Thursday, August 16, 2012

धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

मेसिन रिडेबल राहदानी लागू भएपछि काम नलाग्ने भएकाले स्टोरमा राखिएका राहदानी कर्मचारीकै लापरवाहीले हराएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयको भवन सर्नेक्रममा पुराना सामग्री रुजु गर्दा राहदानी हराएको तथ्य फेला परेको हो ।

हराएको राहदानीको विवरणसहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने अवस्थाबारे छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।

Related Posts:

  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More
  • कैलालीमा एक वर्षमा जापनिज इन्सेफलाईटिसबाट ६ जनाको मृत्यु ।।काठमाडौं श्रावण १ । कैलालीमा गत आर्थिक वर्षमा २०६८र६९ मा जापनिज इन्सेफलाईटिसबाट ६ जनाको मृत्यु भएको छ । ७२ जनामा इन्सेफलाईटिसको संक्रमण देखिएको जिल्ला जनस्वास्थ कार्यालय कैलाली जनाएको छ । कैलालीमा तिन वर्षमा इन्सेफलाईटिसबाट १… Read More
  • नेपालमा ६ लाख सुधारिएको चुलो जडानकाठमाडौं श्रावण १ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रमा अहिलेसम्म ६ लाखभन्दा बढी सुधारिएको चुलो जडान गरेको छ । सन् १९९९ देखि २०१२ सम्म विभिन्न दातृ निकायको आर्थिक एवम् प्राविधिक सहयोगमा देशका ६३ जिल्लामा ती … Read More
  • जहाँसुकैका मोबाइलमा सिधै लोकल कल१ साउन, । नेपाल टेलिकमले आज देखि लागु हुने गरी ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा लोकल कल सुरु भएको छ। यसअघि अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा भएको ल्यान्डलाइन फोन हुनैपर्ने बाध्यता थियो।९२ प्रतिशत सरकारी… Read More
  • एकीकृत माओवादीको विस्तारित बैठक सुरुकाठमाडौ, श्रावण २ - एकीकृत माओवादीको सातौं विस्तारित बैठक मंगलबारदेखि राजधानीमा हुँदैछ । भृकुटीमण्डपमा जारी बैठकमा उद्‌घाटन सत्र सुरु भएको छ । सचिव पोष्टबहादुर बोगटीले कार्यक्रम संचालन गर्दैछन् । उद्‌घाटन सत्रको अध्यक्षता… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts