगञ्ज, बालाजु, कोटेश्वर, सातदोवाटो, बसुन्धरा लगायत विभिन्न स्थानमा खोलिएका अफिसहरुले एजेन्टको काम गर्दछन् । विज्ञापनमा नै उल्लेख गरिएको हुन्छ टेस्ट वा एस.एल.सी पास भएको, कम्प्युटरमा बेसिक ज्ञान भएको । राजधानीमा बस्नेहरु मध्धे ८० प्रतिशतमा यी सबै कुराहरू हुन्छन् । एजेन्टहरुले एक घण्टामा ४ देखि १० डलर कमाउन सक्नुहुन्छ भनेर हौसाउने गर्दछन् र मानिसहरूले केही नसोची उनीहरूको कुरा धुव्रसत्य हो भनी त्यसको पछाडि पर्दछन् ।
सुरुमा उनीहरूले २२ सय देखि २५ सय सम्म लिने गर्दछन् । जसमा ७ देखि १० दिने वेव डिजाइनिङ कोर्ष सिकाइन्छ । आपूmले भने ३ दिनमा नै समाप्त गरिएको थियो । त्यसभित्र एउटा ब्लग बनाउन सिकाइन्छ । ब्लगमा १० देखि १५ वटा पोस्ट गर्न लगाईन्छ । जिमेल, फेसबुक, याहू, ट्विटर, डेलिसिअस, स्टमबल, युटुव, डिग जस्ता साईटहरुमा खाता खोल्न लगाइन्छ । याहु एन्सर डटकम मा आफ्नो खातालाई लेबल २ सम्म पुर्याउनुपर्ने हुन्छ ।
त्यससँगसँगै ब्लगको प्रमोशनल टुल, इ–कर्मसका साईटहरु
माइक्रोवर्कर डटकम,
मीनीवर्कर डटकम,
माइनुटवर्कर डटकम र फोरमको बारेमा जानकारी दिइन्छ ।
इ–कर्मसका साईटहरुमा विभिन्न जबहरु दिइएको हुन्छ । जसलाई निश्चित समयभित्रमा सक्नुपर्ने हुन्छ । यहाँ हुने जबहरुमा विभिन्न साईटहरुमा साइन अप हुने, विभिन्न कुराहरू सर्च गर्नेदेखि देखि लिएर त्यहाँ दिएको शीर्षकमा ५० देखि १५० शब्दसम्मको स्टोरी लेखेर ब्लगमा व्याकलिंक सहित पोस्ट गर्नुपर्ने हुन्छ । साईन अप को रकम २ देखि ५ सेन्टसम्म हुन्छ भने स्टोरी पोस्ट गर्ने ब्लगको पीआरमा भर पर्छ । कम्तीमा पनि ब्लगको पीआर १ हुनुपर्ने हुन्छ । पीआर भनेको गुगलले आफ्नो पेजलाई दिएको Page Rank हो । जुन Not Available देखि ० हुँदै १० सम्म हुने गर्दछ । फेसबुकको पीआर ९ छ भने ट्विटरको ८ । कान्तिपुर दैनिकको ५ नागरिकको ४ । आफ्नो ब्लगको पीआर
यहाँबाट चेक गर्न सकिन्छ ।
अब कुरा गरौँ डलरको यसरी साइन अप गरेपछि आफूले गरेको जब को जब कम्पिसलन प्रुफ सव्मिट गर्नुपर्छ । यति त्यो एसेप्ट भयो भने तपाईँको खातामा सो रकम जम्मा हुन्छ । यसरी जम्मा भएको रकम १०० डलर कटेपछि इन्टरनेशनल क्रेडिट कार्ड मार्फत रकम निकाल्न सकिन्छ । अनि विभिन्न फोरममा आफूले पोस्ट गरेका पोस्टहरुको रकम पनि १ सेन्टदेखि ३ सेन्टसम्मका हुन्छन् । ती भने १० डलर कटेपछि निकाल्न पाइन्छ ।
अब फेरी कुरा गरौँ विज्ञापनको विज्ञापनमा भनेजस्तै टेस्ट वा एस.एल.सी पास अनि कम्प्युटर मा बेसिक ज्ञान भएकाले यो काम गर्न सक्तैनन् । किनभने यी काम गर्नको लागि इमेल र इन्टरनेटको बारेमा धेरै नै ज्ञान हुनु पर्दछ भने अङ्ग्रेजी भाषामा पोख्त ।
कसले गर्ने हो त इ–कर्मको काम ?
इ–कर्मसको काम हामीले सोचेजस्तो सजिलो पक्कै पनि छैन । हुनत कुनै पनि काम सजिलो हुँदैन । यो काम गर्नको लागि तपाईँसँग कम्प्युटर वा ल्यापटप अनि नेटको सुविधा हुनुपर्दछ । इन्टरनेटमा बढी समय विताउने जस्तो कि साइवर सञ्चालकहरुले यो काम गर्दा उपयुक्त हुन्छ । १ घण्टामा ३ देखि ४ डलर कमाउन सकिदोरहेछ साइवरमा १ घण्टामा २० रुपैयाँ तिरे पुग्छ । साइबरबाट नै काम गर्दछु भनेर सोच्नुहुन्छ भने तपाईँले नगरे पनि हुन्छ । किनभने जबहरु इन्टरनेटको आइपी एड्रेस मा भर पर्दछन् । आइपी एड्रेस अनुसार कामहरू उपलब्ध हुन्छन् । यदि त्यो साइबरबाट अरूले पनि इ–कमर्सको काम गर्दछन् भने तपाईँले काम नपाउन सक्नुहुन्छ ।
मलाई चित्त नबुझेको गाँठी कुरो !
केही दिन अघि एक दैनिक पत्रिकामा रजिष्टर नै नभएको नर्सिङ होमले विद्यार्थी भर्ना खुल्यो भनेर विज्ञापन गर्दा ठुलो हलचल मच्चियो । त्यसको विरुद्ध विद्यार्थीहरु आन्दोलन समेत गर्ने घोषणा गरे तर दिनदिनै पत्रिकामा यसरी ग्यारेन्टीका साथ यति उति कमाउन सकिन्छ भनेर विज्ञापन आउँछ तर हात लाग्छ शून्य यसको विरुद्ध किन कसैले केही नबोलेको । पत्रिकाले पनि यस्ता विज्ञापन छाप्दा केही सोच्नुपर्ने देखिन्छ । साभार:creativepaudel.blogspot.com