Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

Sunday, August 5, 2012


उत्तानो न घोप्टो

सीताराम कट्टेल, धुर्मुस
हान्तिपुर टेलिभिजनको साप्ताहिक प्रस्तुति समाचारमूलक कार्यक्रम 'उत्तानो न घोप्टो' मा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ तपाईंकै  नियमित प्रस्तोता 'चिलबहादुर चिलिमे'। आदरणीय दर्शकवृन्द, देश झन्-झन् जटिल अवस्थामा गुजरिँदै गएको छ, सोझा सीधा जनता देश  बन्ला कि भनेर कुर्दाकुर्दै तीन बल्ड्याङ खेलिसकें, अब देशको अवस्था यस्तै भैरहने हो भने सोझै चार बल्ड्याङ खेलेर यमलोक पुग्छन्। अब  ठूलाबडाहरू सोर्सफोर्स लाएर स्वर्गलोक पुग्लान् तर सर्वसाधारण जनता पुग्ने यमलोक नै हो तर यमलोक पनि ध्वस्त हुने जानकारी हाम्ले  पाएका छौँ। पछिल्लो जानकारीअनुसार यमलोक पनि टुक्रिने अवस्थामा पुग्या छ रे। एकीकृत यमलोक राज्य हुने कि, बहुजातीय यम राज्य हुने,  तामसालिङ यमपञ्च हुने कि, मगरात यम स्वायत्त प्रान्त हुने कि भन्ने विषयमा यमलोकका प्रमुख यमदलहरूबीच चर्को बहस भैरहेको छ।  हरेक दिनको बहस र विवादले गर्दा यमराज पनि दिक्क भएर कुर्सी छाडेर फरार भएका छन् भने यमलोकमा मरेर गएका भूत, प्रेत,  पिशाचहरू पनि तर्सित अवस्थामा छन्। यही विषयमा कुराकानी गर्न यमलोक प्रान्तका हाम्रा संवाददाता 'शरणकुमार मरण' प्रत्यक्ष टेलिफोन  सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँसँग कुराकानी गरिहालौँ।

चिलिमेः मरणजी।

मरणः हजुर चिलिमेजी।

चिलिमेः त्यहाँको पछिल्लो जानकारी हाम्लाइ दिनुस् न, के यमलोक पनि टुक्रिने नै हो त ?

मरणः अँ, लगभग त्यस्तै छ चिलिमेजी, यहाँ यमलोकमा रहेका प्रमुख तीन यमदलबीच आज पनि यही विषयमा छलफल गर्न बैठक बस्या  थियो तर बैठकमा विवाद भएपछि हानाहानको स्थिति सुरु भा'को छ। एकले अर्कालाई मरेका हड्डी, कंकाल र अस्थिपञ्जरजस्ता हतियारले  हान्ने र रगत छ्याप्ने काम भैरा'को जानकारी हाम्ले पाछौं। चिलिमेजी।

चिलिमेः अनि घटनामा कसैको निधन त भा' छैन ?

मरणः अहिलेसम्म हाम्ले त्यस्तो जानकारी पा' छैनौ, चारैतिर यमफोर्सले घेर्‍या भ'र हामी बैठक स्थलमा जान पा' छैनौं, तर घटनाको प्रकृति  हेर्दा यही भन्न सक्ने स्थिति छैन चिलिमेजी।

चिलिमेः हवस् त मरणजी। उहाँ हुनुहुन्थ्यो हाम्रा यमलोक संवाददाता शरणकुमार मरणजी, यमरोकबाट त्यहाँको पछिल्लो घटनाको जानकारी  दिनुहुँदै। आदरणीय दर्शकवृन्द ! नेपालको राजनीतिक सिको सिकेर यमलोक त टुक्रिने भयो भयो स्वर्गसमेत यसबाट अछुतो छैन भन्ने हाम्ले  जानकारी पा' छौं। स्वर्गका राजा 'इन्द्र' तानाशाह बन्दै गए भनेर त्यहाँका प्रमुख आत्माहरूले आन्दोलन गरिरहेका छन्। विगत चार वर्षदेखि  आन्दोलन गरिरहेका आत्माहरू पुलिसको दमनपछि अझ आक्रोशित बनेका छन्। 

'मशान्त बहादुर शान्त' को एक रिपोर्टः

स्वर्ग नाम सुन्दा पनि अति आनन्द लाग्ने ठाउँ, मरेपछि सबैले स्वर्गै जान पाउँ भन्ने कामना गर्छन् तर स्वर्ग पनि असुरक्षित बन्दै गा'को छ।  गणतन्त्रको माग राखेर प्रमुख आत्माहरू सडकमा ओर्लेपछि स्वर्गमा तनाव उत्पन्न भा'को छ। राजा इन्द्र गद्दी छोडेर जानुपर्ने र आत्माहरूको  शासन हुनुपर्ने भन्ने उनीहरूको प्रमुख माग छ तर यता राजा इन्द्र झन्-झन् कठोर बन्दै गएका छन्। हालसालै एक टेलिभिजनलाई अन्तर्वार्ता  दिने क्रममा उनले कुनै पनि हालतमा गद्दी नछाड्ने कुरा प्रस्ट्याएका छन्। उनले अन्तर्वार्तामा भनेका छन्- 'नेपालका राजा ज्ञानेन्द्रले आन्दो लनपश्चात्, देश बन्ला शान्ति आउला भनेर नेताहरूलाई तिम्रो बाउको नासो तिमरु नै लैजाओ भनेर गद्दी छोडेर हिँड्या थियो, तर नेताहरूले  देश बनाए त ? देशमा शान्ति ल्याए त ? अहिले सारा जनतालाई त्यही राजा ठीक र'छ भन्ने अवस्था आइसक्यो। भोलि मैले पनि गद्दी छोडौंला, जनताले तैं ठीक भन्लान् त्यही भर म कुनै पनि हालतमा गद्दी छोड्दिनँ।' यो भनाइबाट प्रस्ट के हुन्छ भने स्वर्गमा पनि शान्ति छैन र  कतिखेर के हुने हो थाहा छैन, जे होस् हामी मरेर जाने ठाउँ नै सुरक्षित नभा'को देख्दा दुःख लाग्नु स्वाभाविक हो, कामना गरौं स्वर्गमा चाँडै  शान्ति आउनेछ। नेपालबाट जस्तै दुगर्तिले मरेर गए पनि शान्तिसँग बस्न पाइयोस्। क्यामेरापर्सन दण्डकुमार मेरुदण्डका साथ मशान्तकुमार  शान्त स्वर्गलोक।

आदरणीय दर्शकवृन्द ! जिउँदो अवस्थामा त शान्तिको सास फेर्न पाइएन-पाइएन, मरेपछि पनि फेर्न पक्कापक्की जस्तो भैसक्यो स्वर्गलोक र  यमलोक- दुइटै असुरक्षित भा'को सुन्दा। यो सबै नेताको कारणले भएको हो भनेर ठाडै कति भन्नु ? जति भन्दा पनि लाग्दैन। अब हामी सभ्य  भाषा प्रयोग गरौँ, नेता नभनौं, ६ सय १ प्रतिनिधि भनौं। ६ सय १ प्रतिनिधिले गर्नु गरे। यही विषयमा हाम्रो टेलिभिजनले के कारणले चैं  उनीहरूले देश बिगारे त भनेर अनुसन्धान गरेको थियो। अनुसन्धानबाट थाहा भयो कि केही प्रमुख प्रतिनिधिको नामका कारण यस्तो अवस्था  भा'को र'छ। नामअनुसारको कसैले काम नगर्‍या भएर हाम्ले नाम परिवर्तन गर्दिने निधो गरेका छौं। आउनुस् नाम परिवर्तनको लिस्ट हेरौं।

  • वास्तविक नाम    परिवर्तित नाम
  • पुष्पकमल दाहाल 'प्रचण्ड'    फूलकोमल दाहाल 'उदण्ड'
  • सुशील कोइराला    झुशील कोइराला
  • झलनाथ खनाल    झल्लुनाथ खनाल
  • डा. बाबुराम भट्टराई    डा. लिंडेराम भट्टराई
  • रामचन्द्र पौडेल    बामचन्द्र पौडेल
  • के.पी. ओली    टुक्के ओली
  • शेरबहादुर देउवा    भक्भकबहादुर देउवा
  • माधवकुमार नेपाल    भ्यागुते नेपाल
  • सुवास नेम्वाङ    बमफुलेल नेम्वाङ
  • विद्या भण्डारी    विद्यानष्ट भण्डारी
  • सुजाता कोइराला    यता न उता कोइराला
  • मोहन वैद्य 'किरण'    प्रतिगमन वैद्य 'किरण'
  • कमल थापा    निरकमल थापा
  • सूर्यबहादुर थापा    चन्द्रबहादुर थापा
  • विजयकुमार गच्छदार    पराजयकुमार गद्दार
  • उपेन्द्र यादव    फुटेन्द्र यादव
  • चित्रबहादुर के.सी.    विचित्रबहादुर के.सी.
  • रामबहादुर थापा    रावणबहादुर थापा
  • भीम रावल    दुर्योधन रावल
  • रामशरण माहत    हरामशरण महत
आदरणीय दर्शकवृन्द ! जनमतका आधारमा नाम परिवर्तन गरिएको हो चित्त नबुझे प्रतिनिधि आफैं जवाफदेही बन्नुपर्नेछ र किन नाम परिवर्तन गरियो एक रिपोर्टः

जनभावनानुसार काम नगर्‍या भएर जनता अति नै निराश थिए, यही विषयमा जान्न हामी जनतासमक्ष पुग्दा उहाँहरूकै सुझावले प्रमुख  प्रतिनिधिहरूको नाम परिवर्तन गर्नुपर्ने अवस्था आ'को हो, सबभन्दा बढी नाम फेरिहाल्नु भनेर एकीकृतका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै  आ'को भर हाम्ले उहाँलाई १ नम्बरमा राखेर उहाँको नाम फूलकोमल दाहाल 'उदण्ड' राखेका छौं। उनी सधैं जनताका अगाडि फूलजस्तै को मल भएर प्रस्तुत हुन्छन्। तालपरे राई पनि हाल्छन्, अति कमल हृदयका छन् र उहाँका कर्तुतहरू पनि छर्लङ्ग भएर सबैतिरबाट उदण्ड बन्दै  गएका छन्, त्यसैले उनको कामअनुसारको नाम भएन भनेर 'फूलकोमल दाहाल उदण्ड' राख्या छौं। त्यसैगरी गालाभरि झुसैझुस भा'को  मान्छेको नाम कसरी सुशील हुन्छ भनेर सुशील कोइरालाको झुशील कोइराला, झल्लामा हालेर जनतालाई सधैँभरि हल्लाइरहने भा' भर  झलनाथको झल्लुनाथ, धेरै पढेको र भिजन भाको तर भेडोजस्तो प्रवृत्ति लादेर एकोहोरा लिंडे ढिपी गरिरहने भर डा. बाबुराम भट्टराईको  लिंडेराम भट्टराई, स्वर पनि नसुनिने, उचाइ पनि भा' भर रामचन्द्र पौडेलको बामचन्द्र पौडेल, जतिखेरै बोल्दा पनि उखानटुक्का मात्रै पस्किरहने  र अरूलाई गाली मात्रै गरिररहने भा' भर केपी ओलीको टुक्के ओली, जतिखेरै भक्भकाइरहने र बोलेको पनि नबुझिने भर शेरबहादुर देउवाको  भकभक्केबहादुर देउवा, जनतालाई गृहमन्त्री बनेर पनि गद्दार गरिरहेको भर विजयकुमार गच्छदारको पराजयकुमार गद्दारलगायत अन्यको माथि  लिस्टमा भएअनुसार नामकरण गरेका छौँ।

अन्त्यमा, अब नामकरण गरिसकेपछि पनि जनताका भावनानुसार काम गरेनन् भने ३ करोड नेपालीले एकसाथ भन्नेछन्- 'राजा आउ देश  बचाऊ।' हवस् त, कार्यक्रम 'उत्तानो न घोप्टो' यति नै ! अर्को गाईजात्रामा फेरि भेटौंला। बाई बाई गाइज।

राजा राजेन्द्र, व्यंग्यकार 

एकथान चिटिक्कको संविधान

भुराभुरी आए गुलेली खेलाए 

मट्याङ्ग्राको सत्यानाश

६ सय १ आए ४ वर्ष बिताए 

तलब भत्ताको नाश

कुन बेलामा देश पड्किने हो 

जनतालाई सधैँ त्रास

४ जनाले घुमाउँदा फनफनि घुम्ने 

यी ६ सय १ को अब के आश 

ओ मित्र के हो पारा 

यो फेसबुक चलाएर बस्ने समय होइन 

समयले माग्यो अब हिम्मत गरौँ

तिमी गैती बोक म झम्पल चलाउला

तिमी कुटो बोक म कोदालो चलाउला

ट्याक्टर चलाउला, डोजर लगाउला

समानताका लागि 

सगरमाथा पल्टाएर सम्म बनाउँला

मसँग सबै समस्याको समाधान छ । 

ओ मित्र मसँग एकथान चिटिक्कको संविधान छ।



स्वतन्त्रताको हक

मैले चाहेको बेला मन लागेको 

मान्छेलाई गोली हान्न पाउनुपर्छ

गोली लागेर कोही मर्छ भने 

त्यो मर्ने दोषी हुन्छ 

यदि गोली लागेन भने 

छानबिन आयोग गठन गरेर 

गोलीमाथि कारबाही हुन्छ।



समानताको हक

मेरो खल्ती र एकाउन्टमा जति पैसा छ 

अर्काकोमा पनि त्यति नै हुनुपर्छ

कसैको मेरो भन्दा कम भए 

उसले मेहनत गरेर कमाउनुपर्छ

तर कसैको मेरो भन्दा बढी भए

चोरेर, लुटेर, अपहरण गरेर, फिरौती मागेर

जसरी हुन्छ मेरो बराबर बनाउनु पर्छ



सूचनाको हक

हरेक घरको सेफ कहाँ छ र 

सेफको चाबी कहाँ छ

त्यसको सूचना पाउनुपर्छ

मैले खाएको घुसको मात्रा लुकाउनुपर्छ

त्यसलाई गोपनीयताको हकमा राखिनुपर्छ।



खेलकुद सम्बन्धि हक

फुटबल खेल्दा जसले बढी गोल खान्छ

उसले जित्न पाउनुपर्छ 

खेलमा जसले बढि पहेँलो र रातो कार्ड खान्छ 

उसलाई दोसल्ला ओढाएर सम्मान गर्नुपर्छ।



ठेक्का पट्टा सम्बन्धी हक

ठेक्का पट्टामा पारदर्शिता हुनुपर्छ

अनियमितता हुनु हुँदैन

Open Ground मा 

जसले बढि हतियार show गर्न सक्छ 

उसैले ठेक्का पाउनुपर्छ 



परिवर्तनसम्बन्धी हक

परिवर्तन हाम्रो चाहना हो

परिवर्तनलाई रोकिनु हुँदैन

२ दिनमा सरकार बन्नुपर्छ ३ दिनमा ढल्नुपर्छ

हरेक ५/५ दिनमा सरकार बदल्नुपर्छ

सबैले पालो पाउनुपर्छ

विभागीयभन्दा बिनाविभागीय मन्त्री धेरै राख्नुपर्छ।। saptahik bata

Friday, August 3, 2012

गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली

 (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ’ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ’अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।)
अर्कास:  ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो,
दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’
सुत्रधार:  ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ,
समयले इमान लुटेपछि आयौ !’
अर्कास:  ‘सगरमाथामा हनिमून-दिल्लीमें सुहागरात,
मस्तमें कटरही रास्ते ।‘
सुत्रधार:  ‘जा जा मिलजा गले, हँस्ते हँस्ते,
लाल सलाम, नमस्ते !’
अर्कास:  ‘ लाल सलाम सुकेर कालो भयो,
आज मेरो  भोगीको चाल भयो, क्यारौं मायालु ?’
सुत्रधार:  ‘किन त्यसरी बिना अर्थले माया माऱ्यौ,
माइलीको दुनियाँलाई एक्लै पाऱ्यौ  ?’
अर्कास:  ‘तिनीलाई रुवाउने मेरो धोको हैन,
यस्तै पऱ्यो जिन्दगीमा, यिनलाई माया मार्न सकिंन ।’
सुत्रधार:  ‘माइली रुँदै लाजिम्पाट पाखैमा- दुधे बालक बोकेर काखैमा,
भन्नु  नभाको- बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?’
अर्कास:  ‘चिसो चिसो हावामा, त्यसै मन बरालियो,
के भो त्यो डाँडाकाँडामा यो मन ’इना’,तिरै अल्झियो ।
झ्यांगबाट हेरेको तिनिले, अझैं आउँछ झझल्को !’
सुत्रधार:   ‘जसो गर जे भन जतासुकै लैजाउ कुरालाई,
त्यो मन त तिम्रो बेहोसी हो ।’
अर्कास:    ‘बेहोस पछि होसमा आउँदा  क्या दामी भो,
यहाँ उडाउने  म, उड्नेको ’नि क्या बदनामी भो ।‘
(अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् ! एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखा पर्छन !)
अंकर:  ‘मेरो माल  मलाई फर्काइ दे बाबु, तेरो ज्यान जोगाउनु छ भने,
जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको,
बिहे खुरुक्क माल दिएर  जा !’
इना:      ‘सरर पानी घट्टामा,
म त प्यारा आउँदा नि आउँदिन- कोही खोज है मेरो सट्टामा !’
(अचानक जुताको टक टक आवाज संगै अम्रेड अर्चण्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडी सर्छन !)
अर्चण्ड: ’जेठी पहिले छोडकै थियौ, माइली पनि खोजिदिएकै थियौं,
दुइटीले मन नमानेपछि, बाबुको बिंडो नथामेपछि,
मनमा पिर त पर्ने नै भयो,  यो मन त्यसै मर्ने नै भयो…..हाहाहा !’
अर्कास:  ‘चोट के हो ब्यथा के हो, मजस्तो घाइतेलाई सोध,
मिलन के हो, खुशी के हो ? मसंग सोध्दै नसोध ।’
सुत्रधार:  ‘मनको कुरालाई बाँधी नराख- डल्लो परि जाला,
प्याट्ट फुटाइ देउ !’
अर्कास:  ‘भूल गरेछ दैबले पनि,
आकासको चरालाई सुनको पिंजडामा थुनेर ।‘
सुत्रधार: ’मन त हाम्रो बरिलै हो छाडा साढें झैं,
बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैं ।‘
अर्कास:   ‘दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिंध्दा भएन,
फुक्यो भोटे कुकुर…।‘
(अकास्मात आफ्नी पत्नी ’इर्जना’को प्रवेश भएकोले अर्कास  कुनातिर लाग्छन, इर्जना राता राता आँखा पार्दै गित गाउँछिन )
इर्जना:  ’गर्नु गऱ्यौ बलराम, पाडो ताकेर,
दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर  ।‘
अर्कास:    ‘मैले नाक छोडी आऐं, हिउँको तरेलीमा,
कहाँ रोजौं कहाँ खोजौं कसको घडेरीमा ।‘
इर्जना:  ‘डाँडा भाटा कारबाहीले, तिम्रै  गीत गाउँछ,
जन-अदालतले पनि  तिम्लाई  बोलाउँछ ।‘
अर्कास:    ‘त्यही भएर म हराको, त्यही भएर म हराको,
त्यही भएर म हराको……….।‘
(एक्कासी चट्यांग पर्छ,  अर्कासकी आमा  ‘इता ’ सुँकसुँकाउँदै  मन्चमा प्रवेश गर्छिन)
इता:  ‘ पापा कहेते थे बडा नाम करेगा,  बेटा हमारा बडा काम करेगा,
मगर ओह तो, दाहाल हम तो- हे मेरी मुस्किल हें कहाँ ?’
अर्कास: ’हमे उनसे प्यार कितना यह हम नही जानते,
मगर जी नही सकती,  दाहालके बिना !’
(इनापति अंकर इनाको हात समाउन खोज्छन)
अंकर: ’सिंउदो तिम्रो अरुकै हातबाट रंग्याउ
तर अन्तिम पल्ट भेट्न आउ ।’
इना:  ‘नाइँ नाइँ फकाउनु पर्दैन,
बैधले सुनेर के भन्लान !’
अंकर: ’साँचो प्रीति लाएकै थिएँ,
क्रान्तिकारी जोवन दिएकै थिएँ !’
इना:  ‘क्रान्तीको बन्दुक बोकने बलिया तिम्रा पाखुरा,
मायाको लन्चर उचाल्ने, अर्कास का झन् ठूला पाखुरा !’
अंकर: ’मैले बा आमा त्यागेर , ल्याएको मायाले धोका दिई,
रुपकी त साह्रै राम्री थिई,  मनकी त साह्रै कुरुप रहिछे !’
इना:    ‘बैद्यपथले बिगाऱ्यो तिमीलाई,
प्रचण्डपथले पछ्यायो हामीलाई- लेफ्ट राइट, लेफ्ट राइट ।’
अंकर: ’मन थिएन जोगी हुनलाई,
हात हेराउँदा बैधबाले राम्रै हुन्छ भन्थे भन्नलाई !’
(इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउंदै मन्चमा प्रवेश गर्छन )
उबिन: ’ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?’
अर्कास:  ‘दाम सकिए’सी आउँछ रे भन्दिऐ ।’
उबिन: ’आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?’
अर्कास: ’नातिनि ल्याउँछ रे भन्दिऐ ।’
उबिन: ’प्रियाले सोध्लिन् नि  खै खसम भन्लिन् ?’
अर्कास: ’कसम टुट्यो भन्दिऐ ।’
उबिन: ’छोराले सोध्लान् नि खै बाबु भन्लान् ?’
अर्कास: ’ बाउको बिहे भैगयो भन्दिऐ ।’
उबिन: ’पार्टीले सोध्ला नि खै कमरेड भन्ला ?’
अर्कास: ’क्रान्ती पुरा आधा भयो भन्दिए ।’
उबिन: ’हे, बरै !’
सुत्रधार: ’बिरताको  चिनो वीरको सन्तान, शहीदको  रगत, कामरेडको  निशानी,
अब कसको  हातले  लेख्ने  हो, क्रान्तीकारिताको  कालो  कहानी ?’
अर्कास: ’अरु कालो रेलको धुवाले ,
हामी कालो रातो-राम्रो-गुलियो मन पराउनाले ।’
इना:    ‘काले भनि नगर हेला,
कारवाहीको पर्लाउनी फेला !’
सुत्रधार:  ‘डल्ली  मगर्नी  हौ  डल्ली  मगर्नी,
ख्याल क्रान्ती गरिनौं हौं  पिरिम्  पऱ्यासी ।’
अर्चण्ड:  ’छोरा मलाई  भागी  भागी  नसताउ,
कानमा आई सुटुक्क बताउ,
तिम्लाई बाबाको माया कति लाग्छ रे ?’
अर्कास: ’एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो,
छोरो साह्रै चन्चले थियो, छोरो अति ‘ मनचले’ थियो ,
एकदिन बाबाको  नाकमा गोबर दल्यो रे…….. !’
(यति भनेर अर्कास भुइंको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन ! अर्चण्डपनि उनलाई लखेट्दै पछी पछी दगुर्छन ! नेपथ्यमा उनीहरुको आवाज आइरहेको हुन्छ !)
अर्चण्ड:  ’मेरो छोरा !’
अर्कास: ’ मेरो बाबा !’
अर्चण्ड:  ’मेरो हावा !’
(पर्दा बन्द हुन्छ ! बन्दपर्दाभित्र के के हुन्छ, कसैलाई थाहा हुँदैन ! खोजीनिती गर्ने काम तपाईंहरुको ! ) साभारः माइसंसार

Thursday, July 26, 2012


यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र अभिव्यक्तिहरूले पनि त्यसलाई  पुष्टि गर्छन। दुई वर्षअघि मात्र खिचापोखरीमा यौन खेलौना पसल खुल्दा त्यसले नेपाली समाजमा एक प्रकारको तरङ्ग सिर्जना गरेको थियो, तर  यी कृत्रिम यौन खेलौनाहरू कति छिट्टै व्यावसायिक रूपमै सफल भए भने अहिले मुलुकका विभिन्न मुख्य सहरहरूमा धमाधम यौन खेलौना  पसल  खुलिरहेका छन। पछिल्लो पटक बिर्तामोडमा यौन खेलौना पसल खुल्यो। पोखरा, हेटौंडा, चितवन, बुटवल, इटहरी आदि स्थानमा  यसअघि नै यौनसँग सम्बन्धित सामग्रीहरूको पसल सञ्चालनमा आइसकेका छन।
यौनलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित  सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न  सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
संग्रहालयको क्षेत्रमा लामो समयदेखि कार्यरत जलकृष्णले नयाँ विषयमा संग्रहालय सञ्चालन गर्ने क्रममा यौन संग्रहालयको अवधारणामा काम  गर्न लागेको बताए। यौन संग्रहालय सञ्चालन गर्न जलकृष्णले एउटा गैरसकारी संस्था स्थापना गरेर यो विषयमा चासो राख्नेहरूलाई समेट्दै  अघि बढ्ने आफ्नो योजना सुनाए।
‘यौनका बारेमा अहिलेको हाम्रो समाज गोप्य रहन रुचाउने भए पनि हाम्रा धार्मिक तथा अन्य थुप्रै दर्शनमा यौनका बारेमा खुला रूपमा वर्णन  गरिएको छ।’ संग्रहालय विज्ञानमा पहिलो स्नातकोत्तर नेपाली जलकृष्णका अनुसार मन्दिरहरूमा स्पष्ट रूपमा राखिएका टँुडालले यौन  मानवजीवनका निम्ति कति महत्त्व राख्छ भन्ने संकेत गर्छ। टुँडाललाई छाडा भनिए पनि वास्तविकता त्यस्तो नभएको र त्यसले छुट्टै अर्थ बो केको उनले बताए। यौन संग्रहालयले त्यसलाई व्याख्या गर्नेछ।
‘चीनजस्तो कम्युनिस्ट शासन व्यवस्था भएको अनुदार मुलुकमा यौन संग्रहालय देखेपछि नेपालमा पनि किन यौन संग्रहालय नबनाउने भन्ने  लाग्यो,’ जलकृष्णले भने- ‘त्यसमा पनि नेपालसँग यौन दर्शनसँग सम्बन्धित हजारौं सामग्री छन्, जसलाई देखाएर हामी पर्यटक बढाउने तथा  नेपाली नागरिकहरूलाई स्वस्थ यौन मनोरञ्जन एवं जानकारी दिन सक्छौं।’
चीनको यौन संग्रहालयमा प्राचीन बादशाहहरूले आफ्ना रानीहरूको यौनसम्बन्ध आफूसँग मात्र सीमित राख्न उनीहरूको योनिमा ताल्चा  लगाउने गरेको इतिहास थाहा पाएको जलकृष्णले बताए। सुन-तामाको पेन्टीजस्तो साधन योनिमा राखेर त्यसमा ताला लगाउने र आफूलाई  चाहिएको समयमा खोल्ने गरेको कथा रहेछ, जुन पेन्टी अहिले त्यहाँका संग्रहालयमा छन्। छाउनीस्थित संग्रहालयमा लामो समय काम गरेका  जलकृष्णका अनुसार त्यहाँका परम्परागत नग्न कलाहरू सार्वजनिक गर्न नमिल्ने भएकाले गोदाममा थन्क्याएर राखिएको छ। त्यस्तो कला पनि  यहाँ सार्वजनिक गर्न मिल्ने थियो।
चीनको यौन संग्रहालयमा खिचिएका दृश्यहरूका साथै प|mान्सको पेरिस, नेदरल्यान्डको आम्सटर्डम, भारतको मुम्बईका यौन संग्रहालयका  तस्बिरहरू पनि नेपाली यौन संग्रहालयमा राखिनेछन्। नेपालमा यौन संग्रहालय चल्ने पक्का छ, पत्रकार बस्नेतका अनुसार यौन साहित्यका  सम्बन्धमा रुचि राख्ने, यौनलाई नयाँ ढंगले बुझ्ने अभ्यास भैरहेको अवस्थामा यौन संग्रहालयबाट नयाँ जानकारी लिन अवलोकनकर्ताहरू पक्कै  आउनेछन्। कस्तो अवस्थामा यौन अत्यन्तै रमाइलो र कस्तो अवस्थामा त्यसले हानि गर्छ भन्ने कुराको व्यावहारिक ज्ञान संग्रहालयले दिने  बस्नेतले बताए।
पूर्वीय र पश्चिमी समाजको यौन क्रियाकलापको ज्वलन्त दृश्य 
यौन र यौन क्रियाकलापसम्बन्धी बुझाइको सामाजिक जटिलताका कारण यो कुरालाई गोप्य राख्नुमै आनन्द मान्नेहरूको अवधारणामा पनि  समयसँगै परिवर्तन आउन थालेको छ। पश्चिमी समाजले यौनलाई खुला विषय बनाएर यसलाई सामान्यीकरण गरेकाले पूर्वीय समाजले पनि  यसलाई सहज ढंगले ग्रहण गर्न थालेको छ। यौन संग्रहालयमा पश्चिमी र पूर्वीय समाजको यौनक्रियाकलापका दृश्य तुलनात्मक अध्ययनका  लागि राखिने जलकृष्ण श्रेष्ठले बताए। यौनका बारेमा हाम्रो बुझाइ कस्तो छ, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा उक्त तुलनात्मक दृश्यले  प्रस्ट पार्छ। यौन संग्रहालयभित्र दुवै दर्शन र साहित्यका बारेमा सम्पूर्ण सामग्री हुनेछन्। त्यसबाहेक यौनका बारेमा विश्वविख्यात पुरुष तथा  महिलाहरूको गतिविधि पनि समेटिनेछन्।
सेक्स टोयज सप संग्रहालयमा पनि 
यौन संग्रहालयमा अवलोकनकर्ताहरूले यौन खेलौना हेर्ने र किन्ने अवसर पनि पाउने सुविधा राख्न खोजिएको छ। यौन खेलौना हेर्दा आकर्षक  हुने भएकाले र यसको प्रयोगका सन्दर्भमा नेपाली समाजको चासो बढ्दै गएकाले पनि यौन खेलौना पसल राख्ने योजना बनेको पत्रकार  श्रीरामसिंह बस्नेतले बताए। यौन खेलौनाले संग्रहालयको आय बढाउने भएकाले पनि तथा अवलोकनकर्ताले संग्रहालय हेर्ने बहानामै आफूलाई  चाहिएको यौन सामग्री लिएर जान पाऊन् भन्ने हो, उनले भने- ‘यौनका बारेमा विभिन्न कुरा जानिसकेपछि अर्थात् परामर्श पनि पाइसकेपछि  अवलोकनकर्ताले आवश्यक यौन खेलौना पसलबाट खरिद गर्न सक्नेछन्।’
विदेशी यौन संग्रहालय 
पहिलो पटक सन् १९७० मा सानप|mान्सिस्कोमा यौन संग्रहालय सञ्चालनमा आएको थियो, जसले त्यसबेला तहल्का नै मच्चाएको थियो। यौन  डमी, यौनसम्बन्धी गतिविधि, विभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई उक्त संग्रहालयमा सामग्रीका रूपमा राखिएको थियो, जुन संग्रहालय  अहिले बन्द छ। यौन संग्रहालय न्युयोर्क सिटीमा सन् २००२ मा, लसएन्जलस हलिउडमा हलिउड इरोटिक संग्रहालयको नाममा सन् २००४  मा सञ्चालनमा आए। मियामी बीचमा सन् २००५ मा द वल्र्ड इरोटिक आर्ट संग्रहालय सञ्चालनमा आयो। लसभेगासमा इरोटिक हेरिटेज  संग्रहालय सन् २००८ मा स्थापना भयो। द म्युजियम अफ इरोटिसिज्म इन पेरिस सन् १९९८ देखि सञ्चालनमा छ। आम्सर्डमको रेडलाइट  एरिया तथा डम्राकमा सन् १९८५ देखि यौन संग्रहालय सञ्चालनमा छन्। यस्तै बर्लिन, कोपनहेगन, बार्सिलोनामा सन् १९९६ देखि नै यस्तो  संग्रहालय सञ्चालनमा छन्। सेन्ट पिटर्सबर्गमा रूसी यौन संग्रहालय छ। यस्तै इटली, लन्डन, प्राग -चेक रिपब्लिक), लिथुनिया, साङहाइ,  मुम्बइ, सिओल दक्षिण कोरिया तथा जापानमा पनि यौन संग्रहालय सञ्चालनमा आएका छन्।

Wednesday, July 25, 2012

काठमाडौ, श्रावण १० - युवा पुस्ताको प्रेमकथामा आधारित नेपाली कथानक चलचित्र 'बिन्दास' सम्पूर्ण निर्माणकार्य सकेर प्रदर्शनको तयारीमा छ । मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेको फिल्म भदौ ८ गतेबाट मुलुकभरका ४० वटा स्टेसनबाट एकसाथ प्रदर्शनीमा आउने बताइएको छ ।
राजु गिरीको निर्देशन रहेको फिल्ममा प्रेमको नाममा नयाँ पुस्तामा देखापरेको विसंगतिजन्य विषयलाई उठान गरिएको बताइएको छ । फिल्ममा सुषमा कार्की, सुशान्त कार्की, अशोक फुँयाल लगायतको अभिनय हेर्न सकिनेछ । मार्सल फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्ममा संगीत अर्जुन पोखरेल, कथा भोजराज देवकाटा र द्वन्द्व रोशन श्रेष्ठको रहेको छ ।


नायिका नम्रता श्रेष्ठ दुर्व्यसनमामा फसेकी छिन् । रियल होइन रिल लाइफको कुरा हो यो । ब्लुज रक व्यान्ड सावनदेव एन्ड द व्ल्याक हकको एक गीतका लागि नम्रता दुव्र्यसनी वनेकी हुन् ।
व्यान्डले पछिल्लो पटक सार्वजनिक गरेको एल्वममा रहेको गीत ‘रुने गर्छु आमा’ मा नम्रतालाई दुर्व्यसनमा फसेको देखाइएको छ । आमाको वियोगपछि कुलतमा फसेकी विवस छोरीको रुपमा नम्रताले जीवन्त अभिनय गरेकी छिन् । एल्वममा ब्लुज र पप रक शैलीका ११ गीत समावेश छन् ।
शीर्ष गीत एक विश्वास सहित रुने गर्छु आमा, रक्सीको जातै यस्तै गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । एल्वमको चारवटा गीत जर्मनका रेकडिष्ट स्टिबले रेकर्डिङ गरेका हुन् । यसमा शव्द/संगीत/स्वर सावनदेव श्रेष्ठको रहेको छ । सावनदेव नेपाल प्रहरीको सिम्फोनिक अर्केष्टा ब्यान्डमा पनि आवद्ध गायक हुन् । समूह अन्र्तगत ड्रममा उमेश श्रेष्ठ, रिदम गितार र भोकलमा गौतम तण्डुकार, वास गितारमा सुरेश महर्जन छन् ।
उमेश केजेन म्युजिक एकेडेमीका संस्थापक हुन् भने सुरेश ललितकला क्याम्पसमा संगीतमा स्नातक गर्दैछन् । गौतम गितार प्रशिक्षकका रुपमा कार्यरत छन् । ब्यान्डले यसअघि दुईवटा एल्वम सार्वजनिक गरिसकेको छ, मिड नाइट र सिक्स स्टि्रङ्स शीर्षकमा ।
काठमाडौंको दशरथ रंगशाला, जावलाखेल, टुडिँखेल, लूभु लगायतमा व्यान्डले कन्र्सट गरिसकेको छ । सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रमा पनि थुप्रै पटक कन्सर्ट गरिसकेको छ । यही सेप्टेम्वरमा फ्रान्समा कन्सर्टको तयारीमा लागेको छ ब्याण्ड ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts