Friday, August 3, 2012

काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको तिथि प्रस्ताव गरेको हो । पार्टीको केन्द्रीय नेतृत्वले सहमति दिएपछि नेविसंघले महाधिवेशन तयारी थाल्ने जानकारी अध्यक्ष कर्णले दिए ।
नेविसंघले केन्द्रीय महाधिवेशन लहान, विराटनगर, काठमाडौं, झापा, पोखरा, बुटवल र धनगढीमध्ये कुनै एक ठाउँमा गर्ने प्रस्ताव गरेको छ । नेविसंघले इकाई, क्षेत्रीय, जिल्लादेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासमेत तय गरेको छ । कार्यतालिकाअनुसार नेविसंघले असोज २९ गते देशभरका सरकारी, निजी क्याम्पस, प्राविधिक शिक्षालय, मावि र उच्च माविमा अनिवार्य रूपमा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम राखेको छ ।
नेविसंघले मंसिर २१ देखि २५ गतेसम्म देशभरका २४० वटै क्षेत्रमा संघको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तिथि तय गरेको छ ।

Related Posts:

  • खुमबहादुरको पखाईमा जेपी जेपी गुप्ताको मन फुरुङग भयो होला डिल्लीबजार कारागारमा। चिरञ्जीवी वाग्लेको जेल बसाई सकेपछी उनी एक्लीएका थिए। सर्वोच्च अदालतले खुमबहादुर खड्कालाई भ्रष्ट ठहरगरेपछी अब उनले साथी पाउने पक्का भएको छ। सायद, मंगलवारनै उनले खुम… Read More
  • भ्रष्टाचारी खुमबहादुरलाई डेढ वर्ष कैद र जरिवाना काठमाडौं, साउन ३० । सर्वोच्च अदालतले पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवानाको सँजाय फैसला गरेको छ । साथै स्रोत नखुलेको सम्पति जफत गर्ने आद… Read More
  • धादिङ बसपार्कको अवस्था बिग्रदो नारायण सिलवाल धादिङबेसी, श्रावण २९ ।  जिल्ला सदरमुकाम धादिङबेसी स्थित बसपार्क यतिखेर कुरुप बन्दै गइरहेको छ । अहिले बसपार्कमा गाँजा र फोहरको दुर्गन्ध आउन थालेको छ । बसपार्क सरसफाई कार्य रोकिएको पनि २ महिना भन्दा बढी भैस… Read More
  • दोरम्बाको घटनाको सम्झनामा रक्तदान धादिङबेसी, ३२ श्रावण । नव गठित ड्यास नेकपा माओवादी धादिङ र उसको भातृ संगठन राष्ट्रिय जनसेवक संगठन आयोजनामा आज धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोरम्भा हत्या काण्ड दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा न… Read More
  • राजनीतिक गतिरोध अन्त्यका लागि गठबन्धन घोषणा काठमाडौं, साउन ३१ । सत्ता गठबन्धन राजनीतिक दलसहितका केही साना दलहरुले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले बुधबार ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ सार्वजनिक गरेका … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts