Monday, August 6, 2012

२३ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाउँ विकास वडा न ६ कमेरेमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।  १० जनाको घटनास्थलमै र अन्य २ जनाको काठमाडौंको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृतकमध्ये १० जनाको मात्रै सनाखत हुन सकेको छ । मृत्यु हुनेमा कोपवा ४ कपिलबस्तुका २३ बर्षीय बलिराम चौधरी, रुद्रपुर २ रुपन्देहीका २२ बर्षीय मोहन नगरकोटी, नानपकडी ४ रुपन्देहीका २९ बर्षीय फणिन्द्र सुवेदी र तम्घास १ गुल्मीकी ५५ बर्षीया पार्वती घर्तिमगर रहेका छन् । यस्तै रुपन्देही कपुवा ६ तीनघरुवाका २६ बर्षीय राममिलन चौधरी, बुटवल १३ की २४ बर्षिय शुशिला घर्तिमगर, बुटवल १ रुपन्देहीका २० बर्षीय रञ्जन थापा, बुटवल १५ का ३६ बर्षिय शेरबहादुर थापा, कपुवा ८ कपिलबस्तुका ३४ बर्षिय किशोर चौधरी र ढिकुरा ६ अर्घाखाँचिका १९ बर्षिय केशव सारुको पनि सनाखत भएको छ ।
बुटवलबाट ४० यात्रु सहित काठमाडौंका लागि छुटेको लु १ ख ७०५१ नम्बरको बस विहान चार बजे महेश खोलामा खसेको हो । बीचबाटोबाट अन्य यात्रुहरु पनि चढेको हुनसक्ने भएकोले बसमा कति यात्रु थिए भन्ने एकीन भएको छैन । बस सिधा बाटोमा दुर्घटना भएकोले चालकको लापरबाही हुनसक्ने अनुमान गरिएको छ । अहिले सम्म चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।  आज एमाले निकट युवा संघले ६ बजेदेखि १० सम्म नेपाल बन्दको घोषणा गरेकाले उक्त समयभन्दा अगाडी बस गन्तव्यमा आउनका लागि तिब्र गतिमा चलाइएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

Related Posts:

  • नेपालमा ६ लाख सुधारिएको चुलो जडानकाठमाडौं श्रावण १ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रमा अहिलेसम्म ६ लाखभन्दा बढी सुधारिएको चुलो जडान गरेको छ । सन् १९९९ देखि २०१२ सम्म विभिन्न दातृ निकायको आर्थिक एवम् प्राविधिक सहयोगमा देशका ६३ जिल्लामा ती … Read More
  • माओवादी विस्तारित बैठकमै धर्ना श्रावण ४, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको उद्घाटन कार्यक्रम चलिरहँदा रौतहटबाट आएको एक परिवार कार्यक्रम स्थल बाहिर धर्नामा बसेको थियो ।रौतहट चन्द्रनिगाहपुर-२ का भोजपुरा राज्यसमिति सदस्य देवनारायण भगत एक ब… Read More
  • एकीकृत माओवादीको विस्तारित बैठक सुरुकाठमाडौ, श्रावण २ - एकीकृत माओवादीको सातौं विस्तारित बैठक मंगलबारदेखि राजधानीमा हुँदैछ । भृकुटीमण्डपमा जारी बैठकमा उद्‌घाटन सत्र सुरु भएको छ । सचिव पोष्टबहादुर बोगटीले कार्यक्रम संचालन गर्दैछन् । उद्‌घाटन सत्रको अध्यक्षता… Read More
  • कैलालीमा एक वर्षमा जापनिज इन्सेफलाईटिसबाट ६ जनाको मृत्यु ।।काठमाडौं श्रावण १ । कैलालीमा गत आर्थिक वर्षमा २०६८र६९ मा जापनिज इन्सेफलाईटिसबाट ६ जनाको मृत्यु भएको छ । ७२ जनामा इन्सेफलाईटिसको संक्रमण देखिएको जिल्ला जनस्वास्थ कार्यालय कैलाली जनाएको छ । कैलालीमा तिन वर्षमा इन्सेफलाईटिसबाट १… Read More
  • जहाँसुकैका मोबाइलमा सिधै लोकल कल१ साउन, । नेपाल टेलिकमले आज देखि लागु हुने गरी ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा लोकल कल सुरु भएको छ। यसअघि अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा भएको ल्यान्डलाइन फोन हुनैपर्ने बाध्यता थियो।९२ प्रतिशत सरकारी… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts