धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत निर्णयहरु गर्दै नेताहरुको कार्य विभाजन समेत गरेको छ । जिल्ला समितिदेखि सेल सम्मका बैठक भेलालाई सातौ विस्तारित बैठकले पारित गर्दै वैचारिक राजनैतिकलाई मुल स्पिरिटद्धारा प्रशिक्षित गरी सिँगै पार्टी पंक्तिलाई नयाँ उचाईमा पु¥याउने संकल्प पनि तामसालिङ सम्मेलन आयोजक समितिको पूर्ण वैठकले गरेको बताइएको छ ।।
जस अन्तर्गत एमाओवादीले भाद्र ५ गते ताम्सालिङ राज्यभित्र रहेका सम्पूर्ण जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु र जिल्ला सल्लाहकारहरुलाई केन्द्रीय कार्यालयको उपस्थितिमा बैचारिक राजनैतिक प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणमा धादिङबाट २ सय भन्दा बढी जिल्ला नेताहरु सहभागी थिए ।
पूर्ण बैठकले तामसालिङ राज्य भित्र पर्ने धादिङ, नुवाकोट, रसुवा, कार्भे, चितवन, दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाहरुमा सम्मेलन आयोजक समितिको ठोस कार्यविभाजन समेत गरेको बुझिएको छ । जसमा जनमुक्तिमार्ग साप्ताहिकले प्राप्त गरेको श्रोतका अनुसार धादिङ क्षेत्र नं. १ का पूर्व सभाषद एवम् पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पुष्पविक्रम मल्ललाई राज्यकार्यालय, धादिङ सम्मेलन आयोजक समितिको संयोजक र वुद्धिजीवि इन्चार्जको जिम्मेवारी ठोस गरेको छ । त्यसै गरी पूर्व केन्द्रिय सदस्य तथा राष्ट्रिय महादिवेशन आयोजक समितिका सदस्य वेदनीधि अधिकारीलाई राज्य सम्मेलन प्रमुख आयुक्त रहने गरी ठाकुर ढकाल र दिनानाथ गौतम रहेको राज्य निर्वाचन आयोग गठन गरेको छ । यसै गरि महिला, दलित र आधारभूत वर्गबाट आएका कार्यकर्ताको संरक्षण र विकासका लागि योजना बनाउन विश्वभक्त दुलाल ‘आहुति’ को संयोजकत्वमा मीना तामाङ ‘रञ्जिता’ र उमा देवकोटा ‘सामना’ रहेको कार्यदल पनि बनाएको छ ।
उता पूर्वमन्त्री समेत रहनु भएकी तथा धादिङ क्षेत्र नं. २ की पूर्व सभासद कल्पना धमलालाई भुगोल धादिङ र राज्य स्तरीय विद्यार्थी र कानुन इन्चार्जको जिम्मेवारी समेत ठोस गरेको माओवादी श्रोतले बताएको छ । जनवर्गीय जिल्ला संगठन समितिलाई भंग गरी त्यसलाई जवस समन्वय समितिमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ । प्रायस सवै संगठन र मोर्चाहरु भंग भएको जानकारी गराएको उक्त राज्य सम्मेलन आयोजकको पूर्ण बैठकमा सांस्कृतिक मोर्चा जिल्ला संगठन समिति हाललाई कायम राखी तत्कालै केन्द्रसँग परामर्श गरी राज्य कार्यालयले आवश्यक निर्णय लिने बताएको थियो ।
विभिन्न जवस र मोर्चाहरुको जिल्ला सम्मेलनको योजना जिल्ला सम्मेलन आयोजक समितिले र राज्य सम्मेलनको योजना राज्य कार्यालयले जवस र मोर्चाका केन्द्रीय योजनासँग मिलान गरी गर्ने । नेताहरुको कार्य विभाजन गर्दै अत्यन्त महत्वपूर्ण योजना बनाएको बताएकोे छ । राज्य सम्मेलन समितिको पूर्ण बैठक पछि धमाधम जिल्ला सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । जस अन्तर गत भाद्र ७ गते रसुवा ८ गते नुवाकोट र भाद्र १० गते धादिङको सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको थियो । त्यसैगरी चितवन भाद्र ११ गते मकवानपुर भाद्र १२ गते सिन्धुली, १३ गते काभ्रे १५ गते सिन्धुपाल्चोक १६ गते दोलखा १७ गते रामेछापमा १८ गते सम्पन्न हुने एकीकृत माओवादीले बताएको छ ।

0 comments:
Post a Comment