Thursday, August 2, 2012

साउन १९  पोखरा / नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको पोखरामा साउन २० र २१ गते हुने प्रथम जिल्ला भेलाको तयारी पुरा भएको छ । 
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनमा तमुवान अन्र्तगतका जिल्लाहरु समेतबाट पर्यवेक्षकको सहभागीत रहने भेलामा करिब तीन लाख खर्च हुने  भोलिन्टियर्सका सचिव केवी तमुले बताए । 
पोखरा सभागृहमा हुने भेलाको उद्घाटन कार्यक्रम पुर्व सभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुग्ने भएको छ । भेलाको पहिलोदिन उद्घाटन मन्तव्य, विविध साँस्कृतिक प्रस्तुती, तमुवानको आन्दोलनका घाइतेलाई सम्मान गर्ने र दोश्रो दिन प्रशिक्षण, भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गर्न समापन हुने संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।

Related Posts:

  • पत्रकार खतिवाडाको उपचारका लागि थप रकम संकलन धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको… Read More
  • स्वास्थ कर्मी भाईरल ज्वरो प्रभाववित क्षेत्रमा किशोर अधिकारी धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्द… Read More
  • तमसालिङमा एमाओवादी नेताको जिम्मेवारी फेरवदल धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत … Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • धादिङका माओवादी नेताका जिम्मेवारी हेरफेर धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ । बैठकले जिल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts