Wednesday, July 18, 2012

पुलिस क्लव। काठमाडौ,श्रावण ४ । प्रधानमन्त्री निवास वालुवाटार अगाडी धर्ना दिन गएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अपरान्ह साँढे चार बजे धर्ना तथा प्रदर्शन गर्न गएका अधिकारकर्मीहरुलाई प्रधानमन्त्री निवास पुग्नु अगाडी नै पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा अधिकारकर्मी कृष्ण पहाडी, कृष्ण कँडेल, होमकान्त चौलागाँई, अजयवावु शिवाकोटी, राजन कुँइकेल, गंगाधर अधिकारी, सूर्य अधिकारी, प्रताप पौडेल लगायत ३७ जना रहेका छन्।
मानवअधिकार तथा शान्ति समाजले आह्वान गरेको विरोध कार्यक्रममा मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको पक्षमा आवाज वुलन्द गर्दै गर्दा प्रहरीले उनीहरुलाई हस्तक्षेप गरी पब्राउ गरेको हो। पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य वल समेत प्रयोग गरेको थियो। यस क्रममा केहि अधिकारकर्मी घाइते समेत भएका छन्।
सरकार प्रमुखका रुपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वतन्त्रताको विरोधी रहेको ठहर मानवअधिकारकर्मीहरुको छ। उनीहरुले सरकार भ्रष्टाचारमा लिप्त रहेको महंगीले जनताको ढाड सेक्दा पनि मौन रहेर दण्डहीनतालाई प्रश्रय दिएको भन्दै विरोध जनाएका थिए।
संविधान सभा विघटनको दोषी मूल दोषी सरकार प्रमुखका रुपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई हेको समेत अधिकारकर्मीहरुको आरोप छ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले स्वतन्त्रताको प्राण हरण गर्न प्रधानमन्त्री बाबुराम भट्टराई लागेका जनाउँदै उनका कृत्यको उनकै सरकारी निवासमा गएर भण्डाफोर गर्ने क्रममा आफूहरुलाई पक्राउ गरेको बताउनुभएको छ। प्रधानमन्त्री भट्टराईको गतिविधिले उनी स्वतन्त्रता विरोधी भएको प्रमाणीत हुँदै गएको पहाडीले बताउनुभयो।

स्वतन्त्रता प्राण रहेको र यो प्राण हर्ने नियत बोकेकाहरुलाई समयमै चिन्न र उदाङ्गो पार्ने अभियानलाई अझ जारी राख्ने अर्का अधिकारकर्मी कृष्ण कँडेलले बताउनुभयो।
हाम्रा कुराडटकमका सम्पादक अजय बाबु शिवाकोटीले शान्तिपूर्ण धर्नामा बसेका नागरिकहरुलाई पक्राउ गरेर सरकारले निरंकुशता प्रदर्शन गरेको टिप्पणी गर्नुभयो।
पक्राउ पर्नेहरु
· कृष्ण पहाडी
· होमकान्त चौलागाई
· कृष्ण कँडेल
· गंगाधर अधिकारी
· राजन कुँइकेल
· अजयबाबु शिवाकोटी
· प्रताप पौडेल
· सूर्य बहादुर अधिकारी
· कुमारराज सुवेदी
· मुरारी फुँयाल
· वच्चुराम शर्मा
· सुमन श्रेष्ठ
· प्रकाश सेढाँई
· अच्युत विष्ट
· रुद्रलोचन आचार्य
· गोविन्द काफ्ले
· गोविन्दविक्रम शाही
· भरत वहादुर विसी
· हरिश पौडेल
· दिवाकर अर्याल
· अर्जुन लामिछाने
· ठाकुर प्रसाद भण्डारी
· गोविन्द प्रसाद गजुरेल
· शिव भट्टराई
· रत्नलक्ष्मी श्रेष्ठ
· बाबुराम भट्टराई
· ज्योती तिमिल्सिना
· निलाम्वर रेग्मी
· जानुका भण्डारी
· ओमकृष्ण केसी
· पुरुषोत्ता घिमिरे
· महेश आचार्य
· उद्धव रायमाझी
· अन्जना अर्याल
· रेणुका पौडेल
· अजय थापा
· प्रतिमा पन्थी
· हेमन्त प्रसाद दाहाल
यसैबिच नेपाल प्रेस यूनियनका अध्यक्ष किरण पोखरेलले शान्तिपैर्ण धर्नामा बसेका यूनियनका केन्द्रिय सदस्य लगायतका अधिकारकर्मीहरुको पक्राउको विरोध गर्नुभएको छ। यो खबर हाम्रो कुरा डटकमबाट भार गरिएको हो

Related Posts:

  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More
  • कक्षा १२ को विज्ञान विषयमा ७२.३१ उत्तीर्णकाठमाडौं, श्रावण ७ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को आइतबार प्रकाशित परीक्षाफलमा ७२‌.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ … Read More
  • पूर्व लडाकूहरुले हिसाब मागेपछि माओवादी विस्तारित बैठक अवरुद्ध३ साउन, काठमाडौं । शिविरमा अनियमिता भएको भन्दै छानविनको माग गरी पूर्व लडाकूहरुले नारावाजी गरेपछि एकीकृत नेकपा माओवादी विस्तारित बैठक अवरुद्ध भएको छ । पूर्व लडाकूहरूले शिविरमा बस्दा आफूहरुले बुझाएको रकमको हिसाब खोज्दै भृकुट… Read More
  • 'नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी'काठमाडौ, श्रावण १० - माओवादी, कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी भएको बताएका छन् । उनीहरुले थप छलफल गरेर सहमतिमा पुग्ने सहमति बनेकोसमेत उल्लेख गरे ।  बुधबार एमाले कन्द्रीय … Read More
  • प्रधानमन्त्री निवासबाटबाट ३७ अधिकारकर्मी पक्राउपुलिस क्लव। काठमाडौ,श्रावण ४ । प्रधानमन्त्री निवास वालुवाटार अगाडी धर्ना दिन गएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अपरान्ह साँढे चार बजे धर्ना तथा प्रदर्शन गर्न गएका अधिकारकर्मीहरुलाई प्रधानमन्त्री निवास पुग्नु … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts