फ्लोरिडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा डास्पोरा डेक्स स्थापान गर्ने भएको छ । अमेरिकामा आयोजित पद हस्तान्तरण तथा शपथग्रहण समारोहमा अनेसासका नवनिर्वाचित अध्यक्ष खत्रीले आफू नेपालको भाषा संस्कृति, रीतिरिवाज संरक्षण गर्ने तथा नयाँ पुस्तालाई जानकारी गराउने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासचिव विश्वकर्माले आगामी दुई वर्षको अवधिमा विभिन्न नेपाली साहित्यकारको जन्मजयन्ती मनाउने, पुस्तकालय सञ्चालन गर्ने, नेपालमा डायस्पोरा डेस्क स्थापना गर्ने, नेपाली भाषासम्बन्धी पाठशाला सञ्चालन गर्ने जानकारी दिनुभयो ।
हालै सकिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय अध्यक्षमा गीता खत्री निर्वाचित हुनुभएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा राधेश्याम लेकाली (नेपाल), उपाध्यक्षमा डा विद्याराज सुवेदी (अमेरिका), जगत राई (बेलायत) र भीमसेन सापकोटा (अस्टे्रलिया) हुनुहुन्छ, महासचिवमा पदम विश्वकर्मा (अमेरिका),सचिवमा वेदराज बस्नेत (अमेरिका) र कोषाध्यक्षमा नारायण अधिकारी (अमेरिका) हुनुहुन्छ । निर्वाचनमा करिब ५ सय नेपालीको सहभागिता थियो । नयाँ पदाधिकारीको कार्यकाल दुई वर्षको हुनेछ ।
0 comments:
Post a Comment