Wednesday, July 18, 2012

३ साउन, काठमाडौं । शिविरमा अनियमिता भएको भन्दै छानविनको माग गरी पूर्व लडाकूहरुले नारावाजी गरेपछि एकीकृत नेकपा माओवादी विस्तारित बैठक अवरुद्ध भएको छ । पूर्व लडाकूहरूले शिविरमा बस्दा आफूहरुले बुझाएको रकमको हिसाब खोज्दै भृकुटीमण्डपमा जारी विस्तारित बैठकमा नारावाजी गरेका हुन् ।
लडाकूहरुको नाराबाजीपछि माओवादी अध्यक्ष प्रचण्डले विस्तारित बैठक भोली बिहीबार विहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो । लडाकूहरुको माग जायज भएको भन्दै उहाँले यसबारे पार्टीमा छलफल गरेर सम्वोधन गर्ने बताउनु भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भएको समूहगत छलफलका निकर्ष प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न माओवादीले १४ बटा समूह बनाएको छ ।
पूर्व लडाकूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कमजारी स्वीकार गरी लडाकू कमाण्डरहरुलाई सम्वोधन नगरेसम्म विस्तारित बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
शिविरमा भएको अनियमिताको छानविन गर्नु पर्ने, आर्थिक पारदर्थिता हुनु पर्ने, पार्टीभित्र मैलाएको गुट अन्त्य गर्नु पर्ने र आफूलाई राजनीतिक हैसियत दिनु पर्ने लगायतका ११ बुँदे माग अघि सारेका छन् । उनीहरुले कम्पनी सहायक कमाण्डरदेखि माथिका पूर्व लडाकूहरुलाई राजय समिति सदस्यमा बढुवा गर्न, जनमुक्ति सेना विघटन भएको अवस्थामा शसत्त, संगठन बनाएर जनताको घरदैलोमा जान पाउनु पर्ने माग गरेका छन् ।

Related Posts:

  • रोकिएला जिविसको अनियमिता ?धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ । करो… Read More
  • एमाओवादीको महाधिवेशन माघ १४ बाट काठमाडौं, श्रावण २१ । एकीकृत नेकपा माओवादीले माघ १४ गतेबाट महाधिवेशन गर्ने भएको छ । माघ महिनाभित्रै महाधिवेशन सक्याउने र जनयुद्ध दिवस फागुन १ गते महाधिवेशनको निर्णय सार्वजनिक गर्ने गरी निर्णय भएको जनाइएको छ । पार्टी… Read More
  • Read More
  • नेपालीदेखि विदेशी सम्म रमाए होलीमा धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएक… Read More
  • पूर्व लडाकूहरुले हिसाब मागेपछि माओवादी विस्तारित बैठक अवरुद्ध३ साउन, काठमाडौं । शिविरमा अनियमिता भएको भन्दै छानविनको माग गरी पूर्व लडाकूहरुले नारावाजी गरेपछि एकीकृत नेकपा माओवादी विस्तारित बैठक अवरुद्ध भएको छ । पूर्व लडाकूहरूले शिविरमा बस्दा आफूहरुले बुझाएको रकमको हिसाब खोज्दै भृकुट… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts