Friday, August 3, 2012

१९ साउन, काठमाडौं । पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा चर्चित हास्य कलाकारहरुले धादिङका मिलनको तिमिल्सिनाको पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा हास्यव्यंग्य लेखकहरु मनोज गजुरेल, नरनाथ लुईंटेल र लक्ष्मण गाम्नागेले टिप्पणी गर्दै तिमिल्सिनाको पुस्तकले राजनीतिको तीतो यथार्थ झल्काएको बताएका छन् । हास्यंव्यंग्य साहित्यमा मिलनको पहिलोयात्रा उत्कृष्ट भएको उनीहरुको प्रतिकृया छ । हास्यंव्यंग्य निबन्धमा कलम चलाउनेहरुको संख्या कम भैरहेको बेला मिलनको साहित्यिक यात्रा महत्वपूर्ण हुने लुईंटेलले बताउनुभयो ।

सेञ्चुरी प्रिन्टिङ एन्ड पब्लिसिङ नेपाल प्रा।लि प्रकाशन गरेको पुस्तकको मूल्य एकसयरुपैंया तोकिएको छ । पत्रकार तिमिल्सिनाको यो दोस्रो कृति हो । यसअघि उनले मिलनको बकपत्र नामक आत्मपरक निबन्ध प्रकाशित भएको थियो ।

Related Posts:

  • newsdhading.blogspot.com… Read More
  • लण्डन ओलम्पिक आरम्भको घोषणामा घण्टी बज्यो बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो । लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो … Read More
  • संविधानसभाको नयाँ निर्वाचनका लागि दलहरु धेरै नजिकः प्रचण्ड ९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राजदूत जयन्त प्रसादबीच भेटवार्ता भएको छ ।माओवादी पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको भेटमा राजदूत प्रसादले राजनीतिक गतिरोध अन्त्यका लागि… Read More
  • भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More
  • चर्चित गुण्डाहरुले एमाले रोजेधादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts