Sunday, July 22, 2012

बागलुङ, श्रावण ७ - काठमाडौंबाट डोल्पाका लागि आइतबार उडेको हेलिकोप्टर मौसम खराबीको कारण दुई पटकसम्म बागलुङको बुर्तिवाङमा आकस्मिक अवतरण गरेको छ ।
दुनैका लागि उडेको ९ एन माउन्टेन हेलिकोप्टर ढोरपाटन क्षेत्रमा मौसम खराब भएपछि आकस्मिक रुपमा बिहान ९ बजे र दिउँसो १ बजे फेरी अवतरण गरेको प्रहरी नायव उपरिक्षक कृष्ण सिवाकोटीले बताए ।
चालक दिपक पुन सहित ३ जना सवार उक्त हेलिकोप्टरले खराव मौसमका कारण आकस्मिक अवतरण गरेपछि तीन घण्टा सम्म बसेर मौसम खुल्ने सम्भावनाको खोजी गरेको थियो । केही खुलेको पाएपछि अर्घाखाँचीको बाटो हुँदै डोल्पा लैजानका लागि चालकले प्रयास गरेपनि असफल भएपछि फेरी बुर्तिवाङ स्थित इलाका प्रहरी कार्यालयको परिसरमा अवतरण गराइएको हो ।
बर्षादको कारण ढोरपाटन र आसपासको क्षेत्रमा मौसम प्रतिकुल रहेको छ । चालक सहित तीनै जनाले बुर्तिवाङमै खाना खाएको पुनले बताए ।

Related Posts:

  • बिरामी कुरूवा ढुकुर ! २२ साउन, मोरङ । एउटा ढुकुर दिनहुँ एउटै समयमा आउँछ, दिनभरि बिरामी रुङ्छ र फर्किन्छ । मान्छे र पशुपक्षीबीचको मित्रता त सुनिँदै/देखिँदै आएको हो तर ढुकुर नै यसरी बिरामी कुरुवा बनेको खबर भने पत्याउन मुस्किलै पर्छ । तर, मोरङ जिल… Read More
  • यसपालिको गाईजात्रे गीतिनाटक गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली  (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । … Read More
  • एमाओवादीको महाधिवेशन माघ १४ बाट काठमाडौं, श्रावण २१ । एकीकृत नेकपा माओवादीले माघ १४ गतेबाट महाधिवेशन गर्ने भएको छ । माघ महिनाभित्रै महाधिवेशन सक्याउने र जनयुद्ध दिवस फागुन १ गते महाधिवेशनको निर्णय सार्वजनिक गर्ने गरी निर्णय भएको जनाइएको छ । पार्टी… Read More
  • बन्दको कारण दुर्घटना १२ को मृत्यू २३ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाउँ विकास वडा न ६ कमेरेमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।  १० जनाको घटनास्थलमै र अन्य २ जनाको काठमाडौंको स… Read More
  • गुरुङ विदामा जिम्मेवारी गौरवशमशेरलाई काठमाडौ, श्रावण २५ - सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कार्यभार बिहीबारबाट गौरवशमशेर जबराले लिएका छन् । परम्पराअनुसार आफ्नो कार्यकाल सकिनु एक महिनाअघि शुक्रबारबाट बिदा बस्न लागेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सै… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts