Sunday, July 22, 2012

काठमाडौं, साउन ७। एकीकृत नेकपा (माओवादी) को सातौं विस्तारित बैठक सकिएको छ । साउन २ गते सुरु भएको सो बैठक शनिबार बेलुकी पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक दस्तावेज सर्वसम्मतबाट पारित गर्दै सकिएको हो ।
पाँच दिनको बैठकमा उठेका सवालहरुमाथि स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले बैठक समापन भएको घोषणा गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिन आइतबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरिने जनाएएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले विशेष प्रस्ताव गर्दै केन्द्रीय समिति विघटन गर्दै राज्य र जिल्लामा सम्मेलन आयोजक समिति बनाइने निर्णण् समे त गरिएको जनाइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले आवासको वैकल्पिक व्यवस्था हुनासाथ लाजिम्पाट छोड्ने समेत घोषणा गरेका छन् । उनले राज्यले दिएको महंगो गाडी पनि नचढ्ने घोषणा गरिरहँदा कार्यकर्तामा निकै उत्साह आएको थियो । प्रचण्डको सो घोषणा पश्चात कार्यकर्ताले लगातार रुपमा ताली बजाएका थिए ।
यसै वर्षको माघ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको विस्तारित बैठकले विशेष प्रस्ताव समेत पारित गर्दै पारित गर्दै नेता र कार्यकर्तालाई पढाउन पार्टी स्कुल स्थापना गरिने, राज्यको नेतृत्व पनि हेरफेर गरिने, केन्द्रीय कार्यालय र नेताहरुको सचिवालयमा हेरफेर गरिने, लेखा र आर्थिक समिति बनाई पार्टीको सबै सम्पति समितिमा बुझाईने, केन्द्रीय कार्यालय र नेताहरुको सचिवालयमा हेरफेर गरिने लगायतका निर्णण्हरु गरेको स्रोतले जनाएको छ ।

Related Posts:

  • यसपालिको गाईजात्रे गीतिनाटक गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली  (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । … Read More
  • ठेक्का नपरेपछि हुलाक कार्यालय समस्यामा श्रावण २० धादिङबेसी । आर्थिक वर्ष २०६९/७० को लागि डाँक ढुवानीमा ठेक्का नपरेपछि जिल्ला हुलाक कार्यालय धादिङलाई चिठ्ठीपत्र ओसार पसारमा समस्या भएको छ । रकम थोरै भएको भन्दै जिल्लाको कुनै पनि यातायात व्यावसायी सघं ठेक्कामा सहभ… Read More
  • नेविसंघको एघारौं महाधिवेशन पुसमा काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा … Read More
  • धादिङका मिलनको ‘नेताजीको म्याद’ विमोचन१९ साउन, काठमाडौं । पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा… Read More
  • जनमुक्ति सेनाहरुको जिल्ला भेला सम्पन्नधादिङ श्रावण १६ घाटबेसी । एकीकृत नेकपा माओदीको पुर्व जनमुक्ति सेनाको जिल्ला भेला सोमबार पिडाको घाटबेसीमा सम्पन्न भएको छ  । जिल्लाको विभिन्न गाविसमा छरिएर रहेको पुर्व जनमुक्ति सेनाहरुलाई एकताबद्ध बनाई जिल्लाको विकास निमार… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts