Saturday, December 15, 2012

धादिङ ३० मंसिर । चन्द्रकान्त अधिकारीलाई अध्यक्षतमा निर्विरोध चयन गर्दै धादिङ उद्योग वाणिज्य संघको १९औं साधारणसभा तथा सातौं अधिवेशन आज धादिङबेसीमा सम्पन्न भएको छ ।
निर्वाचन मण्डलका संयोजक गोविन्दराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा राजनैतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि जिल्ला भरमा रहेको उद्योग व्यावसायी लगायत जिल्लामा क्रियाशील प्रत्रकारहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष पदमा दुई जनाको दावि रहेपनि कल्पना अधिकारीको प्यानलले आज बिहान उम्मेद्वारी फिर्ता लिएपछि चन्द्रकान्त अधिकारीको प्यानल सर्वसम्मत विजयी भएको हो ।
 विजयी हुने सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक गोविन्दराज श्रेष्ठले आजै सपथ ग्रहण गराउनु भएको थियो । सो अवसरमा बोल्दै नव–निर्वाचित अध्यक्ष अधिकारीले जिल्लाको आर्थिक तथा सामाजिक विकासको लागि विभिन्न प्रकारको कार्यक्रमहरु ल्याउने बताउनु भयो । जिल्लाको खहरे बजार र आरुघाट बजार विस्थापित हुने अवस्था आएको भन्दै उहाँले बन्द हड्ताल जस्तो कार्य नर्गको लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।
    
उद्योग व्यावसायीहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म जिल्लाको आर्थिक अवस्था नसुध्रने भन्दै अधिकारीले व्यावसायीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो । जिल्लामा अत्याधिक रुपमा सम्भावना रहेको पर्यटन, जलविद्युत तथा कृषि क्षेत्रमा जोड दिन सकेमात्र जिल्लाको समग्र विकास हुने भन्दै अधिकारीले यस्तो काममा सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
 अधिवेशनको हिजो नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिकारले उद्घाटन गर्नुभएको थियो । यसैबीच निर्वाचन प्रक्रियामा सहभागी भएपनि उम्मेदवारी फिर्ता लिएका एमाले काँग्रेस निकट व्यवसायीहरुको प्यानलले आज नै नयाँ उद्योग वाणिज्य संघ, धादिङको घोषणा गरेको छ । धादिङबेसीको क्याम्पस चोकमा सार्वजनिक कार्यक्रम गर्दै कल्पना अधिकारीको अध्यक्षतामा २७ सदस्यीय उद्योग वाणिज्य संघ धादिङको घोषणा गरेका छन् । स्थापनाको २१ बर्षपछि धादिङ उद्योग वाणिज्य संघमा यस्तो विवाद देखिएको हो ।


0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts