श्रावण २३ धादिङबेसी / नेपाल सुनचाँदी कालिगड संघको प्रथम साधारण सभा तथा उद्घाटन कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ । जिल्ला भरमा रहेका विभिन्न सुन चाँदी पसलहरुमा काम गर्ने कालिगडहरुको हकहित संरक्षण गर्नको लागि स्थापना भएको संघको आज विधिवत रुपमा भव्यताको साथ उद्घाटन भएको हो। नेपाल सुन चाँदी कालिगड संघका अध्यक्ष दीपक बरालीको अध्यक्षता, नेपाल सुनचाँदी कला व्यावसायी संघका जिल्ला शाखा धादिङका अध्यक्ष सानुबावु बरालीको प्रमुख आतिथ्य र संघका पुर्व अध्यक्ष यता बहादुर सुनुवारको विशेष आतिथ्य रहेको कार्यक्रममा नेपाल सुनचाँदी कालिगड संघमा आवद्ध र नेपाल सुनचाँदी कला व्यावसायी संघमा आवद्ध गरि जम्मा ७० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
भेलाले दीपक वराली अध्यक्ष रहने गरि सात सदस्यीय नेपाल सुनचाँदी कालिगड संघको गठन गरिएको छ । सात सदस्यीय नव गठित समितिको उपाध्यक्षमा बीर बहादुर सुनार, सचिवमा बिकेन्द्र सुनार,सह–सचिवमा गिर बहादुर सुनार र कोषाध्यक्षमा श्याम विश्वकर्मालाई चयन गरिएको छ । संघले आगामि दिनहरुको जिल्लामा रहेको सुनचाँदी पसलमा काम गर्ने श्रमीकहरुको हक अधिकारको बारेमा काम गर्ने सहकर्मी हरि विश्वकर्माले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment