(सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ’ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ’अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।)
अर्कास: ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो,
दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’
सुत्रधार: ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ,
समयले इमान लुटेपछि आयौ !’
अर्कास: ‘सगरमाथामा हनिमून-दिल्लीमें सुहागरात,
मस्तमें कटरही रास्ते ।‘
सुत्रधार: ‘जा जा मिलजा गले, हँस्ते हँस्ते,
लाल सलाम, नमस्ते !’
अर्कास: ‘ लाल सलाम सुकेर कालो भयो,
आज मेरो भोगीको चाल भयो, क्यारौं मायालु ?’
सुत्रधार: ‘किन त्यसरी बिना अर्थले माया माऱ्यौ,
माइलीको दुनियाँलाई एक्लै पाऱ्यौ ?’
अर्कास: ‘तिनीलाई रुवाउने मेरो धोको हैन,
यस्तै पऱ्यो जिन्दगीमा, यिनलाई माया मार्न सकिंन ।’
सुत्रधार: ‘माइली रुँदै लाजिम्पाट पाखैमा- दुधे बालक बोकेर काखैमा,
भन्नु नभाको- बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?’
अर्कास: ‘चिसो चिसो हावामा, त्यसै मन बरालियो,
के भो त्यो डाँडाकाँडामा यो मन ’इना’,तिरै अल्झियो ।
झ्यांगबाट हेरेको तिनिले, अझैं आउँछ झझल्को !’
सुत्रधार: ‘जसो गर जे भन जतासुकै लैजाउ कुरालाई,
त्यो मन त तिम्रो बेहोसी हो ।’
अर्कास: ‘बेहोस पछि होसमा आउँदा क्या दामी भो,
यहाँ उडाउने म, उड्नेको ’नि क्या बदनामी भो ।‘
(अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् ! एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखा पर्छन !)
अंकर: ‘मेरो माल मलाई फर्काइ दे बाबु, तेरो ज्यान जोगाउनु छ भने,
जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको,
बिहे खुरुक्क माल दिएर जा !’
इना: ‘सरर पानी घट्टामा,
म त प्यारा आउँदा नि आउँदिन- कोही खोज है मेरो सट्टामा !’
(अचानक जुताको टक टक आवाज संगै अम्रेड अर्चण्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडी सर्छन !)
अर्चण्ड: ’जेठी पहिले छोडकै थियौ, माइली पनि खोजिदिएकै थियौं,
दुइटीले मन नमानेपछि, बाबुको बिंडो नथामेपछि,
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो…..हाहाहा !’
अर्कास: ‘चोट के हो ब्यथा के हो, मजस्तो घाइतेलाई सोध,
मिलन के हो, खुशी के हो ? मसंग सोध्दै नसोध ।’
सुत्रधार: ‘मनको कुरालाई बाँधी नराख- डल्लो परि जाला,
प्याट्ट फुटाइ देउ !’
अर्कास: ‘भूल गरेछ दैबले पनि,
आकासको चरालाई सुनको पिंजडामा थुनेर ।‘
सुत्रधार: ’मन त हाम्रो बरिलै हो छाडा साढें झैं,
बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैं ।‘
अर्कास: ‘दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिंध्दा भएन,
फुक्यो भोटे कुकुर…।‘
(अकास्मात आफ्नी पत्नी ’इर्जना’को प्रवेश भएकोले अर्कास कुनातिर लाग्छन, इर्जना राता राता आँखा पार्दै गित गाउँछिन )
इर्जना: ’गर्नु गऱ्यौ बलराम, पाडो ताकेर,
दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर ।‘
अर्कास: ‘मैले नाक छोडी आऐं, हिउँको तरेलीमा,
कहाँ रोजौं कहाँ खोजौं कसको घडेरीमा ।‘
इर्जना: ‘डाँडा भाटा कारबाहीले, तिम्रै गीत गाउँछ,
जन-अदालतले पनि तिम्लाई बोलाउँछ ।‘
अर्कास: ‘त्यही भएर म हराको, त्यही भएर म हराको,
त्यही भएर म हराको……….।‘
(एक्कासी चट्यांग पर्छ, अर्कासकी आमा ‘इता ’ सुँकसुँकाउँदै मन्चमा प्रवेश गर्छिन)
इता: ‘ पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा,
मगर ओह तो, दाहाल हम तो- हे मेरी मुस्किल हें कहाँ ?’
अर्कास: ’हमे उनसे प्यार कितना यह हम नही जानते,
मगर जी नही सकती, दाहालके बिना !’
(इनापति अंकर इनाको हात समाउन खोज्छन)
अंकर: ’सिंउदो तिम्रो अरुकै हातबाट रंग्याउ
तर अन्तिम पल्ट भेट्न आउ ।’
इना: ‘नाइँ नाइँ फकाउनु पर्दैन,
बैधले सुनेर के भन्लान !’
अंकर: ’साँचो प्रीति लाएकै थिएँ,
क्रान्तिकारी जोवन दिएकै थिएँ !’
इना: ‘क्रान्तीको बन्दुक बोकने बलिया तिम्रा पाखुरा,
मायाको लन्चर उचाल्ने, अर्कास का झन् ठूला पाखुरा !’
अंकर: ’मैले बा आमा त्यागेर , ल्याएको मायाले धोका दिई,
रुपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरुप रहिछे !’
इना: ‘बैद्यपथले बिगाऱ्यो तिमीलाई,
प्रचण्डपथले पछ्यायो हामीलाई- लेफ्ट राइट, लेफ्ट राइट ।’
अंकर: ’मन थिएन जोगी हुनलाई,
हात हेराउँदा बैधबाले राम्रै हुन्छ भन्थे भन्नलाई !’
(इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउंदै मन्चमा प्रवेश गर्छन )
उबिन: ’ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?’
अर्कास: ‘दाम सकिए’सी आउँछ रे भन्दिऐ ।’
उबिन: ’आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?’
अर्कास: ’नातिनि ल्याउँछ रे भन्दिऐ ।’
उबिन: ’प्रियाले सोध्लिन् नि खै खसम भन्लिन् ?’
अर्कास: ’कसम टुट्यो भन्दिऐ ।’
उबिन: ’छोराले सोध्लान् नि खै बाबु भन्लान् ?’
अर्कास: ’ बाउको बिहे भैगयो भन्दिऐ ।’
उबिन: ’पार्टीले सोध्ला नि खै कमरेड भन्ला ?’
अर्कास: ’क्रान्ती पुरा आधा भयो भन्दिए ।’
उबिन: ’हे, बरै !’
सुत्रधार: ’बिरताको चिनो वीरको सन्तान, शहीदको रगत, कामरेडको निशानी,
अब कसको हातले लेख्ने हो, क्रान्तीकारिताको कालो कहानी ?’
अर्कास: ’अरु कालो रेलको धुवाले ,
हामी कालो रातो-राम्रो-गुलियो मन पराउनाले ।’
इना: ‘काले भनि नगर हेला,
कारवाहीको पर्लाउनी फेला !’
सुत्रधार: ‘डल्ली मगर्नी हौ डल्ली मगर्नी,
ख्याल क्रान्ती गरिनौं हौं पिरिम् पऱ्यासी ।’
अर्चण्ड: ’छोरा मलाई भागी भागी नसताउ,
कानमा आई सुटुक्क बताउ,
तिम्लाई बाबाको माया कति लाग्छ रे ?’
अर्कास: ’एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो,
छोरो साह्रै चन्चले थियो, छोरो अति ‘ मनचले’ थियो ,
एकदिन बाबाको नाकमा गोबर दल्यो रे…….. !’
(यति भनेर अर्कास भुइंको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन ! अर्चण्डपनि उनलाई लखेट्दै पछी पछी दगुर्छन ! नेपथ्यमा उनीहरुको आवाज आइरहेको हुन्छ !)
अर्चण्ड: ’मेरो छोरा !’
अर्कास: ’ मेरो बाबा !’
अर्चण्ड: ’मेरो हावा !’
(पर्दा बन्द हुन्छ ! बन्दपर्दाभित्र के के हुन्छ, कसैलाई थाहा हुँदैन ! खोजीनिती गर्ने काम तपाईंहरुको ! ) साभारः माइसंसार
0 comments:
Post a Comment