श्रावण ३ ।
अन्तरजातीय विवाह गरेका कारण धादिङ्गमा दलित वस्ती विस्थापित भएको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सरोकारवाला निकायलाई विभिन्न दलित संघसंस्थाहरुले सुझाव दिएका छन् । जागरण मिडिया सेन्टर, दलित गैर सरकारी संस्था महासंघ, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित महिला संघ, ल्यानकाउ नेपाल र सामाजिक न्यायका लागि जातीय विभेद विरुद्ध संयुक्त अभियानले आज प्रतिवेदन सार्वजनिक गर्दै यस्तो सुझाव दिएका हुन् । घटनास्थलको स्थलगत अध्ययनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले पिडित पक्षलाई न्याय दिलाउन पनि माग गरेका छन् ।
घटनामा संलग्न सार्वजनिक पद धारण गरेको शिक्षकहरुलाई जागीरबाट निलम्बन गरि थप कानुनी कारबाही अगाडी बढाउन पनि प्रतिवेदनमा जोड दिइएको छ । गएको असार १७ गते धादिङ्गको पिडा ५ मुलाखर्कका नवराज सुनार र सम्झना सुवेदीले भागेर विवाह गरेपछि सोही गाउँका शिक्षक राम बहादुर सुवेदी र कृष्ण सुवेदीको नेतृत्वमा गाउँका ५५ घर सुवेदी र सापकोटा परिवार जम्मा भई ९ घर दलित परिवार माथी आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । आक्रमणबाट इन्दिरा सुवेदी वि.क., कौशिला वि.क., हरि बहादुर वि.क., शंकर वि.क. र विन्दा वि.क. गम्भीर घाइते भएका थिए भनृ सिङ्गो दलित वस्ती नै विस्थापित भएको छ । घटनाका आरोपीहरु अझै पक्राउ पर्न सकेका छैनन् ।
0 comments:
Post a Comment