Tuesday, August 28, 2012


किशोर अधिकारी
धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्दाहरुमा रुधाखोकी लाग्ने, टाउँको दुख्ने, ज्वरो आउने र वान्ता गर्ने समस्या देखिएपछि  रोग नियन्त्रको लागि बैरेनी स्वास्थ्य चोकीका प्रमुख प्रवेश नेपालीको नेतृत्वको स्वास्थ्य कर्मीको टोली आज अपराह्रन रोग प्रभाववित क्षेत्रमा पुगेको हो । भाद्र महिनाको सुरुवात देखि फैलिएको रोगको कारण अधिकाँश विद्यार्थीहरु प्रभाववित भएका छन् ।
विद्यार्थीहरुमा रोगका कारण विरामी पर्न थालेपछि अमन्तादेवि माध्यामिक विद्यालय बैरेनीको पढाई  समेत प्रभावित बनेको थियो । आज अपराह्रन पुगेको स्वास्थकर्मीको टोलीले यो समाचार तयार पार्दा समेत १ सय जना विद्यार्थीहरु र ५० जना भन्दा बढि स्थानीय बासिन्दाको उपचार गरिसकेको अमन्तादेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विदुर वाग्लेले जानकारी दिनुभएको छ । गाउँमा रोगको प्रकोप बढेपछि गत भाद्र ७ गते गाउँघर क्लिनिकका प्रतिनिधि बुद्धिमान तामाङले केहि औषधि वितरण गरिदिएपनि रोग नियन्त्रणमा आउन सकेको छैन । 

Related Posts:

  • सक्दो सेवाप्रवाह गर्ने कर्मचारीहरुको प्रतिवद्धता धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसक… Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • पत्रकार खतिवाडाको उपचारका लागि थप रकम संकलन धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको… Read More
  • चट्याङ् लागेर धादिङमा २ को मृत्यू धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्… Read More
  • कार्यालयबाटै राहदानी गायव धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरे… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts