लेखनाथ ढकाल |
बर्तमानकै चेतनाको अवस्थामा उभिएर बर्तमानको समस्यासमाधान हुन सक्दैन । आजका समस्याको समाधान आजभन्दा विकसित चेतनाले मात्र गर्न सक्छ भन्ने अल्बर्ट आइन्स्टाइनको विचार आधुनिक चेतनाको आधारमा भएको अभिब्यक्ति हो । पुरानो अवस्था आजको जग हो, बर्तमानमा उभिएर भोलिको चेतनाबाट समाधान खोज्नु आधुनिक मानव चेतनाको सिद्धान्त हो– यही माओवाद हो ।
“सहकारी आन्दोलनको महान विश्वव्यापी महत्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनुपर्छ । नेतृत्ववर्गले आम जनसमुहको सहकारी आन्दोलनमा कहिलै पछाडि पर्नु हुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्दछ । “–माओ त्सेतुङ
समाज विकासको आप्mनै नियम हुन्छ, यद्यपि समाज विकासको क्रमलाई योजनबद्ध तरिकाले अगाडि बढाउन कुशल नेताहरूले काम गरेका हुन्छन् । उदाहरणका रूपमा इतिहासका केही रोचक घटनालाई हेर्न सकिन्छ । वेलायतको संसदले सम्पत्ति हुने वर्ग र काम गर्ने वर्गका रूपमा नागरिकहरूलाई विभाजन गरेपछिको परिणाम औद्योगिक क्रान्ति थियो । औद्योगिक क्रान्ति वेलायतमा नै किन भयो भन्ने तथ्यको पछाडि संभवतः यो कारण प्रमुख हो । वेलायतको औद्योगिक क्रान्ति स्वःस्पूmर्त जस्तै थियो, यद्यपि यसका लागि अनुकुल अवस्था वेलायतको आर्थिक नीतिले बनाएको थियो । मालिक वर्गका हातमा राज्यसत्ता रहेकाले श्रमिक वर्गले ठूलो शोषणको मार खेप्दै औद्योगिक क्रान्ति अगाडि बढ्यो । वेलायतका छिमेकी अन्य देश फ्रान्स, जर्मनी, इटली आदिमा औद्योगिक क्रान्तिलाई योजनाबद्ध गरियो । फलस्वरूप औद्योगिक क्रान्तिपहिलेका कतिपय राम्रा जगेर्ना गर्नुपर्ने प्रचलनहरू बेलायतका सबै कुरा ध्वस्त भए । पुरानो ग्रामीण क्षेत्रको कृषि प्रणाली पुरै ध्वस्त भयो । तर, अन्य देशमा वेलायतको अनुभवबाट एक्कैपटक समाज ने तहस नहस हुनेगरी नभई योजनाबद्ध औद्योगिक विकास गरिएकोले पहिलेका सबै कुरा नस्ट भएनन् । अझै पनि ती देशमा पहिलेका सामाजिक संरचनाका कतिपय राम्रा पक्ष कायम नै रहेका छन् । औद्योगिक क्रान्तिले विकासका नयाँ आयामहरूलाई सिर्जना ग¥यो । ज्ञान, विज्ञान, भाषा, संस्कृति, सामजिक संरचना, सामजिक सोच र संस्कार, धर्म, संस्कृति, सामाजिक विश्वास आदि क्षेत्रमा पहिलेका सबै मान्यताहरू परिबर्तन भए, विकास भए । अर्थशास्त्र, राजनीति शास्त्र, विज्ञान(प्रविधिको ज्ञानमा पनि क्रान्ति आयो । नयाँ आविश्कारहरू हरेक विधामा हुन थाल्यो । गणित, विज्ञान, दर्शन आदि विषयमा विकासको नयाँ गति आयो ।
सामाजिक सोंच र मान्यताहरू भने पुराना सबै मान्यताहरूलाई औद्योगिक क्रान्तिको परिणामले बदलिदियो । सहकारी आन्दोलनको आविष्कार यसको एउटा उदाहरण हो, यो वेलायतबाट नै भयो । विश्वको राजनीतिक परिदृश्यलाई नयाँ आयामबाट हिड्नपर्ने गरी समाजवादी आन्दोलनको आविष्कार र विकास औद्योगिकक्रान्तिकै परिणति थियो । सामाजिक आर्थिक परिघटनाको रूपमा सहकारी आन्दोलन सन् १८४४ मा वेलायतबाट सुरू भयो ।
विश्वको राजनीतिक संरचनाको परिदृश्यलाई आमुल रूपमा नयाँ आयामबाट अघि बढाउने आविष्कारको रूपमा कम्युनिस्ट घोषणापत्र सन् १८४८ मा लेखियो । सहकारी आन्दोलनको सुरूआत र कम्युनिष्ट आन्दोलनको घोषणापत्रको आविष्कारलाई आजसम्म आइपुग्दा परिमार्जित र विकसित हुदै विश्वको सामाजिक(आर्थिक संरचनालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने प्रतिनिधि परिघटनाका रूपमा लिन सकिन्छ ।
औद्योगिक क्रान्तिले बेलायतलाई संसारको सबैभन्दा ठूलो र शक्तिशाली साम्रज्यवादी देश बनायो । उत्पादन, कच्चा पदार्थ र बजारको लागि औद्योगिक राष्ट्रहरूले समुन्द्री क्षेत्र तथा पुरानै पीछाडिएको अवस्थामा रहेका एसिया तथा दक्षीण अमेरिकी देशहरू यी साम्राज्यवादीका अधिनमा रहे । आप्mनो तुजुक बढाउन आपसमा पनि यिनीहरू प्रतिस्पर्धा गरिरहन्थे । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध यही अवस्थाको परिणाम थियो । युद्धको वेलामा पनि मानव चेतनाको विकास तीब्र भयो । सन् १९०० पछि रसियामा नयाँ राजनीतिक विकास भयो, पहिलो विश्वयुद्धको सेरोफेरामा सन् १९१७ मा नयाँ सत्ता लेनिनको नेतृत्वमा स्थापना भएपछि विश्वको शक्ति समिकरण नयाँ ढङ्गले विकास भयो ।
विश्वमा नयाँ राजनीतिक समिकरण सुरूभयो । “रानीतिक नेता दार्शनिक हुनुपर्छ वा दार्शनिक नेता हुनुपर्छ ।” भन्ने प्लेटोको भनाई जस्तै लेनिन नेता र रसियाको नयाँ सत्ताको नेतृत्वकर्ता मात्र नभई एक दार्शनिक पनि रहेकाले तत्कालीन विश्वको संरचनालाई नयाँ ढङ्गले विकास गर्ने बाटो परिकल्पना गर्ने हैसियत राख्दथ्ये । रसियामा नयाँ सत्ताको उदय भएपछि विश्वको राजनीतिक मानचित्र फेरियो । मानव चेतनाको विकासमा सन् १९०० को पहिलो चौथाईलाई स्वर्णिम काल मान्न सकिन्छ । ज्ञान–विज्ञानको क्षेत्रमा यस अवधिमा ज्यादै ठूला उपलब्धी हासिल भए । यस अवधिपछिको समय मानव चेतनाको विकासमा पनि क्रान्तिकारी परिवर्तन आएको मानिन्छ । पहिलेको अवधिलाई क्लासिकल चेतनाको युग र त्यस यताको अवधिलाई आधुनिक चेतनाको युग भनिन्छ ।
गणितशास्त्रको भाषामा पहिलेको युगलाई न्युटोनियन युग र पछिल्लो समयलाई आइन्स्टानीयन युग भनिन्छ । मानव चेतनाको विकासको क्षेत्रमा आएको यो क्रान्तिकारी परिवर्तनले दर्शनको दुनियालाई नयाँ उचाइमा पु¥यायो । अपसोच, एउटा कुशल नेता र दार्शनिक लेनिनको मृत्यु लगत्तै नयाँ दार्शनिक युग सुरू भयो । समय साल नै किटान गर्ने हो भने सन् १९२६ देखि नयाँ दार्शनिक युग सुरूभएको मानिन्छ । यस समयमा गणितशास्त्री लरेञ्जका सिद्धान्तलाई व्यवहारमा प्रमाणित गर्न सफल भएको घटनापछि नयाँयुगमा फड्को मारेको मानिन्छ । नयाँ युगमा प्रकृतिलाई चार आयामिक लरेञ्जको गणितीय सिद्धान्तले मानव चेतनाको लागि बोधगम्यतामा पु¥याएको हो, यस अघि प्रकृतिका धेरै विषय रहश्यमै लुकेका थिए । विद्युत शक्तिलाई नै ब्याख्या गर्न सकिएको थिएन, लरेञ्जको सिद्धान्तअनुसार विद्युतको बारेमा गरिएको ब्याख्यालाई स्वयं लेनिनले विज्ञान साहित्यकारहरूको कल्पना भनि आलोचना गरेका थिए ।यदि दशवर्ष बढिमात्र लेलिन बाँचेका भए लरेञ्जका योगदानलाई समेटेर लेनिनले नयाँ विश्वदृष्टिकोणको दार्शनिक सोचाइमा परिमार्जन गर्ने थिए, सामाजिक दर्शन आइन्स्टानीयन चेतनामा परिष्कृत हुने थियो । लेनिनको मृत्यु भएको दुई वर्षमा नै उनले आलोचना गरेको कुरा गलत सावित भएथ्यो । विद्युत शक्तिका बारेमा त्यसवेलामा बैज्ञानिक जगतमा छलफलमा रहेको तथ्यलाई आलोचना गर्ने हैसियत राख्ने लेनिनले समसामयिक अवस्थामा मानव चेतनाले आर्जन गरेका विषयलाई आप्mनो जानकारीमा राख्ने हैसियत राखेको देखिन्छ । मानव चेतना नयाँ युगमाप्रवेश गरेपछि अर्थात दर्शनमा नयाँ आयामको युगको प्रबेशभएपछि प्रकृति र विश्वब्रम्हाण्डका बारेमा पहिले रहश्य मानिएका धेरै प्रश्नहरू हल हुन थाले । पहिलो समस्या विद्युत सम्बन्धीको रहश्य हल भयो । गुरूत्व सम्बन्धीको रहश्य हल भयो । दोश्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको स्थापना भयो । विश्वमा हुने सबै लडाई नरोकिए पनि ठूला लडाई रोकिए ।
औद्योगिक क्रान्ति, विश्व साम्रज्यवादी चङगुलमा फसेको अवधि, विश्वयुद्धको अवस्था, ज्ञान(विज्ञानमा आएको क्रान्तिकारी विकास, दुई खेमामा विभाजित विश्व, यातायात र सूचना प्रविधिमा भएको विकास, विश्वब्यापीकरण आदि अवस्थाको परिणाम स्वरू अस्थित्वमा उभिएको आजको विश्व र आज बाँचिरहेका हामीहरू तथा यही परिवेश आज हो । माथि भनिएका सबै आविश्कार र घटना परिघटनामा विश्वका सबै ठाउँका मानिस उत्तिकै सक्रिय रहेनन् । ती आविश्कार वा घटनाले सिर्जना गरेका राम्रा नराम्रा परिणामको भोग गर्ने कुरामा पनि सबै मानिसले समान अवसर पाएनन् । अतः सोंच, शैली र चेतनाको स्तर विश्वका सबै समाजमा समान छैन । आधुनिक प्रविधिको उपयोग गर्ने समाज र सरल पुरानो प्रविधिको उपयोग गरेर बाँचिरहेको समाज विद्यमान समयमा पनि अस्थित्वमा रहेकै छ । यद्यपि केही समयपछि विश्वका सबै मानिसले समान भोगाईको
अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छ । कतै साम्रज्यवादी अवस्थामा पृथ्वी रहेको बखतकै सोच र चेतनाभन्दा माथि उठ्न नसकेको अवस्था छ भने आधुनिक चेतनाको प्रकाशमा जीवन, जगत र विश्वब्रम्हाण्डलाई हेर्ने चेतना विकास भएको अवस्था विकास भएको छ कतै । मानिसको चेतना समग्रतामा हेर्दा आर्थिक
गतिविधि, प्रविधिको प्रयोग र सामाजिक सोंचको समष्टी परिणतीको रूपमा हेर्न सकिन्छ( यसलाई सभ्यता भन्ने चलन छ । यसलाई संस्कृति पनि भन्ने गरिन्छ । सभ्यता वा संस्कृति जे भने पनि आर्थिक गतिविधि र प्रविधि उपयोगको अवस्थाले उत्पन्न गरेको सामाजिक चेतना हो । यसलाई आधुनिक मानवशास्त्रको सिद्धान्त मानिन्छ । एउटा केरालाई माद्र महिनामा काटेर ल्याइयो भने त्यसलाई पकाउन गुम्स्याएर राख्नु पर्ने हुन्छ वा कुनै रसायनिक प्रक्रिया अपनाएर केही दिन राख्नु पर्ने हुनसक्छ । त्यही केरालाई कात्र्तिकमा मात्र काट्ने हो भने बोटमा नै पाकेको हुन्छ वा काटेपछि केही दिनमा आफै पाक्छ ।
यो समयको कुरा हो । समय शक्तिशाली हुन्छ र निर्णयक पनि । विश्वव्यापीकरण र आजको कम्प्युटर प्रविधिको युगमा समाज साम्रज्यवादको अवस्थामा रहेको वेलाको चेतनाको बिश्लेषणका आधारमा समाजको परिबर्तन, विकास र सञ्चालन गर्न सकिन्न । पहिलेको चेतना अनुसारको विचार बोकेर हिडने कतिपय नेता वा समुहबाट आजको समाजको समस्या हल हुन सक्दैन । गरिब तथा आधुनिक प्रविधिको उपयोग गर्न नसकेका समाजमा अझैसम्म पनि सामाजिक विभेद, शोषण, अन्याय, अत्याचार कायम छ । यस्तो समाजलाई परिबर्तन गर्न र नयाँ धरातलमा विकास गर्न पुरानो कुराबाट सम्भव हुन सक्दैन । बर्तमानकै चेतनाको अवस्थामा उभिएर बर्तमानको समस्यासमाधान हुन सक्दैन । आजका समस्याको समाधान आजभन्दा विकसित चेतनाले मात्र गर्न सक्छ भन्ने अल्बर्ट आइन्स्टाइनको विचार आधुनिक चेतनाको आधारमा भएको अभिब्यक्ति हो । पुरानो अवस्था आजको जग हो, बर्तमानमा उभिएर भोलिको चेतनाबाट समाधान खोज्नु आधुनिक मानव चेतनाको सिद्धान्त हो –यही माओवाद हो । माओत्सेतुङलाई आइन्स्टानीयन कालका दार्शनिक मानिन्छ । माओत्सेतुङले सबै परिबर्तन र क्रान्तिका चरणहरूलाई यही चेतनाको आधारमा सफल गर्न सकेको भन्ने कुरालाई पछिल्लो समयमा विश्लेशण गरेको पाइन्छ । माओवाद आधुनिक चेतनाको दर्शनका रूपमा पछिल्लो अवधिमा स्वयं माओत्सेतुङले व्याख्या गर्ने कुरालाई अल्बर्टआइन्स्टाइनसंगको भेटघाट र फलफलसंग जोडेर केही साहित्यहरू प्रकशित भएका छन् ।
आज विश्व मानव चेतना समृद्ध छ, विकसित छ । समृद्ध आजकै चेतनाका आधारमा सामाजिक परिबर्तन वा क्रान्तिका कार्यक्रम सफल हुन सक्छन् र अझ विकसित चेतनाका आधारमा परिबर्तित समाजको व्यवस्थापन गर्ने सिद्धान्त माओवाद हो ।
यी सबै घटनाक्रम र विकासक्रमसंगै परिमार्जित हुदै आएको विश्वको सहकारी आन्दोलनलाई हाम्रो समाजमा भारतमा अग्रेज शासनकालको अवस्था र नेपालको पञ्चायती कालमा अभ्यास गरिएको साझा कार्यक्रमको रूपमा मात्र हेर्ने, देख्ने र बुभ्mने गरिएको छ । अझ राजनीतिक बृतमा यसलाई यस्तै स्तरबाट ग्रहण गर्ने गरिएको छ । जवकि, आधुनिक प्रविधि सम्पन्न समाजमा सहकारीलाई मानव विकासको दर्शन मान्न थालिएको छ, सन् १९९५ देखि त समाज विकासको उत्तम प्रक्रियाको रूपमा संयुक्त राष्ट्रसंघले यसलाई महत्वको विषय बनाएको छ । हाम्रो राज्य र सामजिक चेतना कति पछौटे होला जवकि समावादी आन्दोलन र सहकारी आन्दोलनको जननीको रूपमा इतिहासको एउटै विशिष्ठ कालखण्ड रहेको चर्चा माथि गरियो ।
सहकारी आन्दोलनलाई भने आजकै विश्वपरिस्थितिमा बुझ्ने हैसियत बनाउन सकिएको छैन । त, कसरी समाजवादी आन्दोलनलाई चै समसामयिक चेतनाको हैसियतमा ग्रहण गरिएको होला ?राजनीतिक र सामाजिक कुरामा हामी राजनीतिक परिवर्तनको नेतृत्व गर्ने भनिरहदा समाजको चेतनाविकासको नेतृत्व गरिरहेका छौ कि विकासका अवरोधक भएका छौ ?
0 comments:
Post a Comment