
संघर्षरत किसानहरुलाई प्रहरीले निर्ममतापूर्वक अश्रु ग्याँस प्रहार गरेको स्थानीय सञ्चारकर्मी राज ढुंगानाले बताए ।
अश्रु ग्याँस प्रहारबाट दुई स्थानीय सञ्चारकर्मी तथा पत्रकार महासंघका साधारण सदस्य भुवन पौडेल लगायत स्थानीय किसानहरु घाइते भएका छन् । किसानहरुको राजमार्ग अवरुद्ध लगायत लामो समयसम्मको संघर्ष पछि अन्ततः प्रहरीले उक्त मासु नष्ट गरेको छ । काठमाडौंबाट गएको पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै पठाउन खोजेपछि तनाव भएको हो ।
धादिङ प्रहरी प्रमुख विकासराज खनालले मासु काठमाडौं पु¥याएरै छाड्ने भन्दै नष्ट गर्न अस्वीकार गरेका थिए । किसान अघि बढेपछि प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको हो । केएफसीले भारतबाट ५ हजार केजी भन्दा बढी अवैध कुखुराको मासु दुईवटा भारतीय ट्रकमा ल्याइएको अवस्थामा स्थानीय कुखुरा व्यवसायीले धार्केमा नियन्त्रणमा लिई प्रशासनलाई बुझाएका थिए ।
0 comments:
Post a Comment