Wednesday, August 8, 2012

धादिङबेसी २५ श्रावण । ३९ औँ भू संरक्षण दिवसको अवसरमा बुधवार साँकोष–३ मा रहेको पशुपति मन्दिर तथा नेपाल पत्रकार महासंघको भवन निर्माणस्थलको हाता वरपर वृक्षारोपण गरिएको छ । जिल्ला भु–संरक्षण कार्यलय धादिङ र नेपाल पत्रकार महासंघ धादिङको संयुक्त आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रमको अवसरमा तेजपत्ता, बाँस, नीम, कपुर, लगायतका २०० भन्दा बढि विभिन्न जातजातीका विरुवाहरु रोपिएको थियो ।

 प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपण कार्यक्रममा स्थानीय विकास अधिकारी ईन्दु घिमिरे, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि र जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts