शालिकराम दुवाडी
धादिङ २६ श्रावण, ढोला/ जिल्लाको ढोला गाउँ विकास समिति स्थित स्वास्थ्य चौकीको आयोजनामा विहिवार ढोला–६, राना चौतारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गत आर्थिक बर्ष २०६७/६८ सालको ३ लाख ७२ हजार ५ सय ५० रुपैयाको आर्थिक प्रतिवेदन सार्वजनिक थियो । कार्यक्रममा स्वास्थ्य चौकि ईञ्चार्ज मोठ अमानुलाहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाविस स्तरिय राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्य स्वयमंसेविका तथा बुद्धिजिबीहरुको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment