
बिश्व बैंकको नेपालमा जवाफदेहिता कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रको आर्थिक व्यबस्थापनमा सार्वजनिक गरिएको प्रतिवेदनमा प्रशासनको सेवा, गुणस्तर, सेवामा पहुँचको अवस्था र जिल्ला विकासमा पारदर्शिता लगायतका विषयहरु उल्लेख छ । प्रतिवेदनमा जिल्ला विकास समिति, जिल्ला मालपोत कार्यलय, जिल्ला प्रशासन कार्यलय, जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशु कार्यलय गरि जम्मा ५ वटा सरकारी कार्यलयहरुको सेवाप्रवाहको बारेमा विश्लेषण गरिएको छ । प्रो सिभिक सोसाईटी काठमाडौंका अध्यक्ष वसन्त राईको अध्यक्षता तथा सहायक–प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको प्रमुख आथ्यिमा सम्पन्न प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्थानीय विकास अधिकारी ईन्दु घिमिरे, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
0 comments:
Post a Comment