मनिस दुवाडी, असोज ३० धादिङ । दोस्रो जिल्ला स्तरीय खुला क्रिकेटको उपाधी धादिङ समाज धादिङले हात पारेको छ । आज भएको फाइनल खेलमा कारु स्मिृती प्रतिष्ठान वेनिघाटलाइ ९ विकेटले पराजीत गर्दै उपाधीमामाथी कव्जा जमाएको हो । टस जितेर पहिले व्याटिङ गरेको वेनिघाटले. निधारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३९ रन वनाएको थियो । वेनिघाटलाइ १४० रनमा रोक्न धादिङ समाज धादिङका अनिल तामाङ र गोपीकृष्ण भण्डारीले समान ३-३ विकेट लिएका थिए । १४० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको धादिङ समाज धादिङले १३ ओभर ४ वल खेल्दै लक्ष्य भेट्टाएको थियो । धादिङ समाजलाइ लक्ष्य भेटाउन रविन्द्र गुरुङको अर्धशतक महत्वपुर्ण रहेको थियो । उनले ४ छक्का र ६ चौकाको मद्धतमा अविजीत ६३ रन जोडेका थिए । धादिङ समाज धादिङलाइ जित दिलाउन अर्का ओपनार व्याट्म्यान हेमराज तामाङले व्यक्तिगत २३ रनको योगदान गरेका थिए ।
आजको खेलमा म्यान अफ द म्याच रविन्द्र तामाङ भएका छन । उनी प्रतियोगीतामा नै सवाधीक रन वनाउने खेलाडी वन्दै म्यान अफ द टुर्नामेन्ट वनेका छ । धादिङ समाज धादिङ, युथ नेटवर्क धादिङ र जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगीता पाच दिनसम्म चलेको थियो । विजयी खेलाडीहरुलाइ आजै समापन समारोह आयोजना गरि नगद रु १५ हजार प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । समापन समारोहमा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी नायव उपरीक्षक विकासराज खनाल, जिल्ला अनुसन्धान प्रमुख मुकुन्द राज श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी, एकिकृत नेकपा माओवादीको जिल्ला सहइन्चार्ज रामवहादुर भण्डारी लगायतले विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गर्नुभएको थियो ।Tuesday, October 16, 2012
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment