काठमाडौ, श्रावण २२(एजेन्सी) - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको 'क्यारियोसिटी' यान सोमबार बिहान ११ बजे मंगल ग्रहको सतहमा सफलता पूर्वक अवतरण गरेको छ । नासाले मंगल ग्रहमा जीवको अस्तित्व खोज्न यान सहितको रोबोट पठाएको हो ।
मंगलग्रहको सतहमा यानको अवतरणसंगै नासाका वैज्ञानिकहरुमा खुशियाली छाएको छ । २०११ को नोभेम्वर २६ मा यो रोबोटलाई पृथ्वीबाट पठाइएको थियो । २४ हजार करोड मील दुरी तय गरेर यान सहितको रोबोट मंगल ग्रहा पुगेको हो । यस यानले दुई वर्ष सम्म मंगलग्रहबाट सूचना पठाउने छ ।
यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिह्न भए/नभएको बारे खोजी गर्नेछ। नासाले ग्रहमा पठाइएको यो सबैभन्दा कठिन रोबोट रहेको जनाएको छ। नासाले यस्तो र यती ठूलो यान कहिले बनाएको थिएन । 'क्यूरियोसिटी' नामक यस रोबोटको लागत करिब २.५ अर्ब डलर छ ।
यानको मंगलमा अवतरणप्रति अमेरिकी राष्ट्रपति बाराक ओवामाले ट्विटरमार्फत् खुशी तथा बधाई व्यक्त गरेका छन्।
0 comments:
Post a Comment