काठमाडौं, श्रावण २१ । एकीकृत नेकपा
माओवादीले माघ १४ गतेबाट महाधिवेशन गर्ने भएको छ । माघ महिनाभित्रै
महाधिवेशन सक्याउने र जनयुद्ध दिवस फागुन १ गते महाधिवेशनको निर्णय
सार्वजनिक गर्ने गरी निर्णय भएको जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडा कोटेश्वरमा शनिबार बसेको महाधिवेशन
आयोजक समितिको बैठकले माद्ध १४ गते महाधिवेशनको उदघाटन गर्ने निर्णय गरेको
हो । बैठकले सबै राज्यसमितिका इन्चार्जहरु हेरफेर गरेको पनि गरेको छ । साथै
पार्टीको प्रवक्तामा अग्नि सापकोटालाई तोकेको नेता दिनानाथ शर्माले जनाएका
छन् । पार्टी अध्यक्ष प्रचण्डले बस्दै आएको लाजिम्पाट निवास छोड्ने घोषणा
गरेपछि अर्को निवास खोज्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको पनि
जनाइएको छ ।
Saturday, August 4, 2012
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment