Showing posts with label स्थानिय समचार. Show all posts
Showing posts with label स्थानिय समचार. Show all posts

Tuesday, August 26, 2014

धादिङबेसी । पार्थेनियम हेस्टेरोफोरस भनेर चिनिने पाती जस्तो देखिने विषालु झार धादिङबेसी बजार क्षेत्र मै देख्न पाईन्छ । विशालु १० झार मध्य पहिलो नम्बरमा पर्ने यो झारको विषयमा अहिले कसैको ध्यान जान सकेको छैन ।

Saturday, December 15, 2012

धादिङ ३० मंसिर । चन्द्रकान्त अधिकारीलाई अध्यक्षतमा निर्विरोध चयन गर्दै धादिङ उद्योग वाणिज्य संघको १९औं साधारणसभा तथा सातौं अधिवेशन आज धादिङबेसीमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय फास्ट फुड चेन केएफसीका लागि ल्याइएको कुखुरा नष्ट गर्न स्थानीय किसानले माग गरेपछि धादिङको धार्केमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।     प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याउने तयारी गरेपछि भएको विवादमा अश्रु ग्यास प्रहार भएको हो । नेपाल भेटिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि जबर्जस्ती काठमाडौं लैजान खोजेपछि फायरिङ गरिएको बताए । नेपालमा उत्पादित मासु मापदण्ड पूरा नभएको भन्दै थाइल्याण्डबाट ल्याउने दाबी गरेको केएफसीले भारतबाट मासु ल्याएपछि धादिङका किसानले धार्केमा दुई कन्टेनर रोकेका थिए ।

Sunday, November 4, 2012

 इन्द्रकुमारी श्रेष्ठ/
२० कार्तिक धादिङ ।  नलाङ गाउँविकास समिति मा १ करोड ३५लाख भन्दा बढी लगानीमा व्यावसायीक रुपमा गाईपालन व्यावसाय सुरु गरिउको छ । हाल देशभरका करीब १० लाख किसानहरू दुध तथा दुधजन्य व्यवसायमा आश्रित रहेको अनुमान छ । प्रशस्त बजार सम्भावना भएकै कारण नेपालका किसानहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् । पशुपालनमा पनि गाई पालनमा अहिले पछिल्लो समयमा किसानहरुको ध्यान जान थालेको छ । परम्परागत शैलीलाई छाड्दै आधुनिक तरिका अपनाउँदा फाइदा हुन थाले पछि किसानहरु पशुपालन व्यावसाय तर्फ आकर्षित बनेका हुन ।
”विदेश गएर गर्ने श्रम यहि गरे  दोब्बर कमाउन सकिन्छ । ”साउदी अरब गएर ११ वर्ष बिताएका लीला तामाङको भनाई हो यो । साउदी अरब स्थित अल्साफी डेरी फारममा कामगरि नेपाल फर्केका धादिङ सत्यदेवि घरभएका लिलाबहादुर तामाङ अहिले नलाङ पाउनेटार स्थित लाप्साङ कर्पो एग्रिकल्चर एण्ड लाइभस्टक डेब्लभमेन्ट प्रालिमा काम गछन् । यस प्रालिले विगत एक वर्ष देखि ३४ वटा उन्नत जातका गाईहरु पालन गर्दै आएको छ । धादिङ सत्यदेविका रणबहादुर तामाङ अध्यक्ष, सिता ढकाल सितापाईला काठमाडौ उपाध्यक्ष, नरबहादुर तामाङ नुवाकोट सचिव, अशोक अधिकारी काठमाडौ कोषाध्यक्ष लगाएत २५ जना मिलेर  संचालनमा ल्याइएको संस्थाले नलाङ पाउनेटार मा १ सय रोपनी जग्गा खरिद गरि गाई फारम संचालनमा ल्याएको हो । संस्थाले फारम सम्म जाने २ किलोमिटार मोटरबाटो, जग्गा खरीद, गाई खरीद, फारम निर्माणमा १ करोड ३५ लाख खर्च गरि सकेको अध्यक्ष रणहादुर तामाङ बताउनु हुन्छ । अर्गानिक तरकारी खेती, उनन्नत जातका बाख्रा पाल्न तयारी गरि रहेको यस संस्थाले संचालनमा ल्याएको गाई फारममा अहिले १६ वटा गाईले दैनिक ८० लिटर दुध दिन्छ । भने ४ वटा व्याउने तयारीमा र १४ वटा आगामी वर्षको लागि तयार हुने तवरले पालिएको छ । ९ जना कामदार राखिएको यस फारमको सम्पूर्ण रेखदेख वैदेशिक अनुभव संगालेका लिलाबहादुरले गर्छन् । उनले गाईमा देखा पर्ने अधिकाँस रोगहरुको उपचार आफै गर्छन जटिल समस्या  अहिले सम्म नआएको र आएका जिल्ला पशुसेवा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि लिलाले बताए ।
२० कार्तिक धादिङबेसी । एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकले निर्णय गरे अनुरुप महादिवेशनको तयारीमा लागेको छ ।  जनवादको उच्च अभ्यास भएको भनिएको उक्त विस्तारित वैठकले गुटको अन्य भएको घोषणा गर्दै आगामी माघ १४ गते पार्टीको महादिवेशन गर्ने निर्णय गरेको थियो ।  उसले त्यस विस्तारित बैठकलाई संघर्र्ष, रूपान्तरण, एकता र विजयको बैठक समेत भनेको छ ।
     यतिखेर माओवादी नेताहरु पार्टीको विस्तारित वैठकको मर्म अनुरुप वडा, गाउँ, जिल्ला, राज्य सम्मेलन हुँदै महादिवेशन सम्पन्न गर्ने योजनाका साथ अगाडी बढेको देखिन्छ । यहि अनुरुप धादिङ जिल्लामा पनि एकीकृत नेकपा माओवादीले गाउँ सम्मेलन मंसिर महिनाभरमा सक्ने लक्ष्यका साथ गाउँ सम्मेलन गर्न थालेको छ । कार्तिक १६ गते जिल्लाको उत्तरी क्षत्रमा पर्ने सेर्तुङको सम्मेलन सकेको छ, सम्मेलनले करीमान तामाङ अध्यक्ष र सेक्रेटरी चे लामा रहने गरी १५ सदस्यीय गाउँ समिति बनाएको एकीकृत माओवादी धादिङका कार्यालय सचिव विनोदबाबु रिमालले जानकारी दिनु भयो । गाउँ भेलालाई मर्यादित बनाउन क्षेत्र नं १ को लागी ताम्सालिङ राज्य सम्मेलन आयोजक समति सदस्य रामबहादुर भण्डारी संयोजक र ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य राजु नेपाल, क्षेत्र नं २ को लागी संयोजक राष्ट्रिय महादिवेशन आयोजक समिति सदस्य  कल्पना धमला र ताम्सालिङ राज्य सम्मेलन आयोजक समति सदस्य धनबहादुर वुर्लाकोटी, क्षेत्र नं ३ को लागी ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य उत्तम कडेल संयोजक  भए अनुसार उहाँहरु कार्य क्षेत्र पुगिसकेको पनि रिमालले बताउनु भयो । धादिङमा क्षेत्र नं.१ मा १५००, क्षेत्र नं.२ मा १२०० र क्षेत्र नं.३ मा १३०० गरी ४,००० पाटी सदस्य रहेको माओवादीले जनाएको छ । गाउँ भेला सकेर जिल्ला सम्मेलन गर्ने तयारीमा रहेको एमाओवादी राष्ट्रिय महादिवेशन सकेर मात्र जिल्ला सम्मेलन गर्ने स्थितिमा पुगेको छ ।

Monday, October 22, 2012

विजया दशमीको उपलक्ष्यमा आज नलाङ नयाँ बस्ती वडारेमा बृहत साँस्कृतिक कार्यक्रमका साथ बृद्ध, बृद्धा, अपाङ् सम्मान तथा लेकबेसी पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । एकिकृत नेकपा माओवादी ताम्सालिङ राज्यभेला आयोजक समिति सदस्य तथा वाईसियल धादिङ संयोजक मनराज भन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा एकिकृत माओवादी ताम्सालिङ राज्यभेला आयोजक सदस्य तथा इलाका संयोजक दिपक विश्वकर्मा, रेडियो बिहानीका निमित्त स्टेशन म्यानेजर नारायण सिलवाल, जिल्ला सम्मेलन आयोजक समिति सदस्यहरु शालिकराम अर्याल, घनश्याम भट्ट, शुमन अधिकारी रुद्र भट्ट लगायतको आतिथ्यता रहेको थियो ।
५ जना अपाङ् र २० जना बृद्ध बृदाहरुलाई दोसल्लाह आढाएर सम्मान गर्नु भएका प्रमुख अतिथि मनराज भण्डारीले धादिङ–काठमाडौ गणतान्त्रिक मञ्चसमन्वय समिति नलाङले प्रकाशन गरेको लेक बेसी पुस्तक समेत विमोचन गर्नु भएको थियो ।
८० पृष्ठ रहेको पुस्तकमा राजनीतिक, सामाजिक, पर्यटन सहित्य श्रृजना जस्ता विषयबस्तुहरु समेटिएका छन् । स्थानिय कलाकारहरुको बजोड प्रस्तुती रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रम नयाँबस्ती यूवा समाजले आयोजना गरेको थियो ।

Tuesday, October 16, 2012

मनिस दुवाडी, असोज ३० धादिङ ।  दोस्रो जिल्ला स्तरीय खुला क्रिकेटको उपाधी धादिङ समाज धादिङले हात पारेको छ । आज भएको फाइनल खेलमा कारु स्मिृती प्रतिष्ठान वेनिघाटलाइ ९ विकेटले पराजीत गर्दै उपाधीमामाथी कव्जा जमाएको हो । टस जितेर पहिले व्याटिङ गरेको वेनिघाटले. निधारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३९ रन वनाएको थियो । वेनिघाटलाइ १४० रनमा रोक्न धादिङ समाज धादिङका अनिल तामाङ र गोपीकृष्ण भण्डारीले समान ३-३ विकेट लिएका थिए । १४० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको धादिङ समाज धादिङले १३ ओभर ४ वल खेल्दै लक्ष्य भेट्टाएको थियो । धादिङ समाजलाइ लक्ष्य भेटाउन रविन्द्र गुरुङको अर्धशतक महत्वपुर्ण रहेको थियो । उनले ४ छक्का र ६ चौकाको मद्धतमा अविजीत ६३ रन जोडेका थिए । धादिङ समाज धादिङलाइ जित दिलाउन अर्का ओपनार व्याट्म्यान हेमराज तामाङले व्यक्तिगत २३ रनको योगदान गरेका थिए ।

Sunday, September 23, 2012

अश्विन ८ धादिङबेसी  । सहिद स्मृति संचार सहकारी संस्था लिमिडेड धादिङद्वारा संचालित रेडियो बिहानीको क्वीज कन्टेक्स कार्यक्रममा गोरखाकी पुुजा भट्टले मोबाईल सेट जितिकी छिन् ।
प्रत्येक महिना विजेतालाई मोबाईल सेट प्रदान गर्दै आएको छ धादिङबेसी सुगमटोल स्थित राजमोबाईल सेन्टरले । रेडियो बिहानीको लोक प्रिय कार्यक्रम क्वीज कन्टेक्स हरेक हप्ताको शनिबार दिनको सबा ३ देखि ४ बजे सम्म प्रसारण हुँदै आइै रहेको छ । गोरखाकी पुजा भट्ट आफुुले नियमित सुन्ने कार्यक्रम अन्तर्गत क्वीज कन्टेक्स एक हो यसले सामान्य ज्ञानका सबै विषयवस्तुहरु समेट्ने गरेको बताउनु हुन्छ ।

Monday, September 10, 2012


धादिङ २५ भाद्र । अन्तराष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । नेपालमा विसं २०३१ साल देखि शिक्षा दिवस मनाउन थालिएको हो । पछिल्लो समयमा अन्तराष्ट्रिय रूपमा हरेक सेप्टेम्बर ८ मा मनाइने साक्षरता दिवसलाई पनि भदौ २३ मा मनाउन सुरूभएको छ । यसै अवसरमा जिल्ला शिक्षा कार्यलय धादिङले  पनि धादिङबेसीमा धुमधामले दिवस सम्पन्न गरेको छ । 
जिल्ला शिक्षा कार्यलयलाई विभिन्न राजनीतिक दल विभिन्न संघ संस्थाहरूले दिवस मनाउन सहयोग गरेका थिए । धादिङबेसी नीलकण्ठ उच्चमावि प्राङ्गणमा भएको उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी राष्ट्रिय महादिवेशन आयोजक समिति सदस्य तथा लामो समय सम्म धादिङमा शिक्षण पेशा अंगालेका पुष्पविक्रम मल्ले मुलुक राजनीतिक अस्थिरताका कारण  अत्यन्त कठिन परिस्थितिमा मा पुगको बताउँदै दलहरू एकअर्कालाई हिलो छेप्न मै व्यस्त रहेकाले स्थिति झन् जटिल बन्दै गएको बताउनु भएको थियो । उहाँले शैक्षिक नीति वैज्ञानिक र व्यावहारीक हुनका लागि शैक्षिक नीति परिवर्तन गर्न आवश्यक  भएकाले शान्ति र संविधान मार्फत व्यावहारीका शिक्षा र सम्मुनत नेपाल आफ्नो पार्टीको लाईन भएको धारणा राख्नु भएको थियो । 
नेपाली काँग्रस धादिङका सभापति रामनाथ अधिकारी, एमाले धादिङ अध्यक्ष गुरू बर्लाकोटीले पनि धादिङमा शैक्षिक गुणस्तरको पाटो सन्तोष जनक रहेको बताउनु भएको थियो । जिल्ला शिक्षा कार्यलयलाई कस्लाई प्रसंशा–पत्र दिने भन्ने विषयमा दलिय संगठनहरूलाई  कोटा तोक्ने परिपाटीको अन्त्य होस् वा राजनीतिक आडमा वर्षौ विद्यदालय नगई तलव बुझेर बसेका नामधारी शिक्षक अनि वर्षै भरि लखतरान परि विद्याय धाउने २ हजारे शिक्षक÷शिक्षिका यो तालमेल नमिल्दा सम्म २७ बुँदे घोषण पत्रले सार्थकता पाउला ? जे होस् सो अवसरमा शैक्षिक परिवर्तनको लागि महत्वपूण भुमिका खेलेवापत २७  संघ संस्थालाई सम्मन गर्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले २७ बुँदै शैक्षिक घोषणा पत्र जारी गर्नू भएको थियो । 
कार्यक्रममा लामो समय शिक्षा पेशामा काम गरेर सेवा निवृत्तमा रहेका शिक्षकहरू तथा कलमको माध्यमबाट शिक्षामा गुणस्तरिय सुधार गर्न सहयोग गरेको भन्दै जिल्लामा क्रियाशील संचार संस्थाहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।  
शैक्षिक प्रतिबद्धता पत्र २०६९, धादिङ २७ बु“दे
“समुन्नत समाज, परिस्कृत संस्कार, साक्षरता र शिक्षा विकासको आधार”
शिक्षा चेतनाको मुहान हो भने विकासको संवाहक पनि हो । नेपालको अन्तरिम सम्विधान २०६३ लगायत राष्ट्रिय एवम् अन्तराीष्ट्रयस्तरमा विभिन्न समयमा गरिएका घोषणाहरूले शिक्षालाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । नेपाल सरकारले सन् २०१५ सम्ममा सबैका लागि शिक्षा र सहश्राव्दि विकासका लक्ष्य प्राप्तिका लागि सबै बालबालिकाहरूलाई गुणस्तरीय आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न विद्यालय क्षेत्र सुधार योजनालाई कार्यान्वयनमा ल्याएको छ । तर सामुदायिक तथा संस्थागत गरी ६४९ विद्यालय रहेको यस जिल्लाको २ प्रतिसत बालबालिकाले अझै विद्यालयको अनुहार देख्न पाएका छैनन् भने झण्डै ४० प्रतिसत नागरिक निरक्षर छन् । 
जिल्ला शिक्षा कार्यालय लयायत सम्पूर्ण स्थानिय निकायहरू, राष्ट्रिय  तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू, राजनीतिक दलहरू, शिक्षक, विद्यार्थी, अभिभावक, आम सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायको अनवरत प्रयास र सहयोग हँुदा हुँदै पनि साक्षरता दरमा वृद्धि, विद्यालयको भौतिक अवस्थामा सुधार, लैङ्गिक समविकास, समावेसी शैक्षिक पद्धति, बालबालिका र उनीहरूको सिकाई उपलब्धी प्रति जिम्मेवारीबोध एवम् विद्यालय सुशासन, बालमैत्री विद्यालय वातावरण, चुस्त र स्तरीय शैक्षिक सेवा प्रवाह, स्थापित मूल्य, मान्यता, नीति, नियम र कानुनहरूलाई जनअपेक्षा अनुसार व्यवहारमा उतार्न धेरै कठिनाइहरू भएको महसुश गरिएको छ ।
तसर्थ यसप्रकारका समस्याहरूको समाधान गर्दै जिल्लाको शैक्षिक स्तरमा वृद्धि गर्न राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०६९ को अवसरमा जिल्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला शिक्षा समिति, शिक्षकहरूका पेशागत संघ संगठन, विद्यार्थी संघ संगठन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, स्थानीय निकाय, विभिन्न संचारगृहका सञ्चारकर्मीहरू, जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र र विद्यालय तह सम्मका हामी सम्पूर्ण सरोकारवालाहरू तपसीलमा उल्लेखित विषयहरूलाई सम्पादन गर्ने साझा प्रतिबद्धता व्यक्त गर्दै यो शैक्षिक प्रतिबद्धता पत्र २०६९, धादिङ जारी गर्दछौँ ।
१.शैक्षिक सत्र २०६८ को सिकाई उपलब्धिका आधारमा यस शैक्षिक सत्रको सिकाई उपलब्धिको लक्ष्य निर्धारण आश्विन मसान्तभित्रमा गरी सो शैक्षिक लक्ष्य प्राप्तिका लागि जिल्ला देखि विद्यालय तहसम्मका सम्पूर्ण शैक्षिक क्रियाकलापलाई केन्द्रित गरिने ।
२.शैक्षिक लक्ष्य र उपलब्धिका आधारमा जवाफदेहिता र उत्तरदायित्व वहन गर्दै उपलब्धिमा आधारित   पहिचान, प्रोत्साहन र पुरस्कार प्रणाली स्थापित गरिने ।
३.विद्यायलय तहका सम्पूर्ण परीक्षाहरूलाई व्यवस्थित र मर्यादित वातावरणमा सञ्चालन गरिने तथा विद्यार्थीको सिकाइ अधिकारलाई प्रत्याभूत गर्न विद्यार्थी उपलब्धिलाई शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्ने आधार बनाइने । 
४. विद्यालय शान्तिक्षेत्र कार्यक्रमलाई विद्यालय तहसम्म वास्तविक कार्यान्वयनमा ल्याई विद्यार्थीहरूको निर्वाध पठनपाठनको अधिकारलाई प्रत्याभूत गरिने ।
५.जिल्लामा प्राप्त शिक्षा क्षेत्रको स्रोतलाई विपन्न, सुविधाको पहुँचबाट टाढारहेको क्षेत्र र वर्गलाई प्र्राथमिकतामा राखी सामाजिक न्यायका दृष्टिले समानुपातिक रूपमा वितरण गरिने ।
६.आर्थिक अनुशासन कायम गर्न विद्यालयमा जाने अनुदान व्यवस्थित एवम् पारदर्शी बनाइनुका साथै विद्यालयमा हुने हरेक क्रियाकलापहरूमा सुशासन कायम राख्दै स्रोतलाई नतिजामुखी कार्यमा उपयोग गरिने ।
७.शिक्षा क्षेत्रलाई सुशासनको क्षेत्रका रूपमा स्थापित गर्न प्रत्येक क्रियाकलाप र प्रत्येक तहमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको अवस्था सृजना गरी लक्षित सेवाग्राहीले गुणस्तरीय शैक्षिक सेवा प्राप्त गरेको सुनिश्चित गरिने ।
८. विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई विद्यालयको अनुगमन र सुपरिवेक्षणका लागि जिम्वेवार बनाई टीम सुपरिवेक्षण (त्भबm क्गउभचखष्कष्यल० गर्ने गरी अभियानकै रूपमा सञ्चालन गरी प्रभावकारी बनाइने । 
९.जिल्लामा रहेका स्रोतकेन्द्र तथा निरीक्षण क्षेत्रहरूको सेवाप्रवाहलाई प्रभावकारी तुल्याउन शिक्षण सिकाई क्रियाकलापको सुधारका लागि गरिएका रचनात्मक तथा प्रवर्तनात्मक कार्यको आधारमा स्रोतव्यक्ति तथा विद्यालय निरीक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने आधार बनाइने । 
१०. सबै बालबालिकाहरूको शिक्षामा पहुँच स्थापित गर्नका लागि समग्र शैक्षिक पद्धतिलाई जिम्मेवार बनाउँदै समग्र शैक्षिक कार्यक्रमहरूलाई बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित गरिने  ।
११. शिक्षा ऐन र नियमले व्यवस्था गरेको प्रावधान, नीति निर्देशन र परिपत्रको परिधिभित्र रही शिक्षक दरबन्दी मिलान  तथा विद्यालय समायोजन (खारेजी, गाभ्ने तथा तह र कक्षा घटाउने कार्य) गरिने ।
१२. निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि जिल्ला तथा स्थानीय स्तरमा साझेदारी गरिने ।
१३. यस जिल्लालाई निरक्षरमुक्त जिल्ला बनाउन गाविसगत रूपमा क्रमशः निरक्षरताको उन्मुलन गर्दै जाने रणनीति अनुसार “साक्षर नेपाल अभियान” लाई सबै विद्यालय, गैरसरकारी संस्था, तथा स्थानीय निकायहरूसंगको समन्वय र साझेदारीमा प्रभावकारी रूपमा सञ्चालन गरिने ।
१४.गैर सरकारी संस्थाहरूसंगको समन्वय, सामुदायिक सहभागिता र स्थानीय निकायहरूसँगको साझेदारीमा शिक्षामा पहुँच, गुणस्तर अभिवृद्घि तथा संस्थागत क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरू सञ्चालन गरिने ।
१५.सूचना प्रविधि तथा इन्टरनेट कनेक्टिभिटीको माध्यमबाट शिक्षणसिकाइ प्रभावकारी बनाइने साथै सामुदायिक तथा संस्थागत विद्यालयहरू बीच सूचना प्रविधिमा आधारित सञ्जाल स्थापना गरी असल र उत्कृष्ट अभ्यासहरूलाई पारस्परिक रूपमा आदान प्रदान र अवलम्बन गरिने ।
१६. शिक्षक र कर्मचारीहरू पेसागत कार्यमा अनियमित पाइएमा कानुन बमोजिम कारवाही गरी पेशाप्रति नियमित गराउँदै शैक्षिक सेवालाई थप प्रभावकारी बनाइने ।
१७.  निर्धारित मापदण्डभित्र भौतिक निर्माण सुधारका कार्यक्रमहरू सञ्चालन गरिने तथा विगतमा कार्यक्रम पाएर सम्पन्न गर्न नसकेका विद्यालयहरूलाई पुरानो कार्य सम्पन्न नहुँदासम्म नयाँ कार्यक्रम नदिइने र यी कार्यक्रमहरूलाई समयमा सम्पन्न गर्ने र गराइने ।
१८. प्रत्येक विद्यालयमा कम्तिमा “एक विद्यालय एक शौचालय” को व्यवस्था गरी विद्यालयलाई खुला दिसा पिसाप मुक्त क्षेत्र घोषणा गर्ने ।
१९. विद्यालयको भौतिक सुधार, शिक्षक व्यवस्थापन तथा प्रति विद्यार्थी लागत अनुदानहरूलाई न्युनतम सक्षमताको स्थिति (एःभ्ऋक) पनि पुरा हुन नसकेका विद्यालयहरूलाई प्राथमिकताको क्रममा राखी वितरण गर्ने ।  
२०.विद्यालय सुधार योजनालाई अद्यावधिक गराई गुणस्तर सुधारका लागि योजनाबद्व रूपमा अगाडि बढाइने तथा सामाजिक परीक्षणलाई विद्यालयका समग्र शैक्षिक गतिविधिको समीक्षा गरी भावी सुधारको बाटो पत्ता लगाउने माध्यमको रूपमा उपयोग गरी सामाजिक परीक्षणलाई विद्यालयको निकासासँग आबद्व गरिने ।
२१.जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई स्तरीकरण गरिने । २२.जिल्ला भित्रका सम्पूर्ण विद्यालयहरूको तथ्याङ्क प्रथम चौमासिक भित्रै सत्यापन गरी यथार्थ शिक्षक तथा विद्यार्थी विवरण सार्वजनिक गर्ने र सञ्चालनमा नरहेका बालविकास केन्द्र तथा अनुमति विना सञ्चालित विद्यालय भएको भए एक महिनाभित्र बन्द गर्ने ।
२३.विद्यालयमा पाठ्यपुस्तक समयमा नै नपुग्ने अवस्थालाई गम्भिरतापूर्वक लिने,  पाठ्यपुस्तकलाई समयमा नै पु¥याउने संयन्त्रलाई सक्रिय बनाइने र समयमा नै पाठ्यपुस्तकको प्राप्तीलाई सुनिश्चित गरिने । 
२४.प्रत्येक विद्यालयमा कम्तिमा “एक विद्यालय एक पुस्तकालयको” अवधारणा अनुसार पुस्तकालयको व्यवस्थापनका लागि सबै सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय तथा साझेदारी गर्ने ।
२५.विद्यालयको वातावरण मनोरम तथा स्वस्थ बनाउन विद्यालय परिसरमा वृक्षारोपण, सरसफाइ तथा फूलवारी व्यवस्थित गर्ने कुरालाई अभियानकै रूपमा लगी सो कुरालाई सबै विद्यालयमा प्राथमिकताका साथ कार्य गर्न सूचित गर्ने र विद्यालय अनुगमन गर्दा सो कुरालाई प्राथमिकताका साथ टिप्पणी गर्ने ।
२६.शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भए अनुसार म्याद सकिनु एक महिना अघिबाट नै विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठनको प्रक्रिया थालनी गर्ने र म्याद सकिएको तर विवादको कारण गठन हुन नसकेका विव्यस तथा शिक्षक अभिभावक संघलाई तुरून्त निष्पक्ष तथा प्रक्रियासंगत ढँगबाट गठन गर्न सबैबाट सहयोग उपलब्ध गराउने ।  
२७.जिल्लाको शैक्षिक योजना निर्माण, कार्यक्रम विकास तथा कार्यान्वयन र अन्य गतिविधिहरूमा जिल्लाका राजनीतिक दल, शिक्षकहरूका पेशागत संघ संगठन, प्याब्सन तथा एनप्याब्सन, गैर सरकारी संघसंस्था, विद्यार्थी, अभिभावक, शिक्षक, समुदाय, संचार माध्यम लगायत सम्पूर्ण शैक्षिक सरोकारवालाहरूको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धन गरिने ।

Monday, September 3, 2012

अध्यक्ष रुद्र भट्ट  र कोषाध्यक्ष बुद्धिमान शाक्यनलाङ
 काठमाडौं भाद १८ । छुट्टा–छुट्टै ठाउँमा भएको नलाङ र कटुञ्जे –काठमाडौ गणतान्त्रिक सम्पर्क समन्वय समितिको भेला शनिवार  सम्पन्न भएको छ । ताहचल क्याम्पस मा भएको धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च नलाङ समन्वय समितिको भेला र बालाजुमा सम्पन्न कटुन्जे–काठमाडौ गणतान्त्रिक मञ्चको प्रथम भेला उद्घाटन गदै नेकपा माओवादीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य पुष्पविक्रम मल्लले पार्टी फुटाएर मोहन वैद्य पक्षले सहिद, बेपत्ता घाइते र मजदुर किसान तथा आम सर्वहारावर्गलाई धोका दिएको बताउनु भएको थियो ।
भेलाले रुद्र भट्ट सुरेस अध्यक्ष रहने गरी १३ सदस्यीय धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च नलाङको नयाँ कार्यसमितिको गठन गरिएको छ । नव–गठित कार्यसमितिको उपाध्यक्षमा ओमनारायण श्रेष्ठ, सचिवमा पुर्णप्रसाद सिंखडा, सह–सचिव रेकमान तामाङ र कोषध्यक्षमा बुद्धिमान शाक्य चयन हुनुभएको छ । कार्यक्रमको अवसरमा महाधिवेशन आयोजक समितिका सदस्य बेदनिधि अधिकारी, धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष गणेश रेग्मी, संगठन विभागका संयोजक बद्रि नेपाल, लगायतको आतिथ्य रहेको थियो ।
यसैगरी धादिङ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्च कटुञ्जे समन्वय समितिको प्रथम भेला भेलाले डम्मर अधिकारी अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना श्रेष्ठ, सचिव अमित धमला र कोषध्याक्ष मदन श्रेष्ठ रहेका छन् । कार्यक्रमको अवसरमा एकीकृत नेकपा माओवादी तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्यद्वय आकाश शर्मा र सोम्बोले तामाङ, जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Tuesday, August 28, 2012


किशोर अधिकारी
धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्दाहरुमा रुधाखोकी लाग्ने, टाउँको दुख्ने, ज्वरो आउने र वान्ता गर्ने समस्या देखिएपछि  रोग नियन्त्रको लागि बैरेनी स्वास्थ्य चोकीका प्रमुख प्रवेश नेपालीको नेतृत्वको स्वास्थ्य कर्मीको टोली आज अपराह्रन रोग प्रभाववित क्षेत्रमा पुगेको हो । भाद्र महिनाको सुरुवात देखि फैलिएको रोगको कारण अधिकाँश विद्यार्थीहरु प्रभाववित भएका छन् ।
विद्यार्थीहरुमा रोगका कारण विरामी पर्न थालेपछि अमन्तादेवि माध्यामिक विद्यालय बैरेनीको पढाई  समेत प्रभावित बनेको थियो । आज अपराह्रन पुगेको स्वास्थकर्मीको टोलीले यो समाचार तयार पार्दा समेत १ सय जना विद्यार्थीहरु र ५० जना भन्दा बढि स्थानीय बासिन्दाको उपचार गरिसकेको अमन्तादेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विदुर वाग्लेले जानकारी दिनुभएको छ । गाउँमा रोगको प्रकोप बढेपछि गत भाद्र ७ गते गाउँघर क्लिनिकका प्रतिनिधि बुद्धिमान तामाङले केहि औषधि वितरण गरिदिएपनि रोग नियन्त्रणमा आउन सकेको छैन । 

Monday, August 27, 2012

धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लाका नेताहरुको कार्यविभाजन समेत गरेको छ । जसमा क्षेत्र नं.१मा रामबहादुर भण्डारी, क्षेत्र नं २ मा कल्पना धमला र क्षेत्र नं. ३ मा उत्तम कडेललाई संयोजक तोकेको छ । गाउँ सम्मेलनहरु सरलिकृत पार्न जिल्लालाई १३ वटा ईलाकामा विभाजन गर्दै ईलाका संयोजकहरुको समेत ठोस गरेको छ । जिल्ला संचार, प्रकाशन र स्कुलिङ जिल्ला संयोजक पुष्पविक्रम मल्ल रहने गरि आर्थिक व्यवस्थापन समितिमा पुष्पविक्रम मल्ल, बेधनीधि अधिकारी र कल्पना धमला रहेको समिति समेत बैठकले ठोस गरेको छ । बैठकका प्रमुख अतिथि आहुतीले पार्टी नयाँ बनेको बताउँदै सबै नेता कार्यकताहरु रुपान्तरण हुन निर्देशन दिनु भयो ।
बैठकमा सहभागिहरुलाई प्रशिक्षण दिदै उहाँले पार्टी नेतृत्वमा  गुट–उपगुटको अत्य भैसकेकोले जिल्लामा पनि पार्टीले क्षमता र योगदान हेरेर जिम्मेवारी दिइने बताउनु भएको थियो । बैठकमा ताम्सालिङ राज्य समिति सम्मेलन आयोजक सदस्यहरु हितबहादुर तामाङ, गंगा नारायण श्रेष्ठ, केशव नेपाल, धावा लामा, वेधनीधि अधिकारी, कल्पना धमला  देवि खड्का, लगायतको अतिथ्यता रहेको थियो ।
जिम्मेवारी हेर फेरमा को कहाँ परे
१. संयोजन– रामबहादुर भण्डारी, क्षेत्र नं. १ सह–– राजु नेपाल
२. संयोजन– कल्पना धमला, क्षेत्र नं. २ सह– विजय बुर्जाकोटी
३ संयोजन– उत्तम कडेल, क्षेत्र नं. ३
इलाका अन्तर्गत
१. संयोजन– राम सिंह, लापा, सेर्तुङ् तिप्लिङ र झार्लाङ
२. संयोजन– वीरबहादुर तामाङ गुम्दी, रि, दार्खा र सत्यदेवि
३. संयोजन– रामबहादुर थापा,  फुलखर्क र गुम्दी
४. संयोजन होमबहादुर ढकाल  बसेरी र बुढाथुम
५. संयोजनः सुशिला थापा सल्यानकोट, आगिञ्चोक, त्रिपुरेश्वर र सल्यानटार
६. संयोजनः अक्कलबहादुर तामाङ  मार्पाक सेमजोङ
७. संयोजनः आकाश शर्मा संयोजक धुँवाकोट, कटुञ्जे
८. संयोजनः गणेश तिवारी  चैनपूर, खरी, ढोला, मुरलीभञ्ज्याङ
९. संयोजनः राम ढकाल   साँङकोस र ज्यामरुङ
१०. संयोजनः प्रमोद पोखरेल  खाल्टे, सुनौलाबजार र कल्लेरी
११. संयोजनः भरत कोइराला गोगनपानी र केवलपूर
१२. संयोजनः दिपक विश्वकर्मा ः नलाङ , सलाङ, कुम्पुर मैदी
१३. संयोजनः रामबहादुर तामाङ  छत्रेदेउराली
१४. संयोजनः राजन रेग्मी नौविसे
१५. संयोजनः दिपक लामिछाने  जिवनपूर, थाँक्रे,भुमेस्थान र तसर्फु
१६. संयोजनः धुर्व सुवेदी, गजुरी, बैरेनी, पिडा र किराञ्चोक
१७. संयोजनः विनोद सिलवाल धुसा, बेनिघाट, जोगिमारा र महादेवस्थान
१८.  संयोजनः जिल्ला कार्यालय ः विनोदवाबु रिमाल
१९. संयोजन ः सृजना रिजाल नीलकण्ठ
 

Monday, August 20, 2012

धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको आँखाको क्यान्सर भएकाले भारतको एपोलो अस्पतालमा उपचार भैरहेको छ । खतिवडाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले संकलन गरिएको ७२ हजार ९ सय रुपियाँ खतिवडाकी धर्मपत्नी प्रतिभा पराजुलिलाई प्रदान गरिएको हो ।
यस अघि पनि जिल्लामा क्रियाशील पत्रकारहरुले ४४ हजार ४ सय रुपियाँ संकलन गरी उहाँको आँखाको उपचारका लागि सहयोग उपलब्ध गराएका थिए । उपचारमा आर्थिक समस्या उत्पन्न नहोस् भनेर अर्थ संकलन गरी पठाउने काम गरिएको अर्थ संकलन अभियानमा लागेका पत्रकार शिव सिलवालले बताउनुभएको छ । उहाँको उपचारका लागि सहिद स्मृति संचार सहकारी संस्थाको तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको छ भने पत्रकार महासंघ धादिङको तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएका जिल्लामा क्रियाशिल पत्रकारहरुले बताएका छन् ।
जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । बेपत्ता भएकाहरुको स्थानीय प्रहरीहरुको सहायतामा खोजि कार्य जारी रहेको छ ।
धादिङबेसी  भाद्र ४। जिल्ला विकास समिति धादिङ यतिबेला विवादमा मुछिएको छ । दलहरुको सहमति र सहकार्यमा सर्वदलिय संयन्त्र मार्फत संचालन हुँदै आएको विविस धादिङमा कर्मचारीतन्त्र हावि हुदै गएकोले जिविस र दलहरुको दुरी बढ्दै गएको दलहरुले आरोप लगाउने गरेका छन् ।
जिल्लामा क्रियाशील एमाले, काँग्रस बाहेकका दलले केहि हप्ता अघि जिविस प्राङ्गणमै एक कार्यक्रम गरी स्थानिय विकास अधिकारी,  प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको मिलेमतोमा जिल्लामा अनियमिता हुने गरेको सार्वजनिक गरेका थिए । स्थानीय विकास अधिकारी इन्दु घिमिरेले सदरमुकाम रिङ्रोड बनाउन छुट्टयाएको १६ लाख आफ्नो मनोमानी खर्च गरेको उनीहरुको आरोप थियो ।
आरोपसँगै रुष्ट बनेको जिविसले आर्थिक वर्ष २०६८/०६९ मा भए गरेका काम कार्वाहीका विषयमा वार्षिक समिक्षा कार्यक्रम आयोजना ग¥यो तर । अतिथ्यताकोे लगि पठाएकोे पत्रमा २०६७/०६८ सालको उपस्थितिको लागि पाठाइएको इन्दु घिमिरेको हस्ताक्षर रहेको पत्र यस्तो थियो वार्षिक समिक्षा वैठक भएकाले ०६८ श्रावण २९,३०र३१ लाई उपस्थितिको लागि अनुरोध गरिएको थियो । १ वर्ष अघिको मिति राखेर उपस्थिति हुन पत्र पठाउने जिविसले कसरी सकोस कार्यक्रम गर्न यस्तो गम्भीर त्रुटीका गर्न मिल्छ जिविसले  ?   जिविसका कर्मचारीको गम्भीर गल्तीलाई आँखा चिम्लेर सदर गर्ने स्थानीय विकास अधिकारी घिमिरेले दलहरु बीच सहमति बेगर नै  समिक्षा बैठक आयोजना गर्नु भएको नकार्न सकिन्न ।  उद्योग वाणिज्य संघको सभाहलमा समिक्षाका लागि पुगेका राजनीतिक कर्मी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरु हलमा प्रवेस गरि सके  पछि एकीकृत माओवादीले वार्षिक समिक्षा  दलहरुबिच छलफल नै नगरि  आयोजना गरिएको भन्दै स्थिगत गर्न भने पछि वैठक स्थानीय विकास अधिकारी इन्दु घिमिरेले स्थगित गर्नु भएको थियो । श्रावण २९, ३० र ३१ गते गर्ने भनिएको समिक्षा बैठक किन स्थगित भयो यस विषयमा एकिकृत माओवादी धादिङका रामबहादुर भण्डारीले एलडिओ इन्दु घिमिरेले दहरुबीच छलफल नै नगरी समिक्षा वैठक राखिएकोले पहिले नै छलपछि मात्र समिक्षा वैठक  राख्न भनेका थियौं तर, घिमिरे मान्नु भएन र कार्यक्रम स्थल नै पुगेर स्थागित गराएका हौं  । तत्काल ग्रमीण सडक मर्मत गर्ने र भाद्र १० गते पहिले ग्रामिण सडकमा यातायात संचालन गर्ने सहमति जिविसले कार्यान्वयन गरेको छैन । जिविसको काम कार्वाहीको विषयमा दलहरु र जिविसबीच बसेर आत्म समिक्षा नै नगरी कसरी हुन्छ खुल्ला समिक्षा ? भन्डारीले भन्नु भयो । अब समिक्ष वैठक कहिले हुन्छ जिज्ञासा राख्न जिल्ला बाहिर हुनुभएकोले इन्दु घिमिरेलीई फोन सम्पर्क गर्ने कोसिस ग¥यौं । दुई दिनको प्रयास पछि बल्ल घिमिरेले फोन रिसिभ गर्नु भयो तर, विरामी भएको ले पछि कुरा गर्ने बताउँदै फोन राख्नु भयो । त्यसपछि योजना अधिकृत जनकराज शर्मा र जिल्ला प्रमुख इन्जिनियर गुरुप्रसाद शर्मालाई भेट्ने सम्पर्क पनि उहाँहरु जिल्लाबाहिर रहनु भएकोले सफल भएनौं ।  अब कहिले हुन्छ २०६८/०६९को वार्षिक समिक्षा  अन्यौल नै छ ।

Thursday, August 16, 2012

धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्षिया रिता गुरुङको घटना स्थलम मृत्यु भएको हो । चट्याङमा परि स्थानीय लङ्गकुमारी अधिकारी गम्भिर घाईते हुनुभएको जिल्ला पैहरी कार्यलय धादिङले जानकारी दिएको छ । गम्भिर घाईते अधिकारीलाई थप उपचारको लागि काठमार्डौ लगिएको छ । सामान्य घाईते भएका अन्य ८ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानीय मेखबहादुर घलेले बताउनुभएको छ ।

यसैगरी चट्याङ लागेर चिमचोक निम्न माध्यामिक विद्यालय गुम्दी–२ का एकजना शिक्षकको घटनास्थलमै मृत्यु भएको छ । फोन गर्नको लागि नेबि डाँडामा जाने क्रममा विज्ञान शिक्षक तोयानाथ लोहनीको मृत्यु भएको विद्यालदयका शिक्षक सालिकराम अर्यालले बताउनुभएको छ । स्थाई घर चैनपुर भएका लोहनी विगत केहि वर्षदेखि सो विद्यालयमा अध्यापनरत हुनुहुन्थ्यो ।
धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसकेको गुनासो आईरहेको वेला आगामी दिनहरुमा कार्यको निरन्तर सर्वेक्षण गर्न जिल्लाका संघ–संस्थाहरुलाई कर्मचारीहरुको सुझाव थियो । धादिङमा सामाजिक जवाफदेहिताका लागि औजार परीक्षण परियोजना अन्तर्गत सार्वजनिक सेवाप्रवाहको बारेमा जानकारी दिने उद्देश्यले प्रो सिभिक सोसाईटी काठमाडौंले एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताईएको हो ।
बिश्व बैंकको नेपालमा जवाफदेहिता कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रको आर्थिक व्यबस्थापनमा सार्वजनिक गरिएको प्रतिवेदनमा प्रशासनको सेवा, गुणस्तर, सेवामा पहुँचको अवस्था र जिल्ला विकासमा पारदर्शिता लगायतका विषयहरु उल्लेख छ । प्रतिवेदनमा जिल्ला विकास समिति, जिल्ला मालपोत कार्यलय, जिल्ला प्रशासन कार्यलय, जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशु कार्यलय गरि जम्मा ५ वटा सरकारी कार्यलयहरुको सेवाप्रवाहको बारेमा विश्लेषण गरिएको छ । प्रो सिभिक सोसाईटी काठमाडौंका अध्यक्ष वसन्त राईको अध्यक्षता तथा सहायक–प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको प्रमुख आथ्यिमा सम्पन्न प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्थानीय विकास अधिकारी ईन्दु घिमिरे, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

मेसिन रिडेबल राहदानी लागू भएपछि काम नलाग्ने भएकाले स्टोरमा राखिएका राहदानी कर्मचारीकै लापरवाहीले हराएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयको भवन सर्नेक्रममा पुराना सामग्री रुजु गर्दा राहदानी हराएको तथ्य फेला परेको हो ।

हराएको राहदानीको विवरणसहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने अवस्थाबारे छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।

Wednesday, August 15, 2012

धादिङबेसी, ३२ श्रावण । नव गठित ड्यास नेकपा माओवादी धादिङ र उसको भातृ संगठन राष्ट्रिय जनसेवक संगठन आयोजनामा आज धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोरम्भा हत्या काण्ड दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा नेकपा माले धादिङका सचिव राजेन्द्र पौडेल, जनशक्ति पार्टी का नन्दलाल कार्पी लगायतले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रममा ड्यास माओवादीका धादिङ इन्चार्ज शेरबहादुर भण्डारीले ६ वर्ष अघि रामेछाप दोरम्बा हत्याकाण्डको बारे बताउँदै । नेपाली जनताले चाहना गरेको नयाँ नेपाल अहिले को परिस्थि र यी भष्ट्रचारी जनदुष्मनहरुले बनाउन नसक्ने बताउँदै । नव गठित माओवादी जनताको बलिदानी दिन समेत तयार रहेको बताउनु भएको थियो । उहाँले जनयूद्धलाई खिल्ली उडाउँदै कमाउ धन्दामा एकिकृत माओवादी अगाडी बढेकोले आफुहरुले नयाँ माओवादी पार्टी गठन गर्न बाध्य भएको समेत बताउनु भएको थियो । इन्चार्ज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको राष्ट्रिय जनसेवक धादिङका अध्यक्ष सुवास अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts