Friday, August 3, 2012

श्रावण २० धादिङबेसी । आर्थिक वर्ष २०६९/७० को लागि डाँक ढुवानीमा ठेक्का नपरेपछि जिल्ला हुलाक कार्यालय धादिङलाई चिठ्ठीपत्र ओसार पसारमा समस्या भएको छ । रकम थोरै भएको भन्दै जिल्लाको कुनै पनि यातायात व्यावसायी सघं ठेक्कामा सहभागि नभएपछि धादिङ काठमाण्डौको चिठ्ठी ढुवानीमा समस्या भएको हो ।  गतवर्ष ७० हजार रुपैयाँमा चिठ्ठी ढुवानी गर्दै आएको धादिङ यातायात व्यावसायी सघंले पनि यसपटकको ठेक्कामा सहभागिता जनाएको छैन ।
मध्यमाञ्चल क्षेत्रिय हुलाक निर्देशनालय काठमाण्डौले पहिलो पटक निर्देशनालयबाट र दोस्रो पटक जिल्ला हुलाक कार्यालय मार्फत गरी २ पटकसम्म ठेक्का लगाउन प्रस्ताव आव्हान गरेको मध्यमाञ्चल क्षेत्रिय हुलाक निर्देशनालय काठमाण्डौका क्षेत्रिय निर्देशक आत्मराम सत्यालले बताउनुभयो । २ पटकसम्म प्रस्ताव आब्हान गर्दा समेत ठेकदारहरुले सहभागिता नजनाएपछि अहिले हुलाक कार्यालयका कर्मचारीले नै चिठ्ठी ओसारपसार गर्दै आईरहेका छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts