Thursday, August 9, 2012

काठमाडौ, श्रावण २५ - सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कार्यभार बिहीबारबाट गौरवशमशेर जबराले लिएका छन् । परम्पराअनुसार आफ्नो कार्यकाल सकिनु एक महिनाअघि शुक्रबारबाट बिदा बस्न लागेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार दिउँसो एक कार्यक्रमबीच बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका जबरालाई कार्यभार सुम्पिएका हुन् ।
मन्त्रिपरिषद्को साउन १७ गतेको बैठकले जबरालाई साउन २६ देखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेको थियो । गुरुङले भदौ २३ मा अवकाश पाएपछि जबरा प्रधानसेनापति बन्नेछन् । समारोहमा का पीएसओ, रथी तथा अधिकृतहरुको उपस्थिती थियो । प्रधानसेनापति गुरुङ शुक्रबारदेखि बिदामा बस्दैछन् । गुरुङले कार्यभार बुझाउनुअघि भदौ २४ गते खाली हुन जाने प्रधान सेनापति पदमा  कामु प्रधान सेनापति जबराको नाम पदोन्नती तथा नियुक्तिको लागि सिफारिससहित बिहीबार नै रक्षा मन्त्रालयमा पत्र पठाएका छन् । प्रधानसेनापति गुरुङले कामु जबरालाई सँगै लगेर बुधबार नै राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष आफ्नो उत्तराधिकारीका रूपमा चिनाएका थिए । बाहिरिने प्रधानसेनापतिले आफ्नो उत्तराधिकारीलाई औपचारिक रूपमा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने प्रचलन छ ।
२०१२ मंसिर २७ मा जन्मिएका जबरा २०३० भदौ २० मा सेनामा प्रवेश गरेका हुन् । बेलायतको स्यान्डहस्र्टस्थित रोयल मिलिट एकेडेमीबाट आधारभूत सैन्य तालिम लिएका जबराले अमेरिका क्यानससको फोर्थ लेभेनवर्थस्थित यूएस आर्मी कमान्ड एन्ड स्टाफ कलेजबाट ग्रयाजुएसन गरेका हुन् । उनले नेसनल डिफेन्स कोर्स पाकिस्तानबाट गरेका छन् ।ekantipur

Related Posts:

  • सभापतिको तानाशाही सोचका कारण विवादः देउवा काभ्रे, भदौ ३ नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टीका सभापति सुशील कोइरालाकै कारण पार्टीमा विवाद बढेको अरोप लगाएका छन् । उनले कोइरालाको तानाशाह प्रवृतिका कारण पार्टी एक हुन नसके… Read More
  • हुन सकेन जिल्ला समिक्षा वैठक निमन्त्रणा मै कर्मचारीको लापर्वाही धादिङबेसी  भाद्र ४। जिल्ला विकास समिति धादिङ यतिबेला विवादमा मुछिएको छ । दलहरुको सहमति र सहकार्यमा सर्वदलिय संयन्त्र मार्फत संचालन हुँदै आएको विविस धादिङमा कर्मचारीतन्त्र हावि हुदै गएकोले जिविस र दलहरुको दुरी बढ्दै ग… Read More
  • तमसालिङमा एमाओवादी नेताको जिम्मेवारी फेरवदल धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत … Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • धादिङका माओवादी नेताका जिम्मेवारी हेरफेर धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ । बैठकले जिल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts