Showing posts with label breakingnews. Show all posts
Showing posts with label breakingnews. Show all posts

Monday, September 3, 2012

१९ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक अहिले जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा पार्टीको आगामी महाधिबेशनमा प्रस्तुत गर्ने प्रतिवेदनको तयारी, नियुक्त गर्न बाँकी महाधिबेशन प्रतिनिधिको नियुक्ति लगायत बिषयमा छलफल भईरहेको छ ।
पार्टी भित्र महाधिबेशन समितिमा आफूहरुको सम्मानजनक सहभागीताका नभएको भन्दै मधेसी नेताहरुले भने असन्तुष्टि जनाउँदै आएका छन् ।
माओबादीले महाधिबेशनमा प्रस्तुत गर्ने प्रतिबेदन बनाउन पदाधिकारीलाई जिम्मेवारी दिएको छ । बैठकमा आज दिउँसो सत्तारुढ गठबन्धनले गर्ने अन्तरक्रिया र समसामयिक राजनीतिक बिषयमासमेत छलफल गरिने माओवादीले जनाएको छ ।

Tuesday, August 28, 2012


किशोर अधिकारी
धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्दाहरुमा रुधाखोकी लाग्ने, टाउँको दुख्ने, ज्वरो आउने र वान्ता गर्ने समस्या देखिएपछि  रोग नियन्त्रको लागि बैरेनी स्वास्थ्य चोकीका प्रमुख प्रवेश नेपालीको नेतृत्वको स्वास्थ्य कर्मीको टोली आज अपराह्रन रोग प्रभाववित क्षेत्रमा पुगेको हो । भाद्र महिनाको सुरुवात देखि फैलिएको रोगको कारण अधिकाँश विद्यार्थीहरु प्रभाववित भएका छन् ।
विद्यार्थीहरुमा रोगका कारण विरामी पर्न थालेपछि अमन्तादेवि माध्यामिक विद्यालय बैरेनीको पढाई  समेत प्रभावित बनेको थियो । आज अपराह्रन पुगेको स्वास्थकर्मीको टोलीले यो समाचार तयार पार्दा समेत १ सय जना विद्यार्थीहरु र ५० जना भन्दा बढि स्थानीय बासिन्दाको उपचार गरिसकेको अमन्तादेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विदुर वाग्लेले जानकारी दिनुभएको छ । गाउँमा रोगको प्रकोप बढेपछि गत भाद्र ७ गते गाउँघर क्लिनिकका प्रतिनिधि बुद्धिमान तामाङले केहि औषधि वितरण गरिदिएपनि रोग नियन्त्रणमा आउन सकेको छैन । 

Monday, August 27, 2012

धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लाका नेताहरुको कार्यविभाजन समेत गरेको छ । जसमा क्षेत्र नं.१मा रामबहादुर भण्डारी, क्षेत्र नं २ मा कल्पना धमला र क्षेत्र नं. ३ मा उत्तम कडेललाई संयोजक तोकेको छ । गाउँ सम्मेलनहरु सरलिकृत पार्न जिल्लालाई १३ वटा ईलाकामा विभाजन गर्दै ईलाका संयोजकहरुको समेत ठोस गरेको छ । जिल्ला संचार, प्रकाशन र स्कुलिङ जिल्ला संयोजक पुष्पविक्रम मल्ल रहने गरि आर्थिक व्यवस्थापन समितिमा पुष्पविक्रम मल्ल, बेधनीधि अधिकारी र कल्पना धमला रहेको समिति समेत बैठकले ठोस गरेको छ । बैठकका प्रमुख अतिथि आहुतीले पार्टी नयाँ बनेको बताउँदै सबै नेता कार्यकताहरु रुपान्तरण हुन निर्देशन दिनु भयो ।
बैठकमा सहभागिहरुलाई प्रशिक्षण दिदै उहाँले पार्टी नेतृत्वमा  गुट–उपगुटको अत्य भैसकेकोले जिल्लामा पनि पार्टीले क्षमता र योगदान हेरेर जिम्मेवारी दिइने बताउनु भएको थियो । बैठकमा ताम्सालिङ राज्य समिति सम्मेलन आयोजक सदस्यहरु हितबहादुर तामाङ, गंगा नारायण श्रेष्ठ, केशव नेपाल, धावा लामा, वेधनीधि अधिकारी, कल्पना धमला  देवि खड्का, लगायतको अतिथ्यता रहेको थियो ।
जिम्मेवारी हेर फेरमा को कहाँ परे
१. संयोजन– रामबहादुर भण्डारी, क्षेत्र नं. १ सह–– राजु नेपाल
२. संयोजन– कल्पना धमला, क्षेत्र नं. २ सह– विजय बुर्जाकोटी
३ संयोजन– उत्तम कडेल, क्षेत्र नं. ३
इलाका अन्तर्गत
१. संयोजन– राम सिंह, लापा, सेर्तुङ् तिप्लिङ र झार्लाङ
२. संयोजन– वीरबहादुर तामाङ गुम्दी, रि, दार्खा र सत्यदेवि
३. संयोजन– रामबहादुर थापा,  फुलखर्क र गुम्दी
४. संयोजन होमबहादुर ढकाल  बसेरी र बुढाथुम
५. संयोजनः सुशिला थापा सल्यानकोट, आगिञ्चोक, त्रिपुरेश्वर र सल्यानटार
६. संयोजनः अक्कलबहादुर तामाङ  मार्पाक सेमजोङ
७. संयोजनः आकाश शर्मा संयोजक धुँवाकोट, कटुञ्जे
८. संयोजनः गणेश तिवारी  चैनपूर, खरी, ढोला, मुरलीभञ्ज्याङ
९. संयोजनः राम ढकाल   साँङकोस र ज्यामरुङ
१०. संयोजनः प्रमोद पोखरेल  खाल्टे, सुनौलाबजार र कल्लेरी
११. संयोजनः भरत कोइराला गोगनपानी र केवलपूर
१२. संयोजनः दिपक विश्वकर्मा ः नलाङ , सलाङ, कुम्पुर मैदी
१३. संयोजनः रामबहादुर तामाङ  छत्रेदेउराली
१४. संयोजनः राजन रेग्मी नौविसे
१५. संयोजनः दिपक लामिछाने  जिवनपूर, थाँक्रे,भुमेस्थान र तसर्फु
१६. संयोजनः धुर्व सुवेदी, गजुरी, बैरेनी, पिडा र किराञ्चोक
१७. संयोजनः विनोद सिलवाल धुसा, बेनिघाट, जोगिमारा र महादेवस्थान
१८.  संयोजनः जिल्ला कार्यालय ः विनोदवाबु रिमाल
१९. संयोजन ः सृजना रिजाल नीलकण्ठ
 
धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत निर्णयहरु गर्दै नेताहरुको कार्य विभाजन समेत गरेको छ । जिल्ला समितिदेखि सेल सम्मका बैठक भेलालाई सातौ विस्तारित बैठकले पारित गर्दै वैचारिक राजनैतिकलाई मुल स्पिरिटद्धारा प्रशिक्षित गरी सिँगै पार्टी पंक्तिलाई नयाँ उचाईमा पु¥याउने संकल्प पनि तामसालिङ सम्मेलन आयोजक समितिको पूर्ण वैठकले गरेको बताइएको छ ।। 
जस अन्तर्गत एमाओवादीले भाद्र ५ गते ताम्सालिङ राज्यभित्र रहेका सम्पूर्ण जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु र जिल्ला सल्लाहकारहरुलाई केन्द्रीय कार्यालयको उपस्थितिमा बैचारिक राजनैतिक प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणमा धादिङबाट २ सय भन्दा बढी जिल्ला नेताहरु सहभागी  थिए ।
पूर्ण बैठकले तामसालिङ राज्य भित्र पर्ने धादिङ, नुवाकोट, रसुवा, कार्भे, चितवन, दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाहरुमा सम्मेलन आयोजक समितिको ठोस  कार्यविभाजन समेत गरेको बुझिएको छ । जसमा जनमुक्तिमार्ग साप्ताहिकले प्राप्त गरेको  श्रोतका अनुसार धादिङ क्षेत्र नं. १ का पूर्व सभाषद एवम् पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज  पुष्पविक्रम मल्ललाई राज्यकार्यालय, धादिङ सम्मेलन आयोजक समितिको संयोजक र वुद्धिजीवि इन्चार्जको जिम्मेवारी ठोस गरेको  छ । त्यसै गरी पूर्व केन्द्रिय सदस्य तथा राष्ट्रिय महादिवेशन आयोजक समितिका सदस्य वेदनीधि अधिकारीलाई राज्य सम्मेलन  प्रमुख आयुक्त रहने गरी ठाकुर ढकाल र दिनानाथ गौतम रहेको राज्य निर्वाचन आयोग गठन गरेको छ । यसै गरि महिला, दलित र आधारभूत वर्गबाट आएका कार्यकर्ताको संरक्षण र विकासका लागि योजना बनाउन  विश्वभक्त दुलाल ‘आहुति’ को संयोजकत्वमा मीना तामाङ ‘रञ्जिता’ र  उमा देवकोटा ‘सामना’ रहेको कार्यदल पनि बनाएको छ ।
उता पूर्वमन्त्री समेत रहनु भएकी तथा धादिङ क्षेत्र नं. २ की पूर्व सभासद कल्पना धमलालाई भुगोल धादिङ  र राज्य स्तरीय विद्यार्थी र कानुन इन्चार्जको जिम्मेवारी समेत ठोस गरेको माओवादी श्रोतले बताएको छ । जनवर्गीय जिल्ला संगठन समितिलाई भंग गरी  त्यसलाई जवस समन्वय समितिमा रुपान्तरण गर्ने  निर्णय समेत गरेको छ । प्रायस सवै संगठन र मोर्चाहरु भंग भएको जानकारी गराएको उक्त राज्य सम्मेलन आयोजकको पूर्ण बैठकमा  सांस्कृतिक मोर्चा जिल्ला संगठन समिति हाललाई कायम राखी तत्कालै केन्द्रसँग परामर्श गरी राज्य कार्यालयले आवश्यक निर्णय लिने बताएको थियो ।
विभिन्न जवस र मोर्चाहरुको जिल्ला सम्मेलनको योजना जिल्ला सम्मेलन आयोजक समितिले र राज्य सम्मेलनको योजना राज्य कार्यालयले जवस र मोर्चाका केन्द्रीय योजनासँग मिलान गरी गर्ने । नेताहरुको कार्य विभाजन गर्दै अत्यन्त महत्वपूर्ण योजना बनाएको बताएकोे छ । राज्य सम्मेलन समितिको पूर्ण बैठक पछि धमाधम जिल्ला सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । जस अन्तर गत भाद्र ७ गते रसुवा ८ गते नुवाकोट र भाद्र १० गते धादिङको सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको थियो । त्यसैगरी     चितवन भाद्र ११ गते मकवानपुर भाद्र १२ गते सिन्धुली, १३ गते काभ्रे १५ गते सिन्धुपाल्चोक १६ गते दोलखा १७ गते रामेछापमा १८ गते सम्पन्न हुने एकीकृत माओवादीले बताएको छ ।

Monday, August 20, 2012

धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको आँखाको क्यान्सर भएकाले भारतको एपोलो अस्पतालमा उपचार भैरहेको छ । खतिवडाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले संकलन गरिएको ७२ हजार ९ सय रुपियाँ खतिवडाकी धर्मपत्नी प्रतिभा पराजुलिलाई प्रदान गरिएको हो ।
यस अघि पनि जिल्लामा क्रियाशील पत्रकारहरुले ४४ हजार ४ सय रुपियाँ संकलन गरी उहाँको आँखाको उपचारका लागि सहयोग उपलब्ध गराएका थिए । उपचारमा आर्थिक समस्या उत्पन्न नहोस् भनेर अर्थ संकलन गरी पठाउने काम गरिएको अर्थ संकलन अभियानमा लागेका पत्रकार शिव सिलवालले बताउनुभएको छ । उहाँको उपचारका लागि सहिद स्मृति संचार सहकारी संस्थाको तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको छ भने पत्रकार महासंघ धादिङको तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएका जिल्लामा क्रियाशिल पत्रकारहरुले बताएका छन् ।
जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । बेपत्ता भएकाहरुको स्थानीय प्रहरीहरुको सहायतामा खोजि कार्य जारी रहेको छ ।

Thursday, August 16, 2012

धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्षिया रिता गुरुङको घटना स्थलम मृत्यु भएको हो । चट्याङमा परि स्थानीय लङ्गकुमारी अधिकारी गम्भिर घाईते हुनुभएको जिल्ला पैहरी कार्यलय धादिङले जानकारी दिएको छ । गम्भिर घाईते अधिकारीलाई थप उपचारको लागि काठमार्डौ लगिएको छ । सामान्य घाईते भएका अन्य ८ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानीय मेखबहादुर घलेले बताउनुभएको छ ।

यसैगरी चट्याङ लागेर चिमचोक निम्न माध्यामिक विद्यालय गुम्दी–२ का एकजना शिक्षकको घटनास्थलमै मृत्यु भएको छ । फोन गर्नको लागि नेबि डाँडामा जाने क्रममा विज्ञान शिक्षक तोयानाथ लोहनीको मृत्यु भएको विद्यालदयका शिक्षक सालिकराम अर्यालले बताउनुभएको छ । स्थाई घर चैनपुर भएका लोहनी विगत केहि वर्षदेखि सो विद्यालयमा अध्यापनरत हुनुहुन्थ्यो ।
धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसकेको गुनासो आईरहेको वेला आगामी दिनहरुमा कार्यको निरन्तर सर्वेक्षण गर्न जिल्लाका संघ–संस्थाहरुलाई कर्मचारीहरुको सुझाव थियो । धादिङमा सामाजिक जवाफदेहिताका लागि औजार परीक्षण परियोजना अन्तर्गत सार्वजनिक सेवाप्रवाहको बारेमा जानकारी दिने उद्देश्यले प्रो सिभिक सोसाईटी काठमाडौंले एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताईएको हो ।
बिश्व बैंकको नेपालमा जवाफदेहिता कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रको आर्थिक व्यबस्थापनमा सार्वजनिक गरिएको प्रतिवेदनमा प्रशासनको सेवा, गुणस्तर, सेवामा पहुँचको अवस्था र जिल्ला विकासमा पारदर्शिता लगायतका विषयहरु उल्लेख छ । प्रतिवेदनमा जिल्ला विकास समिति, जिल्ला मालपोत कार्यलय, जिल्ला प्रशासन कार्यलय, जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशु कार्यलय गरि जम्मा ५ वटा सरकारी कार्यलयहरुको सेवाप्रवाहको बारेमा विश्लेषण गरिएको छ । प्रो सिभिक सोसाईटी काठमाडौंका अध्यक्ष वसन्त राईको अध्यक्षता तथा सहायक–प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको प्रमुख आथ्यिमा सम्पन्न प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्थानीय विकास अधिकारी ईन्दु घिमिरे, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

मेसिन रिडेबल राहदानी लागू भएपछि काम नलाग्ने भएकाले स्टोरमा राखिएका राहदानी कर्मचारीकै लापरवाहीले हराएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयको भवन सर्नेक्रममा पुराना सामग्री रुजु गर्दा राहदानी हराएको तथ्य फेला परेको हो ।

हराएको राहदानीको विवरणसहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने अवस्थाबारे छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।
 ३२ साउन, एजेन्सी । नेपालबाट झण्डै एक घण्टामा लण्डन पुग्न सक्ने गरी निर्माण गरिएको अमेरिकि द्रुत गतिको हाइपरसोनिक जेट वेबराइडर विमान परीक्षण असफल भएको छ । अमेरिकाको यो महत्वाकांक्षी बिपान पाँच हजार सात सय ९५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा उड्ने भनिएको थियो ।

मानवरहित उक्त विमानलाई ध्वनिको गतिभन्दा ६ गुणा बढी रफ्तारमा उडान भर्नका लागि तयार गरिएको अमरिकि नौसेनाले बताएको थियो । मुख्यत सैन्य प्रयोजनकै लागि निर्माण गरिएको यस बिमान परीक्षणका दौरान पंखामा समस्या देखिएपछि दुर्घटनाग्रस्त भई समुद्रमा खसेको अधिकारीहरूको भनाइ छ ।

अमेरिकी वायुसेनाका अनुसार उडान सुरु गरेको १४ सेकेन्डमै विमान दुर्घटनाग्रत भएको हो ।

Saturday, August 11, 2012

धादिङ, साउन २८ । वर्षायामको सुरुवातसँगै पृथ्वी राजमार्गका दुर्घटना बढेका कारण साउन महिनामा मात्रै ३० ले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । चालकको लापरबाही र लामो दूरीमा एकमात्र चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५ गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन् । दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको हो । राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको प्रहरीको ठम्याई छ । साँघुरो सडक, घुमाउरो मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्काे कारण हो । सडकको बिग्रंदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एक जना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ । चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्काे कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवं प्रहरी निरीक्षक हेमन्त थापा बताउनुहुन्छ । नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबिन नराखिनाले दुर्घटना बढी भएको उनको भनाइ छ ।
राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वर्षायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् । त्रिभुवन राजपथको पीपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको ८४ किलोमिटरभित्र गत आर्थिक वर्षमा ६३ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ४ बालक, ४ बालिका, ८ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान गुमाएका थिए । सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका थिए ।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग स्वयंसेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्‍याउँदै आएको र दुर्घटनापछि प्राथमिक उपचार र उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप खरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका प्रहरी निरीक्षक थापाको भनाइ छ ।

Thursday, August 9, 2012

शालिकराम दुवाडी
धादिङ २६ श्रावण, ढोला/ जिल्लाको ढोला गाउँ विकास समिति स्थित स्वास्थ्य चौकीको आयोजनामा विहिवार ढोला–६, राना चौतारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गत आर्थिक बर्ष २०६७/६८ सालको ३ लाख ७२ हजार ५ सय ५० रुपैयाको आर्थिक प्रतिवेदन सार्वजनिक थियो । कार्यक्रममा स्वास्थ्य चौकि ईञ्चार्ज मोठ  अमानुलाहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाविस स्तरिय राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्य स्वयमंसेविका तथा बुद्धिजिबीहरुको सहभागिता रहेको थियो ।
किशोर अधिकारी
धादिङ २६ श्रावण किराञ्चोक । अबिरल बर्षाको कारण किराञ्चोक–१ प्रवाङमा विहिवार स्थानीय सरोज अधिकारीको २ तले कच्चि घर भत्किएको छ । घर भत्किँदा घरमा रहेको अन्नपात, लत्ताकपडा र जिन्सी सामानहरु पुरीदा २ लाख बराबरको क्षती पुगेको स्थानीय बासिन्दाले बताएका छन् । किराञ्चोकमा मात्र यसपाली एक दर्जनभन्दा बढि घर भत्किएको छ पिडितहरुले राहतको लागी हात फैलाए पनि राहत पाउन नसकेको गनासो गरेका छन् ।
 गोरखा श्रावण २६ । गोरखा तान्द्राङ–३ मा विहिवार प्राथमिक स्वस्थ्य सेवा गाउँ घर क्लिनिक सञ्चालनको लागि समुदाय परिचालन सम्वन्धी १ दिने गोष्ठि सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय गोर्खाको सहयोग र तान्द्राङ उपस्वस्थ्य चौकी गोर्खाको आयोजनामा सम्पन्न गोष्ठिमा तान्द्राङ उप–स्वास्थ्य चौकीबाट प्रदान गरिएको परिवार नियोजन, सुरक्षित मातृत्व, बाल स्वस्थ्य सेवा जस्ता सामन्य उपचार सेवाको बारेमा जानकारी गराईएको थियो ।
तान्द्राङ उप–स्वस्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ बन्जाराको अध्यक्षता र तान्द्राङ उप–स्वास्थ्य चौकीका डट्सका अध्यक्ष कृष्ण बहादुर लामिछानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,स्थानिय आमा समुह, उपस्वस्थ्य चौकीका कर्मचारीहरुको सभागिता रहेको थियो । गोष्ठिमा तान्द्राङ उपस्वस्थ्य चौकी प्रमुख भेषराज खनालले सहजिकरण गर्नुभएको तान्द्राङबाट कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभएको छ ।
नुवाकोट श्रावण २६ । नुवाकोटको विदुरमा व्यावसायिक अनारखेती शुरु भएको छ । स्थानीय रामेश्वर अधिकारीले शुरु गर्नुभएको व्यवसायीक अनार खेतीको आज एक कार्यक्रमबीच औपचारिक सुभारम्भ गरिएको हो । खेतीका लागि अधिकारीलाई दर्पण सहकारी संस्थाले ६ महिनाका लागि निब्र्याजी ऋण प्रदान गरेको छ । अधिकारीले पाँच रोपनी जग्गामा दुई सय विरुवा रोप्नुभएको छ ।

Monday, August 6, 2012

२३ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाउँ विकास वडा न ६ कमेरेमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।  १० जनाको घटनास्थलमै र अन्य २ जनाको काठमाडौंको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृतकमध्ये १० जनाको मात्रै सनाखत हुन सकेको छ । मृत्यु हुनेमा कोपवा ४ कपिलबस्तुका २३ बर्षीय बलिराम चौधरी, रुद्रपुर २ रुपन्देहीका २२ बर्षीय मोहन नगरकोटी, नानपकडी ४ रुपन्देहीका २९ बर्षीय फणिन्द्र सुवेदी र तम्घास १ गुल्मीकी ५५ बर्षीया पार्वती घर्तिमगर रहेका छन् । यस्तै रुपन्देही कपुवा ६ तीनघरुवाका २६ बर्षीय राममिलन चौधरी, बुटवल १३ की २४ बर्षिय शुशिला घर्तिमगर, बुटवल १ रुपन्देहीका २० बर्षीय रञ्जन थापा, बुटवल १५ का ३६ बर्षिय शेरबहादुर थापा, कपुवा ८ कपिलबस्तुका ३४ बर्षिय किशोर चौधरी र ढिकुरा ६ अर्घाखाँचिका १९ बर्षिय केशव सारुको पनि सनाखत भएको छ ।
बुटवलबाट ४० यात्रु सहित काठमाडौंका लागि छुटेको लु १ ख ७०५१ नम्बरको बस विहान चार बजे महेश खोलामा खसेको हो । बीचबाटोबाट अन्य यात्रुहरु पनि चढेको हुनसक्ने भएकोले बसमा कति यात्रु थिए भन्ने एकीन भएको छैन । बस सिधा बाटोमा दुर्घटना भएकोले चालकको लापरबाही हुनसक्ने अनुमान गरिएको छ । अहिले सम्म चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।  आज एमाले निकट युवा संघले ६ बजेदेखि १० सम्म नेपाल बन्दको घोषणा गरेकाले उक्त समयभन्दा अगाडी बस गन्तव्यमा आउनका लागि तिब्र गतिमा चलाइएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

Friday, August 3, 2012

 श्रावण २० काठमाडौं- राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरभित्र राखिएका एक कैदीले राजधानी र बाहिरका विभिन्न सहरमा बम विस्फोटको योजना बनाएको तथ्य खुलेको छ । ललितपुरको एजम्सन चर्चमा तीन जनाको ज्यान जाने गरी बम विस्फोट गराएका डिफेन्स आर्मीका अध्यक्ष रामप्रसाद मैनालीले बाहिर रहेका कार्यकर्ता परिचालन गरी बम विस्फोटको योजना बनाएको प्रहरीले फेला पारेको हो ।
उच्च प्रहरी स्रोतका अनुसार यिनीहरूले राजधानीको कुनै एक चर्चित सिनेमा हल, सार्वजनिक सवारी साधन र विराटनगरको बसपार्कमा बम विस्फोटको तयारी गरेका थिए । 'सर्वसाधारणको बढी चहलपहल हुने स्थानमा विस्फोट गराउने योजना रहेछ,' अनुसन्धान समितिमा रहेका एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'समयमा थाहा नभएको भए ठूलो क्षति हुने थियो ।'

काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको तिथि प्रस्ताव गरेको हो । पार्टीको केन्द्रीय नेतृत्वले सहमति दिएपछि नेविसंघले महाधिवेशन तयारी थाल्ने जानकारी अध्यक्ष कर्णले दिए ।
नेविसंघले केन्द्रीय महाधिवेशन लहान, विराटनगर, काठमाडौं, झापा, पोखरा, बुटवल र धनगढीमध्ये कुनै एक ठाउँमा गर्ने प्रस्ताव गरेको छ । नेविसंघले इकाई, क्षेत्रीय, जिल्लादेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासमेत तय गरेको छ । कार्यतालिकाअनुसार नेविसंघले असोज २९ गते देशभरका सरकारी, निजी क्याम्पस, प्राविधिक शिक्षालय, मावि र उच्च माविमा अनिवार्य रूपमा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम राखेको छ ।
नेविसंघले मंसिर २१ देखि २५ गतेसम्म देशभरका २४० वटै क्षेत्रमा संघको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तिथि तय गरेको छ ।

Thursday, August 2, 2012

साउन १९  पोखरा / नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको पोखरामा साउन २० र २१ गते हुने प्रथम जिल्ला भेलाको तयारी पुरा भएको छ । 
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनमा तमुवान अन्र्तगतका जिल्लाहरु समेतबाट पर्यवेक्षकको सहभागीत रहने भेलामा करिब तीन लाख खर्च हुने  भोलिन्टियर्सका सचिव केवी तमुले बताए । 
पोखरा सभागृहमा हुने भेलाको उद्घाटन कार्यक्रम पुर्व सभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुग्ने भएको छ । भेलाको पहिलोदिन उद्घाटन मन्तव्य, विविध साँस्कृतिक प्रस्तुती, तमुवानको आन्दोलनका घाइतेलाई सम्मान गर्ने र दोश्रो दिन प्रशिक्षण, भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गर्न समापन हुने संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।
साउन १९,
बिमलराज ढकाल धादिङ /
हिजो बिहीवार साँझ धादिङको सांकोष एक (-१) डुढेचौतारामा एक ब्यक्तिको हत्या भएको छ । छिमेकी बिमल मगर र रेगमान तमाङले धारिलो हतियार प्रयोग गरी धादिङ सांकोष १ देवस्थानका चौँतिस (३४) वर्षिय स्वस्थ बहादुर गिदेल मगरको हत्या गरेका हुन । उनको शवलाई पोस्ट मार्टमको लागी हिजै राती जिल्ला अस्पताल धादिङ लगिएको छ । हत्या गरेका दुवै जना फरार रहेका छन । फरार दुवै जनाको खोजी कार्य भै रहेको र हत्याको कारणबारे पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ 

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts