श्रावण २० काठमाडौं-
राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरभित्र राखिएका एक
कैदीले राजधानी र बाहिरका विभिन्न सहरमा बम विस्फोटको योजना बनाएको तथ्य
खुलेको छ । ललितपुरको एजम्सन चर्चमा तीन जनाको ज्यान जाने गरी बम विस्फोट
गराएका डिफेन्स आर्मीका अध्यक्ष रामप्रसाद मैनालीले बाहिर रहेका कार्यकर्ता
परिचालन गरी बम विस्फोटको योजना बनाएको प्रहरीले फेला पारेको हो ।
उच्च प्रहरी स्रोतका अनुसार यिनीहरूले राजधानीको कुनै एक चर्चित सिनेमा
हल, सार्वजनिक सवारी साधन र विराटनगरको बसपार्कमा बम विस्फोटको तयारी गरेका
थिए । 'सर्वसाधारणको बढी चहलपहल हुने स्थानमा विस्फोट गराउने योजना रहेछ,'
अनुसन्धान समितिमा रहेका एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'समयमा थाहा
नभएको भए ठूलो क्षति हुने थियो ।'
0 comments:
Post a Comment