Tuesday, July 17, 2012


श्रावण ४, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको उद्घाटन कार्यक्रम चलिरहँदा रौतहटबाट आएको एक परिवार कार्यक्रम स्थल बाहिर धर्नामा बसेको थियो ।
रौतहट चन्द्रनिगाहपुर-२ का भोजपुरा राज्यसमिति सदस्य देवनारायण भगत एक बर्ष अगाडी मारिएका छोराको हत्यारा पत्ता नलागेको भन्दै सपरिवार धर्नामा बसेका हुन् । २०६८ असार ३ गते मारिएका उनका छोरा डाक्टर ज्ञानेन्द्र विनका हत्याराले अझै उन्मुक्ति पाएको भन्दै उनीहरु धर्नामा बसेको खबर नागरिक दैनिकले छापेको छ । प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा कार्यरत छोराको हत्यामा संलग्न ठानिएकामाथि प्रहरीले कारबाही नगरेको उनीहरुको गुनासो रहेको छ ।
‘त्यतिबेला आफ्नै पार्टी गृहमन्त्री कृष्णबहादुर महरा हुँदा पनि न्याय पाईन, त्यहि भएर आज विस्तारित बैठकमा धर्ना बसेको हुँ,’ भगतले भने । पार्टीका लागि दिलो ज्यान दिएपनि अहिले छोराको हत्यारालाई कारबाहीको माग गर्दै धर्ना बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । धर्नामा बसेका उनले अन्य राज्यसमितिका सदस्यहरुलाई आफ्नो पीडा बैठकमा लगिदिन अनुरोध गरेका छन् ।http://onlinekhabar.com

Related Posts:

  • पत्रकार कुट्ने पर्शुराम बढुवा१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । संघले शनिबार क… Read More
  • लण्डन ओलम्पिक आरम्भको घोषणामा घण्टी बज्यो बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो । लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो … Read More
  • रोकिएला जिविसको अनियमिता ?धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ । करो… Read More
  • धादिङमा यस वष मकै उत्पादन ५० प्रतिशतले घट्नेधादिङबेसी १२ श्रावण । लामो समयदेखि खडेरी परेको कारण धादिङ जिल्लामा यस वर्ष मकै उत्पादन ५० प्रतिशतले घट्ने भएको छ । मकैको चमरा निस्कने बेलामा एक साता भन्दा लामो खडेरी गएको र रासायनिक मलको अभावको कारण जिल्लामा ५० प्रतिशतले मकै … Read More
  • दार्चुला र बैतडीमा ५ रेक्टर स्केलको भूकम्पबैतडी, श्रावण १३ - दार्चुला, बैतडी र भारतको उत्तराखण्डमा शनिबार दिउँसो ११ बजेर ३३ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका केही घर सामान्य चर्किएको स्थान… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts