Monday, August 20, 2012

धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको आँखाको क्यान्सर भएकाले भारतको एपोलो अस्पतालमा उपचार भैरहेको छ । खतिवडाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले संकलन गरिएको ७२ हजार ९ सय रुपियाँ खतिवडाकी धर्मपत्नी प्रतिभा पराजुलिलाई प्रदान गरिएको हो ।
यस अघि पनि जिल्लामा क्रियाशील पत्रकारहरुले ४४ हजार ४ सय रुपियाँ संकलन गरी उहाँको आँखाको उपचारका लागि सहयोग उपलब्ध गराएका थिए । उपचारमा आर्थिक समस्या उत्पन्न नहोस् भनेर अर्थ संकलन गरी पठाउने काम गरिएको अर्थ संकलन अभियानमा लागेका पत्रकार शिव सिलवालले बताउनुभएको छ । उहाँको उपचारका लागि सहिद स्मृति संचार सहकारी संस्थाको तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको छ भने पत्रकार महासंघ धादिङको तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएका जिल्लामा क्रियाशिल पत्रकारहरुले बताएका छन् ।

Related Posts:

  • चर्चित गुण्डाहरुले एमाले रोजेधादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा… Read More
  • विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द१० साउन, चितवन । ड्यास माओवादीका सचिव  नेत्रविक्रम चन्दले भारतसँग   सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोज… Read More
  • भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More
  • 'नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी'काठमाडौ, श्रावण १० - माओवादी, कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी भएको बताएका छन् । उनीहरुले थप छलफल गरेर सहमतिमा पुग्ने सहमति बनेकोसमेत उल्लेख गरे ।  बुधबार एमाले कन्द्रीय … Read More
  • कक्षा १२ को विज्ञान विषयमा ७२.३१ उत्तीर्णकाठमाडौं, श्रावण ७ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को आइतबार प्रकाशित परीक्षाफलमा ७२‌.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts