Thursday, August 9, 2012

धादिङबेसी २६ श्रावण ।  बिभिन्न माग राख्दै यातायात व्यावसायीहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । व्यावसायीहरुको बन्दका कारण देशभरमा भाडाका सवारी साधन विहानैदेखि चलेका छ्रैनन् । 
ट्राफिक महाशाखाका अनुसार काठमाडौ उपत्यकाका तीन ओटै जिल्लामा पनि विहानैदेखि कुनै पनि भाडाका सवारी साधन चल्न सकेका छैनन् । निजी सवारी साधन भने चलिरहेको प्रहरीले जनाएको छ । भाडाका सवारी साधन नचल्दा गन्तव्यमा पुग्न नागरिक पैदल हिड्न बाध्य भएका छन् ।
यातायात व्यवसायीहरुले छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने, यातयात क्षेत्रलाई उद्योगको सरह मान्यता दिनुपर्ने, ट्राफिक प्रहरीलाई दिइएको थप अधिकार खारेज गर्नुपर्ने, ट्राफिक जरिवानामा सरकारबाट दिइएको कमिशन रकम सम्बन्धि निर्णय खारेज गर्नुपर्ने, यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नुपर्ने ,विमा नीति लागु गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सरकारसँग यसअघि पटकपटक भएका सहमतिहरु कार्यान्वयन गर्न दवाव पुगोस भनेर पनि भाडाका सवारी साधन नचलाउने निर्णय भएको नेपाल यातायात व्यावसायी महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले सीआईएनलाई जानकारी दिनुभयो ।
 नेपाल यातयात व्यवसायी राष्ट्रिय महासङ्घ, अखिल नेपाल यातयात मजदूर सङ्घ, नेपाल यातायात मजदूर सङ्घ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनको संयुक्त आयोजनमा बन्द आह्वान गरिएको हो । यसैगरि धादिङमा पनी बन्दको पुर्ण प्रभाव परेको छ । विहानै देखि धादिङबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चलेका छैनन् भने विहानी कक्षका शैशिक्षक संघ संस्था तथा उद्योग कलकारखाना तथा पसलहरु  भने सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

Related Posts:

  • धादिङ बसपार्कको अवस्था बिग्रदो नारायण सिलवाल धादिङबेसी, श्रावण २९ ।  जिल्ला सदरमुकाम धादिङबेसी स्थित बसपार्क यतिखेर कुरुप बन्दै गइरहेको छ । अहिले बसपार्कमा गाँजा र फोहरको दुर्गन्ध आउन थालेको छ । बसपार्क सरसफाई कार्य रोकिएको पनि २ महिना भन्दा बढी भैस… Read More
  • भ्रष्टाचारी खुमबहादुरलाई डेढ वर्ष कैद र जरिवाना काठमाडौं, साउन ३० । सर्वोच्च अदालतले पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवानाको सँजाय फैसला गरेको छ । साथै स्रोत नखुलेको सम्पति जफत गर्ने आद… Read More
  • खुमबहादुरको पखाईमा जेपी जेपी गुप्ताको मन फुरुङग भयो होला डिल्लीबजार कारागारमा। चिरञ्जीवी वाग्लेको जेल बसाई सकेपछी उनी एक्लीएका थिए। सर्वोच्च अदालतले खुमबहादुर खड्कालाई भ्रष्ट ठहरगरेपछी अब उनले साथी पाउने पक्का भएको छ। सायद, मंगलवारनै उनले खुम… Read More
  • दोरम्बाको घटनाको सम्झनामा रक्तदान धादिङबेसी, ३२ श्रावण । नव गठित ड्यास नेकपा माओवादी धादिङ र उसको भातृ संगठन राष्ट्रिय जनसेवक संगठन आयोजनामा आज धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोरम्भा हत्या काण्ड दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा न… Read More
  • राजनीतिक गतिरोध अन्त्यका लागि गठबन्धन घोषणा काठमाडौं, साउन ३१ । सत्ता गठबन्धन राजनीतिक दलसहितका केही साना दलहरुले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले बुधबार ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ सार्वजनिक गरेका … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts