Monday, July 16, 2012

काठमाडौ, श्रावण २ - एकीकृत माओवादीको सातौं विस्तारित बैठक मंगलबारदेखि राजधानीमा हुँदैछ । भृकुटीमण्डपमा जारी बैठकमा उद्‌घाटन सत्र सुरु भएको छ । सचिव पोष्टबहादुर बोगटीले कार्यक्रम संचालन गर्दैछन् । उद्‌घाटन सत्रको अध्यक्षता पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।
पार्टी विभाजनपछि हुन लागेको बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ । राष्ट्रिय सम्मेलन हुन नसकेको अवस्थामा विस्तारित बैठक पार्टीभित्रको सर्वोच्च अंग हो । यसअघि सोमबारबाट सुरु हुने भनिएको बैठक कृष्णभीरमा भएको दुर्घट्नामा कार्यकर्ताको निधन भएपछि एक दिनलाइ स्थगित गरिएको थियो ।
अध्यक्ष दाहालले विगतको समीक्षा गर्दै आगामी कार्यदिशासहितको राजनीतिक दस्तावेज बैठकमा पेस गर्नेछन् । दाहालको दस्तावेजमाथि चार दिनसम्म चलेको पोलिटब्युरो र केन्द्रीय समिति बैठकले छलफल गरिसकेको छ । पार्टी विभाजनपछिको विस्तारित बैठकले विशेषगरी नयाँ कार्यदिशा निर्माण, पार्टी शुद्धीकरण योजना र महाधिवेशनको मिति तय गर्ने छ ।
बैठकले पहिलेको कार्यदिशालाई परिमार्जन गरी नयाँ कार्यदिशा तय गर्न सक्छ । यसअघि पालुङटार विस्तारित बैठकले जनविद्रोहको कार्यदिशा अनुमोदन गरेको थियो । त्यो कार्यान्वयन हुन नसकेपछि एमाओवादी पुनः शान्ति र संविधानको कार्यदिशामा फर्किएको थियो ।
दुई दशकदेखि हुन नसकेको महाधिवेशन आगामी फागुनमा गर्ने दाहालको प्रस्तावलाई बैठकले अनुमोदन गर्ने सम्भावना छ । बैठक पाँच दिन चल्ने छ ।  भेलामा मुलुकभरबाट ५ हजार बढीको सहभागिता छ ।

Related Posts:

  • चट्याङ् लागेर धादिङमा २ को मृत्यू धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्… Read More
  • पत्रकार खतिवाडाको उपचारका लागि थप रकम संकलन धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको… Read More
  • सक्दो सेवाप्रवाह गर्ने कर्मचारीहरुको प्रतिवद्धता धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसक… Read More
  • कार्यालयबाटै राहदानी गायव धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरे… Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts