Saturday, August 4, 2012

लन्डन , श्रावण २१ - पौडीमा आफ्नो पारम्परिक दबाबलाई कायमै राखेपछि अमेरिका शनिबार लन्डन ओलम्पिकको आठौं दिन चीनलाई पछि पार्दै पदक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अमेरिकाले २१ स्वर्ण जितेको छ । चीन भने २० स्वर्ण मै सीमित छ ।
दक्षिण कोरियालाई एक स्वर्णले पछि पार्दै जर्मनी १० स्वर्णसाथ तेस्रो स्थानमा छ । दक्षिण कोरियाको ९ स्वर्ण छ । फ्रान्सको ८ स्वर्ण छ । पौडीमा माइकल फेल्प्सले कीर्तिमानी १८ स्वर्ण र  क्याटी लेडेकी पहिलो स्थान हात पारेसँगै अमेरिकाले चीनलाई पछि पारेको हो । ओलम्पिक इतिहासका सफल खेलाडी बन्न पुगेका फेल्प्सले ओलम्पिकमा आफ्नो पदक संख्या २२ पुर्‍याएका छन् ।
पुरुष एक सय मिटर बटरफ्लाइमा पहिलो स्थान हात पारेका उनले चार गुणा दुई सय मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्ण चुमे । २७ वर्षे यी अमेरिकी पौडीवाजले चार वर्षअघिको बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जित्दै इतिहास रचेका थिए । 'अघिल्लो सातादेखि मलाई निकै कठिन भएको छ । धेरै भावनात्मक कुरा छन् । शनिबारपछि यी सबै भावना बाहिर आउनेछन्,' फेल्प्सले भने ।
पौडीवाज लेडेकीले महिला ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिन् । उनले ओलम्पिक इतिहासमा दोस्रो छिटो समय निकालेकी हुन् । १५ वर्षे लेडेकीले ८ मिनेट १४ दशमलव ६३ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस स्पर्धामा स्पेनले रजत र बेलायतले कांस्य जिते । लेडेकीले फेल्प्सले प्रतिस्पर्धा गर्नुअघि स्वर्ण जितेकी थिइन् । पुरुष ५० मिटर फ्रिस्टाइलमा फ्रान्सले स्वर्ण जितेको छ । उसका फ्लोरेन्ट मनाउडोउले पहिलो स्थान हासिल गरे । त्यस स्पर्धामा अमेरिकाले रजत र ब्राजिलले कांस्य जिते ।    
रोइङमा बेलायतलाई थप ३ स्वर्ण
लन्डन ओलम्पिकमा रोइङबाटै स्वर्णको खाता खोलेको बेलायतले त्यसै विधाबाट फेरि दुई स्वर्ण हात पारेको छ । उसले ओलम्पिक टिम स्पिटमा पनि स्वर्ण जित्यो । उसले महिला लाइटवेटअन्तर्गत स्कुल्समा स्वर्ण जित्यो । उसका क्याथरिन कोपल्यान्ड र सोफिही होस्किङको जोडीले चीनलाई रजतमा चित्त बुझाउन बाध्य पार्‍यो । त्यस स्पर्धामा गि्रसले कांस्य जित्यो । बेलायतले पुरुष रोइङ रेगाटामा लगातार चौथोपल्ट स्वर्ण जित्यो । उसका एलेक्स जर्जगोरी, पेट रिड, टोम जेम्स र एन्ड्रयु टि्रग्स हगले ओलम्पिकमा बेलायतलाई चौथोपल्ट च्याम्पियन बनाए । त्यस स्पर्धामा अस्ट्रेलियाले रजत र अमेरिकाले कांस्य जिते । टिम स्पिटमा बेलायतले फ्रान्सलाई रजतमा चित्त बुझाउन बाध्य पार्‍यो । अस्ट्रेलियालाई हराउँदै जर्मनीले कांस्यपदक जित्यो ।
डेनमार्कलाई स्वर्ण
पुरुष लाइटवेट स्कुल्स रोइङमा डेनमार्कले बेलायतलाई पछि पार्दै स्वर्ण जित्यो । उसको म्याड्स रासमुसेन र रासमुस क्उस्टको जोडीले पहिलो स्थान हासिल गर्‍यो । बेलायतका डिफेन्डिङ च्याम्पियन जक पर्चेज र मार्क हन्टरले रजतमा चित्त बुझाए । न्युजिल्यान्डमा त्यस स्पर्धामा कांस्य जित्यो । 
दक्षिण कोरिया विजयी
दक्षिण कोरियाले पुरुष डबल्स टेबलटेनिसमा पराजित गरेको छ । पहिलो चरणको रोमाञ्चक खेलमा दक्षिण कोरियाले उत्तर कोरियालाई ३-१ ले हरायो । दक्षिण कोरियाले क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले बेलायतलाई ३-० को सेटमा हरायो ।
नेदरल्यान्ड्स र अस्ट्रेलियाको जित
महिला हक्कीमा अस्ट्रेलिया र नेदरल्यान्ड्स विजयी भएका छन् । नेदरल्यान्ड्सले समूह 'ए' को खेलमा दक्षिण अफ्रिकालाई ३-२ ले हरायो । अस्ट्रेलियाले समूह 'बी' को खेलमा भने दक्षिण अफ्रिकामाथि १-० को जित निकाल्यो ।
ट्रायथलनमा स्विट्जरल्यान्डलाई स्वर्ण
प्रतिस्पर्धात्मक खेलमा स्विडेनकी सेसा नोर्डनलाई पछि पार्दै स्विट्जरल्यान्ड्सकी निकोला स्पिरिगले स्वर्ण जितिन् । उनले १ दशमलव ५ किलोमिटर पौडी, ४३ किलोमिटर बाइक चलाउँदै र १० किलो मिटर दौडँदै पहिलो स्थान हात पारेकी हुन् । अस्ट्रेलियाले त्यस स्पर्धामा कांस्यपदक जित्यो । ekantipur

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts